मदरल्याण्ड मावि फेरि नेपाल टप, कक्षा १२ की सदीक्षाको ३.९६ जिपिए

-


     क्लिक गण्डकी     
     श्रावण १८ गते २०८१ मा प्रकाशित


मदरल्याण्ड माविले फेरि नेपाल टप, कक्षा १२ की सदीक्षाको ३.९६ जिपिए

मदरल्याण्ड माविले फेरि नेपाल टप, कक्षा १२ की सदीक्षाको ३.९६ जिपिए

पोखरा, १८ साउन/ पोखराको मदरल्याण्ड माविले कक्षा १२ को नतिजामा यस वर्ष पनि नेपाल टप गर्न सफल भएको छ । शुक्रबार प्रकाशित कक्षा १२ को नतिजामा विज्ञान संकायकी सदीक्षा क्षत्रीले ३.९६ जिपिए ल्याउन नेपाल टप गर्न सफल भएकी छन् ।

यो नतिजा देशभरमै सर्वोत्कृष्ट अंक रहेको विद्यालयको दाबी छ । उनी पोखरा–१७ निवासी हुन् । अरु ३ जना विद्यार्थीको ३.९५ जिपिए आएको प्लस टु इन्चार्ज नारायण आचार्यले जानकारी दिए ।

विज्ञान संकायका विनम श्रेष्ठ र प्रशील लामिछाने तथा व्यवस्थापन संकायबाट प्रशंसा बरालको ३.९५ जिपिए आएको हो । यस्तै, व्यवस्थापन संकायकै प्रसिम आचार्यले ३.९२ जिपिए ल्याए ।

गत वर्ष मदरल्याण्डका ३ जना विद्यार्थी नेपालमै टपर भएका थिए । व्यवस्थापन संकायका राजेश पौडेल तथा विज्ञान संकायका जीवन अधिकारी र कृतिका थापाले ३.९६ जिपिए ल्याएपछि विद्यालयले जनही २ लाखसहित पुरस्कृतसमेत गरेको थियो ।

२०८० सालको हालै प्रकाशित एसइई नतिजामा समेत मदरल्याण्डकै १० जना विद्यार्थीको सर्वोत्कृष्ट ४.०० जिपिए तथा औषत ३.७९ जिपिए ल्याएपछि देशैभरि चर्चाको विषय बनेको थियो ।