शिक्षा

बटुवालाई सडकमै गणित पढाए मदरल्याण्डका विद्यार्थीले

बटुवालाई सडकमै गणित पढाए मदरल्याण्डका विद्यार्थीले
पोखरा, ४ चैत/ पोखरा महानगरपालिका–७, मासबारस्थित मदरल्याण्ड माविका विद्यार्थीले बाटोमै उभिएर बटुवालाई गणितबारे ज्ञान दिएका हुन । नेपाल गणित समाज गण्डकी प्रदेशको आयोजनामा सञ्चालित ‘म्याथमेटिक्स अन द स्ट्रिट’ कार्यक्रममार्फत बाटो हिडिरहेका बटुवालाई गणितको सामान्य नियम र ज्ञान सिकाएको समाजका गण्डकी अध्यक्ष डा. त्रिभुवन शर्मा बरालले जानकारी दिए । ‘गणितको ज्ञान कक्षाकोठामा मात्र सीमित हुनुहुँदैन । घरको भान्सामा पनि गणितको महत्व छ । हामीले बाहिरबाट हेर्दा गणित पढाउन कक्षाकोठा नै चाहिन्छ भन्ने मान्यता छ । त्यही मान्यता चिर्नका लागि बाटोमा गणित… पुरा पढौ

बालबालिका आफैंमा सिंगै विश्वविद्यालय हुन्

बालबालिका आफैंमा सिंगै विश्वविद्यालय हुन्
पोखरा, १६ फागुन /समाजमा जति आमाको भूमिका आफ्नो सन्तानलाई हुर्काउन महत्वपूर्ण हुन्छ, त्यति नै भूमिका बुबाको हुन्छ । तर आमाको जति बाबाको महत्वका विषयमा कुराकानी हुँदैन । हरेक सन्तानको हुर्काइका लागि आमा र बाबा दुवैले समय दिनु आवश्यक छ, उनीहरुको अगाडि जति नै चुनौतीका चाङ आएपनि साथमा आमाबाबा छन् भन्ने एहेसास दिलाउनु आवश्यक छ । ‘एउटा बच्चालाई आमाले जन्म दिएपछि उसलाई सही बाटोमा हिँडाउन बुबाको पनि जिम्मेवारी हुन्छ, नभए उनीहरु गलत बाटोमा जान सक्छन् ।’ पोखरामा जारी १२ औं एनसेल… पुरा पढौ

गण्डकी बहुप्राविधिकका उजेन उदास देशभरमा सर्वोत्कृष्ट

गण्डकी बहुप्राविधिकका उजेन उदास देशभरमा सर्वोत्कृष्ट
पोखरा, १४ फागुन/ पोखरा महानगरपालिकाबाट सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयका उजेन उदास डिप्लोमा इन इन्जिनियरिङतर्फ देशभरमै सर्वोत्कृष्ट भएका छन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटीअन्तर्गत देशभर सञ्चालित प्राविधिक शिक्षालयलाई उछिन्दै –२०७७ का उजेनले सर्वोत्कृष्ट अंक ल्याएका हुन् । सिटिइभिटीअन्तर्गत देशभर ६५ आंगिक शिक्षालय, ६३९ टेक्स विद्यालय, ३५९ निजी शिक्षालय र ५८ साझेदारी शिक्षालय संचालित छन् । यस्तै, सिटिइभिटीले ३७ औं वार्षिकोत्सव अवसरमा उजेनसहित भर्ना वर्ष २०७७ मा विभिन्न विषयमा सर्वोत्कृष्ट हुने विद्यार्थी घोषणा र सम्मान गरेको छ । सर्वोत्कृष्ट… पुरा पढौ

हिलसाइडमा ३० ओेँ वार्षिकोत्सवः समयानुकूल व्यावहारिक शिक्षामा जोडदिने

हिलसाइडमा ३० ओेँ वार्षिकोत्सवः समयानुकूल व्यावहारिक शिक्षामा जोडदिने
पोखरा, ९ फागुन/ संस्कारयुक्त जीवनोपयोगी व्यावहारिक शिक्षामा जोड दिएको पोखराको हिलसाइड इङ्ग्लिस स्कुलको ३० ओैँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह प्रजातन्त्र दिवसको अवसर पारी विद्यालय प्राङ्गणमा भव्यताका साथ बुधबार सम्पन्न भएको छ। प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले पानसमा दीप प्रज्वलन गरी उद्घघाटन गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका निर्देशक लीलाप्रसाद पराजुलीले स्वागत गर्नुभएको थियो । यसै अवसरमा प्रमुख अतिथिले कुनै पनि देशको विकास र विनासमा शिक्षाको ठुलो भूमिका रहने कुरा उल्लेख गर्दै हिलसाइडले देशविकास… पुरा पढौ

पिइए इन्जिनियरिङ तथा आईटी क्वीजमा मदरल्याण्ड मावि उत्कृष्ट

पिइए इन्जिनियरिङ तथा आईटी क्वीजमा मदरल्याण्ड मावि उत्कृष्ट
पोखरा, ४ फागुन/ पिइए एशोसिएसन प्रालिले आयोजना गरेको इन्जिनियरिङ तथा आईटी क्वीजमा पोखराको मदरल्याण्ड माविले एकलौटी नतिजा हात पारेको छ । हालै भएको प्रतियोगितामा मदरल्याण्ड मावि गण्डकी प्रदेशमा उत्कृष्ट ठहरिएको छ भने क्वीजको अन्तिम चरणको प्रतिश्पर्धाका लागि मदरल्याण्ड माविका मात्रै पाँचवटा समूह छानिएका छन् । विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यका अनुसार गण्डकी प्रदेशस्तरको छनोटमा विभिन्न विद्यालयका १ सय ३७ वटा टिमले प्रतिश्पर्धा गरेका थिए । ती मध्ये अन्तिम आठवटा टिम प्रदेशबाट छानिएकोमा पाँचवटा टिम मदरल्याण्ड माविको रहेको उनले बताए… पुरा पढौ

प्रतिभा माविमा ‘सीमसार बहस’

प्रतिभा माविमा ‘सीमसार बहस’
पोखरा, २८ माघ/ जलवायु परिवर्तन, सीमसार क्षेत्रको संरक्षण लगायतका क्षेत्रमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण गराउने उद्देश्यले यहाँस्थित प्रतिभा माविमा सोमबार सीमसार सम्बन्धित छलफल कार्यक्रम आयोजना गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का जीव विज्ञान समूहका विद्यार्थी सहभागि उक्त कार्यक्रममा विज्ञहरुले सीमसार क्षेत्रको संरक्षणमा युवापुस्ताको भूमिकाबारे प्रस्ट पारेका थिए । हरेक वर्ष विश्व सीमसार दिवस फेब्रुअरी २ मा मनाईन्छ । सीमसार दिवसका अवसरमा यसअघि विद्यालयमा सीमसारसँग सम्बन्धित चित्रकला तयार पारिएको थियो । सीमसार दिवसकै छेको पारेर सोमबार… पुरा पढौ

मदरल्याण्ड माविका ६ कर्मचारीलाई दीर्घसेवा सम्मान

मदरल्याण्ड माविका ६ कर्मचारीलाई दीर्घसेवा सम्मान
पोखरा, २० माघ/ यहाँस्थित मदरल्याण्ड माविले ६ जना कर्मचारीलाई दीर्घ सेवा सम्मान प्रदान गरेको छ । शिक्षक तथा कर्मचारीको रुपमा २० वर्षदेखि कार्यरत उनीहरुलाई आइतबार सम्मान गरिएको हो । पोखरा महानगरपालिका–७, मासबारस्थित विद्यालयलमा गत शुक्रबारदेखि सुरु भएको तीनदिने वार्षिक सांस्कृतिक कार्यक्रमको अन्तिम दिन (आइतबार) उनीहरुलाई सम्मान गरिएको विद्यालयले बताएको छ । विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यका अनुसार विद्यायले हरेक वर्ष २० वर्ष कार्यकाल पुरा गरेका शिक्षक तथा कर्मचारीलाई दीर्घसेवा सम्मान प्रदान गर्दे आएको बताए । आचार्यका अनुसार यो पटक… पुरा पढौ

मदरल्याण्ड माविमा तीनदिवसीय वार्षिक सांस्कृतिक कार्यक्रम सुरु

मदरल्याण्ड माविमा तीनदिवसीय वार्षिक सांस्कृतिक कार्यक्रम सुरु
पोखरा, १८ माघ/ पोखरा महानगरपालिका–७, मासबारस्थित मदरल्याण्ड माविमा शुक्रबारदेखि तीनदिने वार्षिक सांस्कृतिक कार्यक्रम सुरु भएको छ । विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि विद्यालयले तीनदिन अवधिका लागि कार्यक्रम आयोजना गरेको हो । विद्यालयका प्राचार्य डा. नारायण बरालका अनुसार शुक्रबार पहिलो दिन नर्सरीदेखि कक्षा ३ सम्मका बालबालिकाका लागि कार्यक्रम आयोजना गरिएको थियो । दोश्रो दिन ४ देखि ८ कक्षासम्मका बालबालिकाले प्रतिभा देखाउनेछन भने अन्तिम दिन ९ देखि १२ कक्षासम्मका विद्यार्थीले कार्यक्रम पस्कनेछन् । विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि… पुरा पढौ

शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिबद्धः मन्त्री थापा

शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिबद्धः मन्त्री थापा
पोखरा, १७ माघ /गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधबार पोखराका छुट्टाछुट्टै तीन विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उनले शिक्षाको गुणस्तर अभिवृद्धि तथा पूर्वाधार विकासमा प्रदेश सरकारले ध्यान पुर्याउँदै आएको बताएका हुन् । मन्त्री थापाले पोखरा–९ नयाँबजारस्थित महेन्द्र मावि, पोखरा–१६ छहरेपानीस्थित ज्ञानज्योती मावि तथा पोखरा–२२ पुम्दिभूम्दिस्थित शुक्रराज माविको वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिका रुपमा सहभागि हुँदै शिक्षालाई समृद्धिको आधारका रूपमा अघि बढाउन आवश्यक रहेको बताए… पुरा पढौ

पोखरामा कक्षा ८ को परीक्षालाई केन्द्रहरू तोकिने, होम सेन्टरको प्रावधान हटाइयो

पोखरा महानगरपालिका
पोखरा, १९ पुस/ पोखरा महानगर भित्र सञ्चालन हुने कक्षा ८ को परीक्षालाई थप व्यवस्थित गरिने भएको छ । होम सेन्टरका रूपमा विद्यार्थीहरूले शैक्षिक सत्रको अन्तिममा दिने वार्षिक परीक्षा आफ्नै विद्यालयमा दिने व्यवस्थालाई परिमार्जन गरी परीक्षा केन्द्रहरू नै तोकेर परीक्षा सञ्चालन गरिने भएको हो । शुक्रवार बसेको सरोकारवाला सहित महानगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको महानगर शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार महानगर क्षेत्रमा सञ्चालन गरिने कक्षा ८ को विद्यमान परीक्षा प्रणालीलाई परिमार्जन… पुरा पढौ