शिक्षा

एक्सपर्ट एजुकेशन’को २१ औं वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम साथ मनाउदै

एक्सपर्ट एजुकेशन’को २१ औं वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम साथ मनाउदै
पोखरा, २२ साउन/ वैदेशिक उच्च शिक्षाका लागि परामर्शदातृ संस्था एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले २१ औं वर्ष प्रवेशका अवसरमा विविध कार्यक्रमका बीच सप्ताहव्यापी रुपमा वार्षिकोत्सव मनाइरहेको छ । पोखराको ट्रेड मलमा अवस्थित एक्सपर्टले सात दिनसम्म सात थरी कार्यक्रम गरी वार्षिकोत्सव मनाइरहेको म्यानेजर विष्णुप्रसाद गौतमले जानकारी दिए । गौतमका अनुसार प्यारेन्टस् वर्कशप, एस्से कम्पिटिशन शैक्षिक सामाग्री वितरण, फुटसल प्रतियोगिता कार्यक्रम गरिएको छ । भोलि बुधबार वृक्षारोपण तथा सरसफाई, वार्षिकोत्सवको मूख्य दिन रक्तदान कार्यक्रम र अन्तिम दिन इन्लाइटेन् एडु (द अल्टिमेट एजुकेशन… पुरा पढौ

शिक्षा ऐन छिट्टै टुंगिएर आउछ- शिक्षामन्त्री भट्टराई

शिक्षा ऐन छिट्टै टुंगिएर आउछ- शिक्षामन्त्री विद्या भट्टराई
पोखरा, २० साउन/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐन संसदीय समितिमा छलफल भइरहेकाले छिट्टै टुंगिने बताएकी छन् । प्रेस चौतारी कास्कीले आइतबार पोखरामा आयोजना गरेका कार्यक्रममा मन्त्री भट्टराईले विद्यालय शिक्षा ऐनमा छलफल चलिरहेको बताइन् । उनले शिक्षकको भूमिका के रहने भन्ने कुराको मापदण्ड बनाइ सकेको बताइन् । मन्त्री भट्टराईले शिक्षकलाई अनावश्यक लाक्षना लगाउने र झोल हुन भन्ने तर तीनै शिक्षकहरूले विद्यालय धान्नुपर्ने कुराले खोजिरहेको गुणस्तरीयता पाउन नसक्ने उल्लेख गरिन् । लोकप्रियता वादी विचारले मात्रै समाजलाई नेतृत्व गर्न… पुरा पढौ

शिक्षाको विकासमा जोर्ज जोन दम्पतीको योगदान अनुकरणीयः प्रदेश प्रमुख भट्ट

शिक्षाको विकासमा जोर्ज जोन दम्पतीको योगदान अनुकरणीयः प्रदेश प्रमुख भट्ट
पोखरा, १९ साउन / गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक विकासमा जोर्ज जोन दम्पतीको योगदान अनुकरणीय रहेको बताउनुभएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा अवस्थित मुलुककै अग्रणी पृथ्वीनारायण कलेजको स्थापना तथा विकासमा अग्रस्थानमा बसेर गरेको काम अतुलनीय रहेको भन्दै भट्टले डा जोर्ज जोन र डा एलियाम्मा जोनको खुलेर प्रशंसा गर्नुभयो । जोर्ज जोन शिक्षा प्रतिष्ठानको २८ औं वार्षिकोत्सव समारोहका प्रमुख अतिथि भट्टले शिक्षा क्षेत्रमा लागेका व्यक्तित्वहरुको सम्मान र असहाय, जेहेन्दार, गरीब विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएकोमा प्रतिष्ठानको कामको लागि… पुरा पढौ

