शिक्षा

पत्रकार महासंघ कास्कीमा पुस्तकालय (ई—लाइब्रेरी)

पत्रकार महासंघ कास्कीमा पुस्तकालय (ई—लाइब्रेरी)
पोखरा, १२ जेठ/ नेपाल पत्रकार महासंघ कास्कीको पत्रकार पुस्तकालय (ई—लाइब्रेरी) तथा स्रोत केन्द्र सञ्चालनमा आएको छ । नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले उक्त स्रोत केन्द्रको उद्घाटन गरे । उनले पोखराको पुस्तकालयको इतिहासमा महासंघले इट्टा थप्ने काम गरेको उल्लेख गरे । पठन संस्कृतिको विकासमा महासंघ कास्कीले स्थापना गरेको पुस्तकालय तथा स्रोत केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरे । ‘पत्रकार महासंघ कास्कीले स्थापना गरेको पुस्तकालय तथा स्रोत केन्द्रले पत्रकारको क्षमतामा थप टेवा पुग्ने विश्वास छ । आधुनिक तवरले निर्माण गरिएको पुस्तकालय… पुरा पढौ

पश्चिमाञ्चल माविमा व्यूटिसियन, हेयर ड्रेसिङ र फेसन डिजाईनिङको पढाई हुने

पश्चिमाञ्चल माविमा व्यूटिसियन, हेयर ड्रेसिङ र फेसन डिजाईनिङको पढाई हुने
पोखरा, ८ जेठ/ पोखराको गैह्रापाटनमा रहेको पश्चिमाञ्चल माविमा व्यूटिसियन, हेयर ड्रेसिङ र फेसन डिजाईनिङको पढाई हुने भएको छ । पश्चिमाञ्चल माविले पत्रकार सम्मेलन गरेर यस वर्षदेखि सौन्दर्य तथा केश कला विषय अन्तर्गत व्यूटिसियन, हेयर ड्रेसिङ र फेसन डिजाईनिङको पढाई शुरु गर्न लागेको जानकारी दिएको हो । विद्यार्थीलाई व्यवसायीक, सीपमूलक र व्यवहारिक शिक्षा दिने उद्देश्यले व्यवस्थापन संकालयको कक्षा ११ र १२ मा एक/एक सय पूर्णाङ्कको यी विषयहरु ऐच्छिक विषयका रुपमा थप गरिएको विद्यालयका प्रिन्सिपल सरोज कोइरालाले बताए । हरेक कक्षामा ५०… पुरा पढौ

पोखराका आकाश पराजुलीलाई अमेरिकामा ४ करोड बढीको छात्रवृत्ति

पोखराका आकाश पराजुलीलाई अमेरिकामा ४ करोड बढीको छात्रवृत्ति
पोखरा, ५ जेठ/ पोखरा महानगरपालिका १८ ग्यारजाती घर भई अमेरिकाको साउथ क्यारोलीना बस्दै आएका आकाश पराजुलीले अमेरिकाको प्रतिष्ठित वार्फड कलेजमा स्नातक तहमा वायोलोजी अध्ययनकालागि ४ करोड भन्दा बढीको पुर्ण छात्रवृत्ति पाएका छन् । १७ वर्षीय पराजुलीले चार वर्षे स्नातक कार्यक्रमका लागि वार्षीक ७६ हजार ३ सय १ डलरका दरले चार वर्षको ३ लाख ५ हजार २ सय ४ डलर ९ ४ करोड ५ लाख ९२ हजार नेपाली रुपैयाँ बराबरको छात्रवृत्ति पाएका हुन् । पराजुलीले पढाइपछिको फुर्सदको समयमा काम गर्ने संस्थाबाट… पुरा पढौ

जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का

जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
पोखरा, ४ जेठ/ पोखरा सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले नियुक्तिपत्र दिइ खड्कालाई क्याम्पस प्रमुखमा पदस्थापन गराए । अध्यक्ष विजुक्छेले विद्यमान चुनौतीलाई पार लगाई क्याम्पसको वृहत्तर विकास र शैक्षिक गुणस्तर सुधारका लागि काम गर्न सुझाउँदै क्याम्पसको प्रशासनिक र प्राज्ञिक उन्नयनमा लाग्न शुभकामना दिए । नवनियुक्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले पदभार ग्रहण गर्दै क्याम्पसको आन्तरिक नीतिनियमलाई चुस्तदुरुस्त व्यवस्थित बनाई समस्या समाधान गर्ने, विश्वविद्यालय अनुदान आयोगको कामलाई गतिशील बनाउने, शिक्षक… पुरा पढौ

एन प्याव्सन कास्कीद्धारा १ हजार २ सय शिक्षकलाई तालिम

एन प्याव्सन कास्कीद्धारा १ हजार २ सय शिक्षकलाई तालिम
पोखरा, २९ बैशाख / नेशनल प्याव्सन कास्कीको आयोजनामा शिक्षकहरुका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम शुरु भएको छ । दुई दिन सम्म चल्ने उक्त तालिममा एन प्याव्सनमा आवद्ध मन्टेश्वरी देखि कक्षा १२ सम्मका १ हजार २ सय शिक्षकको सहभागिता रहेको छ । एन प्याव्सनमा आवद्ध विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । ‘एन प्याव्सनको वार्षिक कार्यक्रम अन्तर्गत शैक्षिक सत्रको शुरुवातसँगै शिक्षकहरुलाई तालिम दिइएको हो’ अधिकारीले भने,‘ नेपालक सरकारले… पुरा पढौ

