होमवर्क नगरेको भन्दै विद्यार्थी कुटपिट गर्न शिक्षकलाई कास्की प्रहरीले पक्राउ

-


     क्लिक गण्डकी     
     जेठ २२ गते २०८१ मा प्रकाशित


होमवर्क नगरेको भन्दै विद्यार्थी कुटपिट गर्न शिक्षकलाई कास्की प्रहरीले पक्राउ

होमवर्क नगरेको भन्दै विद्यार्थी कुटपिट गर्न शिक्षकलाई कास्की प्रहरीले पक्राउ

पोखरा, २२ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ३२ स्थित युनिभर्स इंग्लिस बोर्डिङ स्कुलका शिक्षक सुदीप अधिकारी पक्राउ छन् ।

जेठ १३ गते कक्षा ५ मा अध्ययनरत ९ वर्षीय विद्यार्थीलाई होमवर्क नगरेको र अक्षर पनि नराम्रो भएको भन्दै कुटपिट गरेको आरोपमा पक्राउ परेका हुन् ।

शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका थिए । उनले सञ्चार माध्यम मार्फत विद्यार्थीलाई कुटपिट गर्नु आफ्नो गल्ती भएको स्वीकार गरेका थिए ।

अधिकारीविरुद्ध बालबालिका सम्बन्धी ऐन अन्तगर्तगको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

उनलाई अदालतले दोषी ठहर गरेमा एक वर्ष कैद सजाय र ५० हजार रुपैयाँ जरिवाना हुन सक्नेछ ।