गण्डकी बहुप्राविधिकका उजेन उदास देशभरमा सर्वोत्कृष्ट

-


     क्लिक गण्डकी     
     फागुन १४ गते २०८१ मा प्रकाशित


गण्डकी बहुप्राविधिकका उजेन उदास देशभरमा सर्वोत्कृष्ट

गण्डकी बहुप्राविधिकका उजेन उदास देशभरमा सर्वोत्कृष्ट

पोखरा, १४ फागुन/ पोखरा महानगरपालिकाबाट सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयका उजेन उदास डिप्लोमा इन इन्जिनियरिङतर्फ देशभरमै सर्वोत्कृष्ट भएका छन् ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटीअन्तर्गत देशभर सञ्चालित प्राविधिक शिक्षालयलाई उछिन्दै –२०७७ का उजेनले सर्वोत्कृष्ट अंक ल्याएका हुन् ।

सिटिइभिटीअन्तर्गत देशभर ६५ आंगिक शिक्षालय, ६३९ टेक्स विद्यालय, ३५९ निजी शिक्षालय र ५८ साझेदारी शिक्षालय संचालित छन् ।

यस्तै, सिटिइभिटीले ३७ औं वार्षिकोत्सव अवसरमा उजेनसहित भर्ना वर्ष २०७७ मा विभिन्न विषयमा सर्वोत्कृष्ट हुने विद्यार्थी घोषणा र सम्मान गरेको छ ।

सर्वोत्कृष्ट हुने अन्य विद्यार्थीमा स्वास्थ्य कार्यक्रमतर्फ फारवेस्ट टेक्निकल कलेजकी छात्रा आकृति कँुवर, कृषि, वन, होटल म्यानेजमेन्टतर्फ मदन भण्डारी एकेडेमी, उर्लाबारीकी छात्रा भूमिका खतिवडा छन् ।

कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले प्राविधिक शिक्षा व्यावहारिकताको शिक्षा बनाउन सरकार लागिरहेको बताए ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव दीपक काफ्लेले शिक्षा ऐन छिट्टै जारी हुने विश्वास ब्यक्त गरे । कार्यक्रम सिटिइभिटीका सदस्यसचिव महेश भटराइको अध्यक्षतामा भएको थियो ।