मदरल्याण्डकी सदीक्षा क्षत्री र एसओएसका कुशल तिवारी नेपाल टप

एसओएस
पोखरा, १८ साउन/ पोखराका दुई विद्यार्थीले कक्षा १२ को परीक्षा फलमा नेपाल टप गरेका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको नजिता अनुसार एसओएसका कुशल तिवारी र मदरल्याण्डकी सदीक्षा क्षत्रीले समान ३.९६ जिपिए ल्याउदै नेपाल टप गरेको विद्यालयको दावी छ । पर्वतको कुष्मा १० का तिवारीले विज्ञान संकायमा उत्कृष्ट जिपिए ल्याएका हुन् । त्यसै गरी विज्ञान संकायकी सदीक्षा क्षत्रीले ३.९६ जिपिए ल्याउन नेपाल टप गर्न सफल भएकी छन् । यो नतिजा देशभरमै सर्वोत्कृष्ट अंक रहेको विद्यालयको… पुरा पढौ

मदरल्याण्ड मावि फेरि नेपाल टप, कक्षा १२ की सदीक्षाको ३.९६ जिपिए

मदरल्याण्ड माविले फेरि नेपाल टप, कक्षा १२ की सदीक्षाको ३.९६ जिपिए
पोखरा, १८ साउन/ पोखराको मदरल्याण्ड माविले कक्षा १२ को नतिजामा यस वर्ष पनि नेपाल टप गर्न सफल भएको छ । शुक्रबार प्रकाशित कक्षा १२ को नतिजामा विज्ञान संकायकी सदीक्षा क्षत्रीले ३.९६ जिपिए ल्याउन नेपाल टप गर्न सफल भएकी छन् । यो नतिजा देशभरमै सर्वोत्कृष्ट अंक रहेको विद्यालयको दाबी छ । उनी पोखरा–१७ निवासी हुन् । अरु ३ जना विद्यार्थीको ३.९५ जिपिए आएको प्लस टु इन्चार्ज नारायण आचार्यले जानकारी दिए । विज्ञान संकायका विनम श्रेष्ठ र प्रशील लामिछाने तथा व्यवस्थापन संकायबाट… पुरा पढौ

मदरल्याण्ड माविकी सदिक्षा क्षेत्रीलाई उत्कृष्ट नतिजा

मदरल्याण्ड मावि
पोखरा, १८ साउन/ राष्ट्रिय परीक्षा बोर्डद्धारा प्रकाशित कक्षा १२ को परीक्षाफल अनुसार मदरल्याण्ड माविकी विज्ञान संकायकी सदिक्षा क्षेत्रीले सर्वोत्कृष्ट ३.९६ जि.पि.ए प्राप्त गर्न सफल भएकी छन् । विज्ञान समूह १९० जना सहभागी भएकोमा उनले ३.९६ जि.पि.ए प्राप्त गर्न सफल भएकी हुन् । त्यसै गरी व्यवस्थापन समूहमा सर्वोत्कृष्ट ३.९५ जि.पि.ए प्राप्त गर्न सफल प्रशंसा बराल, बिनम श्रेष्ठ ३.९५, प्रशिल लामिछाने ३.९५ र प्रसिम आचार्य ३.९२ जि.पि.ए प्राप्त गर्न सफल भएको विद्यालयका प्रिन्सिपल नारायण बरालले जानकारी दिए । त्यसै गरी ८१ जनाले… पुरा पढौ

पोखरा विश्वविद्यालयद्वारा ठूलो संख्यामा छात्रवृत्तिका लागि दरखास्त आव्हान

पोखरा, १० साउन/ पोखरा विश्वविद्यालयले छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि ठूलो सङ्ख्यामा दरखास्त आव्हान गरेको छ । अनलाइन विधिबाट दरखास्त दिनसक्ने गरी विश्वविद्यालयले बुधबार सूचना प्रकाशित गरेको हो । विश्वविद्यालयमा सञ्चालित स्नातकतहका विभिन्न कार्यक्रममा १ हजार २ सय ९९ कोटाका लागि छात्रवृत्ति खुलाएको हो । विश्वविद्यालयले विज्ञान तथा प्रविधि सङ्काय अन्तर्गत सञ्चालित बिइ कम्प्यूटर, बिइ आर्किटेक्चर, बिइ सिभिल, बिइ सिभिल (रूरल), बिइ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, बिइ इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेशन, बिइ सफ्टवेयर, बिइ आइटी र बिइ सिभिल डिप्लोमा होल्डर्स, बिसिए… पुरा पढौ

मेयर आचार्यको सुझावः पढ्दै गर्दा रोजगारी दिने गरी डायरीमा टिपोट गर्नु होस्

मेयर आचार्यको सुझावः पढ्दै गर्दा रोजगारी दिने गरी डायरीमा टिपोट गर्नु होस्
पोखरा, ७ साउन/ माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण भई हालैमात्र कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई भविश्यबारेको दिइने सुझाव के हुन सक्छ ? राम्रो पढ्नु, उचित विषय छानेर अध्ययन थाल्नुु, भविश्य हेरेर विषय छनोट गर्नु । यस्तै यस्तै सुझाव धेरैले दिन्छन । तर, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भर्खरै ११ कक्षा अध्ययन थालेका विद्यार्थीलाई दिएको सुझाव छ–जिन्दगीमा कति जनालाई रोजगारी दिने हो, त्यो योजना डायरीमा कोर्नुस र अध्ययन थाल्नुस, त्यसले तपाँइलाई गन्तव्यमा पु¥याउन सघाउनेछ ।’ पोखराको पालिखेचोकस्थित प्रतिभा माविले सोमबार… पुरा पढौ

जिपिए ४ ल्याउने १३ विद्यार्थीले मदरल्याण्ड रोज, पूर्ण छात्रवृत्तिमा ८ विद्यार्थी यस वर्ष अमेरिका

जिपिए ४ ल्याउने १३ विद्यार्थीले मदरल्याण्ड रोज, पूर्ण छात्रवृत्तिमा ८ विद्यार्थी यस वर्ष अमेरिका
पोखरा, ५ साउन /मदरल्याण्ड माविका कक्षा ११ का विद्यार्थी स्वागत एवं अभिमुखीकरण कार्यक्रम भएको छ । कार्यक्रममा क्याप्टेन विजय लामाले जीवनमा सधैं थ्रि–डी (डिस्सिप्लिन, डेडिकेटेट र डिभोसन) मा ध्यान दिनुपर्ने सुझाव दिए । उनले अरुले गरेभन्दा अझ माथि पुग्छु भन्ने लक्ष्य राख्नुपर्ने बताए । कलाकारसमेत रहेका क्याप्टेन लामाले नेपालको कुल जनसंख्याको साढे १ प्रतिशतले पनि नेपाली फिल्म नहेर्ने गरेको विडम्बना पस्के । समाज, रीतिरिवाज, संस्कृति चित्रण गर्न सक्ने माध्यम फिल्म भएकोले नेपाली चलचित्रलाई माया गर्नुपर्नेमा जोडदिए । कार्यक्रममा प्रिन्सिपल डा.… पुरा पढौ

गण्डकी विश्वविद्यालयले एआईको पढाउने, यस्ता छन् विषय

गण्डकी विश्वविद्यालयले एआईको पढाउने, यस्ता छन् विषय
पोखरा, २ साउन/ गण्डकी विश्वविद्यालयमा एमआइटी एआई कार्यक्रम सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै विश्वविद्यालयले मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी आर्टिफिसियल इन्ट्लीजेन्स कार्यक्रमको सार्वजनिक गरेको हो । अब सो सम्बन्धि अध्ययन गर्न इच्छुक विद्यार्थीले उक्त अवसर गण्डकी विश्वविद्यालयमा पाउनेछन् । सेप्टेम्बर महिनाबाट एमआइटी एआईको कक्षा सुरु हुने जानकारी गराइएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले एमआइटी एआई विषय समय सान्दर्भिक भएको बताए । प्राविधिक शिक्षा आजको… पुरा पढौ