शिक्षा ऐन छिट्टै टुंगिएर आउछ- शिक्षामन्त्री भट्टराई

-


     क्लिक गण्डकी     
     श्रावण २० गते २०८१ मा प्रकाशित


शिक्षा ऐन छिट्टै टुंगिएर आउछ- शिक्षामन्त्री विद्या भट्टराई

शिक्षा ऐन छिट्टै टुंगिएर आउछ- शिक्षामन्त्री विद्या भट्टराई

पोखरा, २० साउन/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐन संसदीय समितिमा छलफल भइरहेकाले छिट्टै टुंगिने बताएकी छन् ।

प्रेस चौतारी कास्कीले आइतबार पोखरामा आयोजना गरेका कार्यक्रममा मन्त्री भट्टराईले विद्यालय शिक्षा ऐनमा छलफल चलिरहेको बताइन् । उनले शिक्षकको भूमिका के रहने भन्ने कुराको मापदण्ड बनाइ सकेको बताइन् ।

मन्त्री भट्टराईले शिक्षकलाई अनावश्यक लाक्षना लगाउने र झोल हुन भन्ने तर तीनै शिक्षकहरूले विद्यालय धान्नुपर्ने कुराले खोजिरहेको गुणस्तरीयता पाउन नसक्ने उल्लेख गरिन् ।

लोकप्रियता वादी विचारले मात्रै समाजलाई नेतृत्व गर्न नसक्ने उनको भनाई थियो । उनले लोकप्रिय पनि हुनु पर्ने र व्यवहारिक पनि हुनु पर्ने उनको भनाई छ । अदालतमा विचाराधीन भएका कारण शिक्षक निर्देशिका चलाउन नसकिएको मन्त्री भट्टराईको भनाई थियो ।

उनले कक्षा १२ को परीक्षा दिएपछि विदेश जाने प्रचलनलाई रोक्न देशमा नै रोजगारी सृजना गर्न व्यवसायी सँग छलफल गर्ने बताइन् ।

सेवा छिटो छरितो बनाउ शिक्षा मन्त्रालय मात्रै लागने नहुने बताउदै उनले अन्य मन्त्रालय सँगको समन्वयमा अनलाइन सिस्टम सञ्चालन गर्ने बताइन् । टियुको नीति तथा कार्यक्रम नआउनुमा शुधारका लागि भएको उनको भनाई छ ।



Tags: