नेपालकै उत्कृष्ट २० ‘प्लस टु’, पोखराबाट दुई वटा

-


     क्लिक गण्डकी     
     असार १७ गते २०८१ मा प्रकाशित


नेपालका उत्कृष्ट ‘प्लस टु’

नेपालका उत्कृष्ट ‘प्लस टु’

पोखरा, १६ असार/ एसईई पछि अब के पढ्ने ? कहाँ पढ्ने ? सबै विद्यार्थीको मनमा यिनै प्रश्नहरुले खेली रहेका छन् । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ र विद्यार्थीहरु अर्को शैक्षिक अध्यायमा प्रवेश गर्दैछन् ।

माध्यमिक शिक्षाकै रुपमा परिभाषित गरिएपनि यो चरण विद्यार्थीका लागि विशेष मानिन्छ । विशेष यसकारण कि, यहींबाट उनीहरुले आफ्नो भविष्यको यात्रा तय गर्नुपर्ने हुन्छ । अर्थात् भोलि के बन्ने ? कस्तो पेशा–व्यवसाय रोज्ने ? कुन क्षेत्रमा करियर बनाउने ? यी सम्पूर्ण कुराको धरातल निर्माण गर्ने चरण हो, कक्षा ११ र १२ ।

प्लस टु, यो एक यस्तो प्रवेश विन्दु हो, जसले उनीहरुको सुदूर भविष्यको दिशा र गति पहिल्याउँछ । त्यसैले कक्षा ११ र १२ हरेक विद्यार्थीका लागि महत्वपूर्ण मोड हो । यस मोडमा आइपुगेपछि उनीहरुले बढी नै मिहेनत र तयारी गर्नु जरुरी हुन्छ ।

कक्षा ११ र १२ मा विद्यार्थीले रोज्ने कलेज, छनौट गर्ने विषय, तयारी, मिहेनत आदिले उनीहरुको भविष्य निर्धारण गर्ने गर्दछ ।
राम्रा ‘प्लस टु’ को खोजीमा रहेका विद्यार्थी र अभिभावकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले केन्द्रविन्दु डटकम https://kendrabindu.com/education/333810/?fbclid=IwZXh0bgNhZW0CMTEAAR3FtQLa7mvJ9QzM-GxCnMHRglEtRc7d6oQ8BgHRZa7Q-IH1gO878fgGAZE_aem_ub4wch_nbcxdZX_3TH8WNQ ले तयार पारेको केही शैक्षिक संस्था र उनीहरुले समेटेका कार्यक्रमबारे जानकारी दिने प्रयास गरेका छौं ।

हामीले यहाँ समेटेका प्लस टुहरु उत्कृष्ट पक्कै हुन् तर यी मात्रै उत्कृष्ट हुन् भनेर ठोकुवा भने गर्दैनौँ । यहाँ उल्लेख भएका शैक्षिक संस्था विद्यार्थीका लागि सही शैक्षिक गन्तव्य सिद्ध हुनेमा भने ढुक्क रहन सकिन्छ ।

छनौटको आधार
राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा विगतमा हासिल गरेको शैक्षिक नतिजा, नेपाल सरकार शिक्षा मन्त्रालयले गरेको पुरस्कारको आधार, स्टुडेन्ट च्वाइस, शैक्षिक संस्थाले पूर्वाधारमा गरेको लगानी, पछिल्ला केही वर्षयता हामीले नजिकबाट गरेको अध्ययन र अनुसन्धान, राम्रो प्लस टु बन्न शिक्षण संस्थाले गरेको मेहनत, शिक्षण संस्थाबाट उत्पादित विद्यार्थीको शैक्षिक ‘प्लेसमेन्ट’ अध्ययन पूरा गरेका र अध्ययनरत विद्यार्थीको अनुभव, डिजिटल प्लेटफर्ममा कलेजको उपस्थिति लगायत मापदण्डका आधारमा राम्रा प्लस टु छनौट गरिएको हो । पछिल्लो समयमा भौतिक संरचनामा वृहत लगानी गरेर आएका शैक्षिक संस्थालाई पनि उत्कृष्ट २० को सूचीमा प्राथमिकता दिइएको छ ।

