शिक्षा

एसइईमा ४ जिपिए ल्याएका मदरल्याण्डका विद्यार्थीलाई नगदसहित सम्मान

एसइईमा ४ जिपिए ल्याएका मदरल्याण्डका विद्यार्थीलाई नगदसहित सम्मान
पोखरा, १४ मंसिर/ यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) र कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई पोखरा–७, मासबारस्थित मदरल्याण्ड माविले शुक्रबार नगद पुरस्कार सहित सम्मान गरेको छ । एसइइमा चार जिपिए ल्याउने १० जना विद्यार्थी र राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा नेपाल ‘टप’ गरेकी एकजना छात्रालाई सम्मान गरिएको हो । विद्यालयका प्राचार्य डा. नारायण बरालका अनुसार यसवर्षको एसइइमा नेपालभरबाट १८६ जनाले मात्र ४ जिपिए ल्याएका थिए । ती मध्ये १० जना मदरल्याण्ड माविका विद्यार्थी थिए ।… पुरा पढौ

हिसानको निबन्ध लेखन प्रतियोगितामा मदरल्याण्डका सुयोग प्रथम

हिसानको निबन्ध लेखन प्रतियोगितामा मदरल्याण्डका सुयोग प्रथम
पोखरा, ११ मंसिर/ मदरल्याण्ड सेकेण्डरी स्कुलका सुयोग अधिकारी निबन्ध लेखन प्रतियोगितामा प्रथम भएका छन् । हिसान कास्कीले आयोजना गरेको अंग्रेजी तथा नेपाली निबन्ध लेखन प्रतियोगितामा अंग्रेजी विधातर्फ उनी प्रथम भएका हुन् । सुयोग कक्षा १२ का छात्र हुन् । १७ औं हिसान स्पोर्टस् मिट–२०८१ अन्तर्गत हिसानले गत ७ मंसिरमा सगरमाथा स्कुलमा m प्रतियोगिता आयोजना गरेको थियो । विजेतालाई मंगलबार पोखरा रंगशालामा आयोजित १७ औं हिसान स्पोर्टस् मिट उद्घाटनमा पुरस्कृत गरिएको हो । प्रतियोगितामा एक्स आर्मी पब्लिक सेकेण्डरी स्कुलका अंकित रानाभाट,… पुरा पढौ

युनाईटेड क्लब पोखराको परियोजना युनाईटेड आवासिय छात्रावासको शिलान्यास

युनाईटेड क्लब पोखराको परियोजना युनाईटेड आवासिय छात्रावासको शिलान्यास
पोखरा, ११ मंसिर/ शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा कार्य गर्दै आइरहेको युनाईटेड क्लब पोखराले आफ्नो परियोजना अन्तर्गत युनाईटेड आवासिय छात्रावास निर्माण गर्ने भएको छ । गरिब विद्यार्थीहरुलाई लक्षित गरी निर्माण हुन लागेको छात्रावासको सोमबार शिलान्यास गरिएको हो । पोखरा महानगरपालिका वडा नं २७ अर्चलेमा रहेको युनाईटेड क्लबको ८ रोपनी जग्गामा निर्माण हुन लागेको आवासिय छात्रावासको सोमबार कास्की क्षेत्र नं १ का सांसद मन बहादुर गुरुङले एक समारोहका बीच सिलान्यास गरेका हुन । सो अवसरमा वोल्दै सांसद मन बहादुर गुरुङले… पुरा पढौ

धौलागिरि क्याम्पसका छात्र रिजाल ‘बीबीए’ तहमा उत्कृष्ट

लक्ष्मण रिजाल
बागलुङ, १० मंसिर/ धौलागिरि बहुमुखी क्याम्पसमा बिबिए तहमा अध्ययनरत छात्र लक्ष्मण रिजाल गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएका छन् । बिबिए तहमा गौतमले गण्डकी प्रदेशमा सर्वाेत्कृष्ट नतिजा ल्याएको क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले जानकारी दिए ।गत वर्ष पनि सोही तहमा क्याम्पसकै छात्रा प्रतीक्षा गौतमले देशभरमै प्रथम भएकी थिइन् । हरेक सेमेस्टरमा उनीहरु उत्कृष्ट भएका छन् भने लगातार शतप्रतिशत परीक्षाफल निकाल्ने क्याम्पस सफल भएको उनले बताए । हाल यो क्याम्पसमा दुई हजार विद्यार्थी अध्ययनरत छन् । विसं २०१९ मा स्थापना… पुरा पढौ

डिज्नील्याण्ड एकेडेमीको वार्षिकोत्सव, सास्कृतिक कार्यक्रम र सम्मान

डिज्नील्याण्ड एकेडेमीको वार्षिकोत्सव, सास्कृतिक कार्यक्रम र सम्मान
पोखरा, १० मंसिर/ पोखरा–७, मासबारमा रहेको डिज्नील्याण्ड एकेडेमीको १८ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । समारोहमा विभिन्न विधामा सम्मान समेत गरियो । सम्मानित हुनेमा एसइई–२०८० मा ४ जिपिए ल्याउने स्मृति लम्साल, सृष्टि भण्डारी र सृष्टिना पौडेल छन् । त्यस्तै, ४ जिपिए ल्याउन सहयोग पु¥याउने विषय शिक्षकहरु अभिशेक कुँवर, दीपक पोखरेल, दीपेश बराल, शर्मिला घले, प्रेम गिरी र हरि शर्मा सम्मानित भए । १० वर्ष कार्यरत् शिक्षक– कर्मचारीतर्फ जमुना भट्टराई, गीता चौधरी र शोभा अधिकारी,… पुरा पढौ

शत प्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईद्वारा कर्मचारीलाई आग्रह

शत प्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईद्वारा कर्मचारीलाई आग्रह
काठमाडौं, ३ म‌‌सिर/ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक आइतबार सम्पन्न भएको छ । बैठकमा मन्त्रालय अन्तर्गत निकायका चालू आर्थिक बर्ष २०८१/०८२ को पहिलो त्रैमासिक प्रगति समीक्षा भएको छ । छलफलमा शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईले अर्थमन्त्रालय र योजना आयोगका प्रतिनिधि, प्रधानमन्त्री र मन्त्रीबिच भएको कार्यसम्झौतालाई प्राथमिकतामा राखी शतप्रतिशत उपलब्धि हासिल गर्ने गरी कार्यक्रम सम्पन्न गर्न सुझाब दिनुभएको छ। मन्त्री भट्टराईले प्रभाबकारिता र उपलब्धि सेवाग्राहीले प्रत्यक्ष महसुस गर्ने गरेर कार्य सम्पादनमा जुट्न सम्बद्ध… पुरा पढौ

प्रतिभा माविमा विज्ञान प्रदर्शनी

प्रतिभा माविमा विज्ञान प्रदर्शनी
पोखरा, २ मंसिर/ पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा आइतबार एकदिने विज्ञान प्रदर्शनी आयोजना गरिएको छ । विद्यार्थीमा नयाँ ज्ञान र खोज सहितको प्रतिभा बाहिर ल्याउनका लागि विज्ञान प्रदर्शनी आयोजना गरिएको विद्यालयले बताएको छ । विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेल र राष्ट्रिय परीक्षा बोर्डका गण्डकी प्रमुख गोबिन्दराज पोखरेलले उक्त प्रदर्शनीको उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यार्थीमा लुकेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले एकदिने प्रदर्शनी आयोजना गरिएको बताए । सापकोटाका अनुसार कक्षा ४ देखि १२ सम्मका विद्यार्थी उक्त प्रदर्शनीमा सहभागि… पुरा पढौ

बालबालिका राष्ट्रनिर्माणका लागि मानव पूँजी हुन्ः प्रदेश प्रमुख भट्ट

बालबालिका राष्ट्रनिर्माणका लागि मानव पूँजी हुन्ः प्रदेश प्रमुख भट्ट
पोखरा, १ मंसिर/ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिका राष्ट्र निर्माणका लागि मानव पूँजी रहेको बताउनुभएको छ । कास्कीको माछापुच्छ्रे ५, रिभान स्थित निष्पक्ष मावि प्रांगणमा आयोजित मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानको शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टले बाल अधिकारको संरक्षण नै सुसंस्कृत परिवार, सभ्य समाज र समृद्ध मुलुक निर्माणको जग रहेको उल्लेख गर्नुभयो । संविधानले बालबालिकाको मौलिक हकलाई प्रत्याभूत गरेको र सबै बालबालिकालाई साक्षर बनाउने अभियानमा सरकार निरन्तर लागिरहेको बताउँदै उहाँले असल अभिभावकत्वले मात्र बालबालिकाको भविष्य र शिक्षामा… पुरा पढौ

हिमाल क्याम्पसको अध्यक्ष भण्डारी चयन

हिमाल क्याम्पसको अध्यक्ष भण्डारी चयन
पोखरा, २६ कात्तिक/ पोखरा ८ बगाले टोलीमा रहेको हिमाल क्याम्पस तथा डाइनामिक एकेडेमीको अध्यक्षमा चेतनाथ भण्डारी निर्विरोध चयन भएका छन् । पोखरामा व्यवस्थापन संकाय सञ्चालन गर्दै आएको हिमाल क्याम्पस तथा डाइनामिक एकेडेमीको स्थापनाको पाँच वर्षमै शैक्षिक रुपमा अग्रणी भूमिकामा राखेको छ । विगतका केही वर्षमा विविएस संकायमा लगातार त्रिभुवन विश्वविद्यालयमा उत्कृष्ट नतिजा निकाल्दै आएको छ । हाल प्लस टु र बीबीएसका क्लासहरु सञ्चालन गर्दै आएको क्याम्पसले अब विद्यालय पनि सञ्चालन गर्ने अध्यक्ष चेतनाथ भण्डारीले बताए । पुरा पढौ

गण्डकी टेक्निकल ईन्स्टिच्युटमा यहि वर्षदेखि व्युटि एण्ड कस्मेटोलोजी पढाई हुने

पोखरा, १९ असोज/ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सि (सिटिईभीटी) ले नेपालमा नै पहिलो पटक सञ्चालन गर्न लागेको ३ बर्षे डिप्लोमा तहको कार्यक्रम व्युटि एण्ड कस्मेटोलोजी पोखराको गण्डकी टेक्निकल ईन्स्टिच्युट जीटीआई मा यहि वर्षबाट सुरु हुने भएको छ । जिटिआईले शनिवार पोखरामा सिटिईभीटिका अध्यक्ष, पोखराका वरिष्ठ सौन्दर्यविद, सौन्दर्यकर्मी तथा सञ्चारकर्मीहरुसँग व्युटि एण्ड कस्मेटोलोजी कार्यक्रमका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरेको कार्यक्रममा जानकारी गराएको हो । जीटीआई पोखराको आयोजना तथा गुरुङ ब्युटी पार्लर एण्ड एकेडेमी प्रा लि तथा सिटिइभिटीको सहकार्यमा आयोजित… पुरा पढौ