डिज्नील्याण्ड एकेडेमीको वार्षिकोत्सव, सास्कृतिक कार्यक्रम र सम्मान
पोखरा, १० मंसिर/ पोखरा–७, मासबारमा रहेको डिज्नील्याण्ड एकेडेमीको १८ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । समारोहमा विभिन्न विधामा सम्मान समेत गरियो ।
सम्मानित हुनेमा एसइई–२०८० मा ४ जिपिए ल्याउने स्मृति लम्साल, सृष्टि भण्डारी र सृष्टिना पौडेल छन् । त्यस्तै, ४ जिपिए ल्याउन सहयोग पु¥याउने विषय शिक्षकहरु अभिशेक कुँवर, दीपक पोखरेल, दीपेश बराल, शर्मिला घले, प्रेम गिरी र हरि शर्मा सम्मानित भए ।
१० वर्ष कार्यरत् शिक्षक– कर्मचारीतर्फ जमुना भट्टराई, गीता चौधरी र शोभा अधिकारी, ७५ वर्षमाथिमा १५ जना ज्येष्ठ अभिभावक तथा इञ्जिनियर बन्न सफल ३ जना पूर्व विद्यार्थीलाई पनि विद्यालयले सम्मान ग¥यो ।
विद्यालयबाट प्रत्येक वर्ष दिँदै आएको डिज्नी रत्न–२०८० सम्मान असल अभिभावक, भजन समुह, विभिन्न लय, भाका, झ्याउरे लगायत विभिन्न विधामा उत्कृष्ट प्रस्तुति गर्नेलाई सम्मान गरिएको हो ।
शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले व्यावहारिक शिक्षामा जोड दिँदै जीवनलाई समृद्धि बनाउन पठनपाठन अलावा अतिरिक्त क्रियाकलापतर्फ पनि ध्यान दिएका कारण उत्कृष्ट नतिजा निकाल्न सफल भएको बताए ।
प्याब्सन केन्द्रीय उपाध्यक्ष कृष्ण केसीले डिज्नील्याण्डले गरेको प्रगति जिल्लाकै नमुना भएको बताए । प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेलले व्यावहारिक शिक्षाबाट मात्रै जीवनयापन गर्न सकिने धारणा राखे ।
त्यस अवसरमा अभिभावक सञ्जय सुवेदी, प्रधानाध्यापक नरेश बराल, निर्देशक मित्रबन्धु बराल शिक्षा र शिकाइका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा गायक पुरुषोत्तम न्यौपाने, विद्यार्थी, शिक्षकलगायतले विभिन्न सांस्कृतिक प्रस्तुति राखे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वेश्वरप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा निदेशक नरेश बरालले स्वागत तथा शिक्षकहरु प्रेम गिरी, अनुषा शर्मा र सुशील नेपालीले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए ।