मदरल्याण्ड माविकी सदिक्षा क्षेत्रीलाई उत्कृष्ट नतिजा

-


     क्लिक गण्डकी     
     श्रावण १८ गते २०८१ मा प्रकाशित


मदरल्याण्ड मावि

मदरल्याण्ड मावि

पोखरा, १८ साउन/ राष्ट्रिय परीक्षा बोर्डद्धारा प्रकाशित कक्षा १२ को परीक्षाफल अनुसार मदरल्याण्ड माविकी विज्ञान संकायकी सदिक्षा क्षेत्रीले सर्वोत्कृष्ट ३.९६ जि.पि.ए प्राप्त गर्न सफल भएकी छन् ।

विज्ञान समूह १९० जना सहभागी भएकोमा उनले ३.९६ जि.पि.ए प्राप्त गर्न सफल भएकी हुन् ।

त्यसै गरी व्यवस्थापन समूहमा सर्वोत्कृष्ट ३.९५ जि.पि.ए प्राप्त गर्न सफल प्रशंसा बराल, बिनम श्रेष्ठ ३.९५, प्रशिल लामिछाने ३.९५ र प्रसिम आचार्य ३.९२ जि.पि.ए प्राप्त गर्न सफल भएको विद्यालयका प्रिन्सिपल नारायण बरालले जानकारी दिए ।

त्यसै गरी ८१ जनाले ३.६० जि.पि.ए भन्दा बढि, १४६ जनाले ३.२० देखि ३.६ सम्म, ९८ जनाले २.८ देखि ३.२० सम्म, २७ जनाले २.३८ देखि २.८० जि.पि.ए हासिल गरी ९७.५१ % विद्यार्थी (विज्ञान समूहमा ९८.४२ % र व्यवस्थापन समूहमा ९६.४९ %) उत्तिर्ण हुन सफल भएको उनले जानकारी दिए ।