
डिज्नील्याण्ड एकेडेमीका ३ छात्रालाई ४ जिपिए
पोखरा, १३ असार/ पोखरा ७ मासबारमा रहेको डिज्नील्याण्ड एकेडेमीकी ३ जना विद्यार्थीले एसइई २०८० मा सर्वोत्कृष्ट ४ जिपिए ल्याउन सफल भएका छन् । उनीहरु सबै छात्रा हुन् ।
छात्रा स्मृति लम्साल (सिमलचौर), सृष्टि भण्डारी (मालेपाटन) र सृष्टिना पौडेल (मासबार) को ४ जिपिए ल्याएको विद्यालयका प्रिन्सिपल नरेश बरालले बताए ।
२०७८ सालमा डिज्नील्याण्डकी ऋतिका पोखरेलले ४ जिपिए ल्याएकी थिइन् । पोखरा ७, मासबारस्थित डिज्नील्याण्ड एकेडेमीबाट यसपालि २९ जना विद्यार्थीले एसइई दिएका थिए ।





