शिक्षा

डिज्नील्याण्ड एकेडेमीका ३ छात्रालाई ४ जिपिए

डिज्नील्याण्ड एकेडेमीका ३ छात्रालाई ४ जिपिए
पोखरा, १३ असार/ पोखरा ७ मासबारमा रहेको डिज्नील्याण्ड एकेडेमीकी ३ जना विद्यार्थीले एसइई २०८० मा सर्वोत्कृष्ट ४ जिपिए ल्याउन सफल भएका छन् । उनीहरु सबै छात्रा हुन् । छात्रा स्मृति लम्साल (सिमलचौर), सृष्टि भण्डारी (मालेपाटन) र सृष्टिना पौडेल (मासबार) को ४ जिपिए ल्याएको विद्यालयका प्रिन्सिपल नरेश बरालले बताए । २०७८ सालमा डिज्नील्याण्डकी ऋतिका पोखरेलले ४ जिपिए ल्याएकी थिइन् । पोखरा ७, मासबारस्थित डिज्नील्याण्ड एकेडेमीबाट यसपालि २९ जना विद्यार्थीले एसइई दिएका थिए । पुरा पढौ

मदरल्याण्ड माविका १० विद्यार्थीलाई ४ जिपिए

मदरल्याण्ड माविका १० विद्यार्थीलाई ४ जिपिए
पोखरा, १३ असार/ माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८० को नतिजामा मदरल्याण्ड माविका १० जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् । पोखरा ७ मासबारस्थित मदरल्याण्डको यो नतिजा हालसम्म प्राप्त विवरणअनुसार नेपालमै उत्कृष्ट हो । नेपालभरबाट मात्र १८६ जनाले ४ जिपिए ल्याएका हुन् । ४ जिपिए ल्याउनेमा कृपा बराल, रेडियस पोख्ररेल, कनक अधिकारी, अपेक्षा ढुंगाना, आशीष बस्ताकोटी, कृपा गुरुङ, इक्वीटी पौडेल, अभ्यास वाग्ले, युनिका ढकाल र समीक्षा पहारी छन् । विद्यालयबाट १४६ जना परीक्षार्थीले भाग लिएकोमा ३.६० देखि ४ जिपिएसम्म ल्याउने… पुरा पढौ

अमेरीकामा हुने युवा नेतृत्वमा मदरल्याण्ड माविका ४ विद्यार्थी

अमेरीकामा हुने युवा नेतृत्वमा मदरल्याण्ड माविका ४ विद्यार्थी
पोखरा, ३१ जेठ/ अमेरीकाको वासिङ्टन डीसी र क्यान्सस शहरमा आयोजना हुने युवा नेतृत्व कार्यक्रममा भाग लिन पोखराको मदरल्याण्ड माविका ४ विद्यार्थी जान लागेका छन् । उनीहरुलाई बिहीबार गण्डकी प्रदेशकी प्रमुख सचिब लक्ष्मी कुमारी बस्नेतले अबिर र माला लगाएर विदाइ गरिन् ।मदरल्याण्ड माविमा कक्षा १० मा अध्ययनर कृपा बराल र एल्भिना बराल, कक्षा ११ व्यवस्थापनमा अध्ययरत सुबिज्ञा नेपाल र विज्ञान संकायमा अध्ययरत रबिना पौडेल जान लागेका हुन् । उनीहरु अमेरिकी दुतावास नेपालले सञ्चालन गरेको प्रतिष्पर्धामा उत्कृष्ट भई छनौट भएका थिए ।… पुरा पढौ

सीपयुक्त कोर्षमा पश्चिमाञ्चलको जोड

सीपयुक्त कोर्षमा पश्चिमाञ्चलको जोड
पोखरा, जेठ २६/ पोखरा–४, गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले स्वरोजगारमूखि पाठ्यक्रममा जोड दिनेगरि योजना बनाएको बताएको छ । स्वरोजगारमूखि शिक्षा अभावमा स्वदेशमा काम नपाएको भन्दै युवायुवती धमाधम विदेश पलायन हुन थालेपछि अतिरिक्त पाठ्यक्रम पढाएर भएपनि विद्यार्थीलाई स्वदेशमै रोक्न पहल गर्ने विद्यालयको भनाई छ । शनिबार पोखराका संचारकर्मीसँगको छलफलमा विद्यालयका प्राचार्य सरोज कोइरालाले पाठ्यक्रम विकास केन्द्रले तोकेको कोर्षको भरमा मात्र विद्यार्थी स्वरोजगार बन्न सक्ने अवस्था नभएपछि अतिरिक्त कोर्षमा जोड दिएको बताए । विद्यार्थीलाई विदेशिनबाट रोक्नकै लागि भन्दै विद्यालयले पछिल्लो समय पढाई सक्नासाथ काम… पुरा पढौ

शिक्षक सरुवा सम्बन्धी निर्देशिकाको विरोध गर्दै व्यवस्थापन समिति

शिक्षक सरुवा सम्बन्धी निर्देशिकाको विरोध गर्दै व्यवस्थापन समिति
पोखरा, २६ जेठ/ सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले सरकारले ल्याएको शिक्षक सरुवा सम्बन्धी निर्देशिका विरोध गरेको छ । पोखरामा शनिबार केन्द्रीय पदाधिकारीका बैठकको निर्णय सुनाउदै विद्यालय सञ्चालन र गुणस्तर कायम बाधा पुग्ने सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका अध्यक्ष गुणराज मुक्तानले जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट २०६१ साल जेठ १३ गते जारी गरिएको शिक्षक सरुवा सम्बन्धी निर्देशिका र शिक्षक सरुवामा विद्यालय व्यस्थापन समितिको सहमति नचाहिने प्रावधानले विद्यालय सञ्चालन र गुणस्तर कायम बाधा पुग्ने समितिको ठहर छ… पुरा पढौ

