पोखरामा स्कुलबस अनुगमन, केहि कार्वाहीमा
पोखरा, ३१ साउन/ जिल्ला ट्राफिक प्रहरी कार्यालयले पोखरा पोखरामा संचालित स्कुलबसको अनुगमन थालेको छ ।
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरा ५, जिरो किमीस्थित स्कुल बसको गति सीमित एवं सिट क्षमता सम्बन्धमा चेकजाँच गरिएको हो ।
बुधबार ५५ वटा स्कुलका सवारीसाधन चेकजाँचमा ३ स्कुल बसले सिट क्षमताभन्दा बढी विद्यार्थी राखेर संचालन गरेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख भानु शर्माले बताए ।
उनीहरुलाई कसूर अनुसार कारबाही समेत गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
यसैगरी, अन्य सवारीसाधनमा जिल्ला ट्रापिक प्रहरी कार्यालयबाट तयार पारिएको स्पिड लिमिटसम्बन्धी ५५ थान स्टिकर टाँस गरी सडक सुरक्षाबारे सम्झाइबुझाइ गरिएको उनले बताए ।