यहाँ उल्लेख भएका शैक्षिक संस्था विद्यार्थीका लागि सही शैक्षिक गन्तव्य सिद्ध हुनेमा भने ढुक्क रहन सकिन्छ । प्रमुख मापदण्डको रुपमा लामो समयदेखि शैक्षिक गुणस्तरमा सम्झौता नगरी संचालनमा आएका प्लस टुलाई प्राथमिकता दिइएको छ । उत्कृष्ट शिक्षालयको रुपमा धेरै विद्यार्थीको रोजाइमा परेका प्लस टु पनि यसमा समेटिएका छन् । पास आउट विद्यार्थीको पर्फमेन्स पनि एउटा आधार हो भने राष्ट्रिय परीक्षा बोर्डले ‘रिकग्नाइज’ गरेका प्लस टु पनि अटाएका छन् । धेरै भन्दा धेरै विद्यार्थीमा ३ दशमलव २ जिपिए भन्दा बढी र ४ जिपिए हासिल गराउने शैक्षिक संस्थाहरु टप ट्वेन्टी र्याङ्किङ मापदण्डको अर्को आधार हुन् । पछिल्लो समयमा भौतिक संरचनामा बृहत् लगानी गरेर आएका शैक्षिक संस्थाको उत्कृष्ट शैक्षिक वातावरणलाई पनि यस सूचीमा प्राथमिकता दिइएको छ ।

देशका बेस्ट प्लस टु (र्याङ्किङको आधारमा)

१. प्रसादी एकेडेमी, ललितपुर
२. सेन्ट जेभियर्स, माइतिघर
३. केएमसी बागबजार
३. ट्रिनिटी इन्टरनेसनल, डिल्लीबजार
४. पिनाकल एकेडेमी, ललितपुर
४. एनसीसीएस, पकनाजोल
५. सिसिआरसी, कोटेश्वर
५. युनिग्लोब, कमलादी
६. मोर्डन स्कुल÷कलेज, भक्तपुर
६. जेभियर इन्टरनेसनल, कालोपुल
६. लिटल एञ्जल्स, हात्तिवन
७. काठमाडौं बर्नहार्ट, बल्खु
७ जेभियर एकेडेमी, लाजिम्पाट
८. सेन्ट लरेन्स, चावहिल
८. अरनिको मावि, बिराटनगर
८. किस्ट कलेज, कमलपोखरी
९. मदरल्यान्ड मावि, पोखरा
९. युनाइटेड एकेडेमी, ललितपुर
१०. रिलान्यन्स इन्टरनेसनल, एकेडेमी चावहिल
१०. लिभरपुल इन्टरनेसनल, नयाँ बानेश्वर
११. भिएस निकेतन, तिनकुने
११. नेसनल स्कुल अफ साइन्सेज (निस्ट), लैनचौर
१२. ट्रिटन इन्टरनेसनल स्कुल, बालकुमारी
१२. सगरमाथा, पोखरा
१३. मोर्गन इन्टरनेसनल कलेज, बसुन्धरा
१३. टेक्सास इन्टरनेसनल कलेज, चावहिल
१४. टाइम्स इन्टरनेसनल कलेज डिल्लीबजार
१४. सेन्ट मेरिज, जावलाखेल
१५. नेपाल मेगा कलेज, बबरमहल
१५. सैनिक महाविद्यालय, भक्तपुर
१६. नेपाल काष्ठमण्डप कलेज, कलंकी
१७. समृद्धि स्कुल, बनस्थली
१७. ख्वप उमावि, भक्तपुर
१८. आइएसटी कलेज, ज्ञानेश्वर
१८. ब्रिजवाटर कलेज, सिनामंगल
१९. एसओएस, भक्तपुर
२०. नेपाल प्रहरी विद्यालय, साँगा