जेएमसीमा तथ्याङ्क व्यवस्थापन तथा विश्लेषण कार्यशाला

जेएमसीमा तथ्याङ्क व्यवस्थापन तथा विश्लेषण कार्यशाला
पोखरा, २४ जेठ/ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा तिन दिने तथ्याङ्क व्यवस्थापन तथा विश्लेषण कार्यशाला गोष्ठी सुरु भएको छ । गोष्ठीको उद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले मुलकभरका सामुदायकि क्याम्पसहरूमा दुईपटक उत्कृष्ट भइ क्युएएको तेस्रो चक्र पूरा गरेको क्याम्पसको आयोजनामा कार्यक्रम गर्न पाउँदा खुशी लागेको बताए । विजुक्छेले अनुसन्धानका लागि तथ्याङ्क व्यवस्थापन र विश्लेषण महत्वपूर्ण हुने भएकाले सक्रिय सहभागिताका लागि शुभकामना दिए । निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले प्राज्ञिक अनुसन्धानलाई लक्षित गरी आयोजित गोष्ठी अनुसन्धान कार्य गर्नेका लागि फलदायी… पुरा पढौ

प्रतिभा माविमा ‘रचनात्मक, खेलकुद तथा सूचना प्रविधि फेयर’ सुरु

प्रतिभा माविमा ‘रचनात्मक, खेलकुद तथा सूचना प्रविधि फेयर’ सुरु
पोखरा, जेठ २४/ पालिखेचोकस्थित प्रतिभा माविमा विहीबारदेखि गण्डकी प्रदेशस्तरीय ‘रचनात्मक, खेलकुद तथा सूचना प्रविधि फेयर’ सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीका लागि आयोजित फेयर तीन दिनसम्म चल्नेछ । विद्यालयका प्राचार्य किरण सापकोटा, वित्त निर्देशक विश्वगोपाल पराजुली लगायतले फेयरको उद्घाटन गरे । तीनदिने उक्त फेयरमा दुइहजार जना भन्दा बढी विद्यार्थी सहभागि हुने प्राचार्य सापकोटाले जानकारी दिए । फेयरमा प्रदेशका विभिन्न जिल्लाका विद्यार्थी सहभागि छन । ती सबै सहभागीले यो पटक एसइइ परीक्षा दिएका छन् । विद्यार्थीले… पुरा पढौ

होमवर्क नगरेको भन्दै विद्यार्थी कुटपिट गर्न शिक्षकलाई कास्की प्रहरीले पक्राउ

होमवर्क नगरेको भन्दै विद्यार्थी कुटपिट गर्न शिक्षकलाई कास्की प्रहरीले पक्राउ
पोखरा, २२ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ३२ स्थित युनिभर्स इंग्लिस बोर्डिङ स्कुलका शिक्षक सुदीप अधिकारी पक्राउ छन् । जेठ १३ गते कक्षा ५ मा अध्ययनरत ९ वर्षीय विद्यार्थीलाई होमवर्क नगरेको र अक्षर पनि नराम्रो भएको भन्दै कुटपिट गरेको आरोपमा पक्राउ परेका हुन् । शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका थिए । उनले सञ्चार माध्यम मार्फत विद्यार्थीलाई कुटपिट गर्नु आफ्नो गल्ती भएको स्वीकार गरेका थिए । अधिकारीविरुद्ध बालबालिका सम्बन्धी ऐन अन्तगर्तगको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका… पुरा पढौ

दक्ष जनशक्ति उत्पादन गर्दै धौलागिरी बहुप्राविधिक शिक्षालय

दक्ष जनशक्ति उत्पादन गर्दै धौलागिरी बहुप्राविधिक शिक्षालय
पोखरा, २० जेठ/ वागलुङ्को वलेवा स्थित धौलागिरी वहुप्राविधिक शिक्षालय बाली र पशु विज्ञानका प्राविधिक जनशक्ति उत्पादन गर्न अब्बल बन्दै गईरहेको छ । तीन वर्षे डिप्लोमा अन्तरगत शिक्षालयले यि दुई विषयमा देशभरीका ४० जना विद्यार्थीलाई पढाउँदै आईरहेको छ । यहाँबाट शिक्षा प्राप्त गरेका विद्यार्थीहरुले स्थानीय तहमा कृषि तथा पशु प्राविधिक पदमा जागिर खाईरहेका छन् भने कतिपय विद्यार्थी स्वरोजगार भईरहेका छन् । ‘हाम्रो शिक्षालयका अधिकाँश उत्पादन खाली बस्नु परेको छैन ।’ शिक्षालयका प्रिन्सिपल राजन नेपाली भन्छन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम… पुरा पढौ

एसईईको नतिजा असार दोस्रो साता सार्वजनिक हुने

एसइई
पोखरा, १८ जेठ/ राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको काम भईरहेको जनाएको छ । अहिलेको कामको गति हेर्दा असार दोस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्न सकिने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । २०८० चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा ५ लाख बढी परीक्षार्थी सहभागी भएका थिए । पुरा पढौ

This will close in 10 seconds