प्लस टुको परीक्षा सकेका विद्यार्थीलाई निःशुल्क तालिमको अवसर

प्लस टुको परीक्षा सकेका विद्यार्थीलाई निःशुल्क तालिमको अवसर
पोखरा, २७ वैशाख/ नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज छिनेडाँडा पोखराले प्लस टुको परीक्षा सकेर बसेका विद्यार्थीलाई निःशुल्क तालिम सञ्चालन गर्ने भएको छ । एसईई दिएर बसेका विद्यार्थीलाई निःशुल्क तालिम दिएको कलेजले प्लस टु दिएर बसेका विद्यार्थीलाई लक्षित गरी तालिम दिन लागेको हो । वारिष्टा, बेकरी, हाउसकिपिङ, फुड एण्ड बेभरेज, कुलिनरी आर्टस गरी ५ विधामा कलेजले एक सातासम्म निःशुल्क तालिम सञ्चालन गर्न लागेको कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले जानकारी दिए । जेठ ७ गतेबाट तालिम सुरु हुने उनले बताए । प्लस… पुरा पढौ

हिलसाइडमा रेडक्रस सर्कल

हिलसाइडमा रेडक्रस सर्कल
पोखरा, २६ वैशाख/ विश्व रेडक्रस दिवस अर्थात मे ८ र मातातीर्थ औँसीको उपलक्ष्यमा पोखराको हिलसाइड अङ्ग्रेजी माध्यमिक विद्यालयमा एक समारोहका बिच विद्यालय प्राङ्गणमा बुधबार क्याप्टेनहरूको भेलाबाट स्कुल क्याप्टेन बढी र रेडक्रसकर्मी साधारण सदस्य विद्यार्थीहरूको भेलाबाट नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल हिलसाइड गठन गरिएको छ । कक्षा नौमा अध्ययनरत सारा तामाङको अध्यक्षतामा गठन भएको स्कुल क्याप्टेन बडीको उपाध्यक्षमा आयुष क्षेत्री, सचिवमा पूर्णिमा भुजेल, कोषध्यक्षमा आयुषा अधिकारी र सहसचिवमा किस्मत थापा चयन भएका छन् भने सदस्यहरूमा क्रमशः प्रिन्सा लुइँटेल, अनुज अधिकारी,… पुरा पढौ

पोखरा महानगरपालिका १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

पोखरा महानगरपालिका १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण
पोखरा, ११ बैशाख/ पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ । वडा भित्र रहेको तीन वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी स्टेशनरी सामाग्री वितरण गरेको हो । वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरी कालिका नमुना मावि, कुंडहर आधारभुत प्रावि र पल टाँसी छ्योएलिङ गुम्बा विद्यालयमा गरी दुई सय थान स्टेशनरी सामाग्री वितरण गरेको हो । जस अन्तर्गत कालिका माविलाई ८५ थान, कुँडहर आधारभुत विद्यालयलाई ६५ थान… पुरा पढौ

राष्ट्रिय माविका १५ जना पूर्व विद्यार्थीहरु सम्मानित

राष्ट्रिय माविका १५ जना पूर्व विद्यार्थीहरु सम्मानित
पोखरा, ८ बैशाख/ पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माध्यामिक विद्यालयले स्थापनको ७५ वर्ष प्रवेशको अवसर पारी आयोजित हीरक महोत्सव तथा वृहत पुनर्मिलन कार्यक्रममा विद्यालयका १५ जना पूर्व विद्यार्थीहरुलाई सम्मान गरिएको छ । विद्यालयले पूर्व विद्यार्थी कृषि विज्ञ डा. अनिल सुवेदी, महिला शसक्तिकरण अभियन्ता तथा समाजसेवी कर्मा गुरुङ, नेपाल सरकारका पूर्व मुख्य सचिव एवं प्रमुख निर्वाचन आयुक्त केशवलाल राजभण्डारी, उद्योगपति तथा विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष गणेश बहादुर श्रेष्ठ, वरिष्ठ चिकित्सक डा. राघवलाल बैद्य, वरिष्ठ पत्रकार तिलकमान गुभाजू, नेपाल ओलम्पिक कमिटीक… पुरा पढौ

भारतीय दुतावासले पोखराका दुई विद्यालयलाई बस सहयोग

भारतीय दुतावासले पोखराका दुई विद्यालयलाई बस सहयोग
लेखनाथ, ३ बैशाख/ भारतीय दुतावासले पोखरा महानगरपालिकाका दुई विद्यालयलाई सवारी साधन बस उपलब्ध गराएको छ ।दुतावासले आईतबार काठमाण्डौंमा हस्तान्तरण गरेको बस सोमबार लक्ष्मी र भवानी कालिका माध्यामिक विद्यालयलाई बुझाईएको हो । दुतावासले सवारी बसको चावी पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापालाई हस्तान्तरण गरेको थियो ।सोमबार पोखरा आईपुगेका दुईवटा बस विद्यालयलाई बुझाउँदै अध्यक्ष थापाले सवारीसाधनको सुविधाले विद्यालय शिक्षाको गुणस्तर बृद्धि हुनेमा आशावादी रहेको बताए । विपन्न नागरिकका छोराछोरीलाई विद्यालयसम्म आउने जाने व्यवस्थाका लागि सवारी साधनको प्रयोग गर्ने गरी… पुरा पढौ