शिक्षा

मदरल्याण्ड माविमा गणित हाजिरीजवाफ

मदरल्याण्ड माविमा गणित हाजिरीजवाफ
पोखरा, ३१ जेठ/ पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा शनिबारदेखि गण्डकी प्रदेशस्तरीय गणित हाजिरीजवाफ प्रतियोगिता सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीका लागि आयोजित प्रतियोगिता दुइदिनसम्म चल्नेछ । विद्यालयले आयोजना गरेको यो तेश्रो संस्करण हो । प्रतियोगिता संयोजक विष्णुप्रसाद गौतमका अनुसार प्रतियोगितामा विभिन्न ७८ वटा टिमले सहभागिता जनाएका छन । ७८ वटा टिममा २ सय ३४ जना विद्यार्थी सहभागि छन् । हरेक टिममा ३ जनाको दरले विद्यार्थीले प्रतियोगितामा भाग लिएका छन । ‘एसइइ परीक्षा दिएर फुर्सदिला भएका विद्यार्थीलाई पढाईमा… पुरा पढौ

पोखरा २६ मा डिजिटल प्रविधि तालिम, विद्यार्थीले गरे रोवटिक्स प्रदर्शनी

पोखरा २६ मा डिजिटल प्रविधि तालिम, विद्यार्थीले गरे रोवटिक्स प्रदर्शनी
पोखरा, २९ जेठ/ पोखरा महानगरपालिका वडा नं. २६ ले आयोजना गरेको डिजिटल प्रविधिमा आधारित ४५ दिने तालिम विहिबार सम्पन्न भएको छ । तालिमको समापन कार्यक्रममा बोल्दै अनुसन्धानकर्ता डा.सन्तोष कोइरालाले डिजिटल बजारमा आवश्यक जनशक्तिको अभाव रहेको उल्लेख गर्नु भयो । पछिल्लो पुस्ता विज्ञान र प्रविधिमा अभ्यस्त हुनु पर्नेमा जोड दिदै कोइरालाले डिजिटलमा आधारित शिपले बेरोजगार नरहने बताउनु भयो । राज्यले अनुसन्धानको क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड दिदै कोइरालाले अनुसन्धान विनाको योजना कार्यान्वयन हुन नसक्ने स्पष्ट पार्नु भयो । कार्यक्रममा गण्डकी विश्वविद्यालयका… पुरा पढौ

पोखरा २६ का तीन सामुदायिक विद्यालयमा बुक फ्रि डे शुरु

पोखरा २६ का तीन सामुदायिक विद्यालयमा बुक फ्रि डे शुरु
पोखरा, २३ जेठ/ पोखरा महानगरपालिका वडा नं. २६ ले तीन वटा सामुदायिक विद्यालयमा बिहिबार देखी वुक फ्रि डे कार्यक्रम शुभारंभ गरेको छ । वडाका रामज्योति सक्नेरी, भवानी कालिका विजयपुर र लक्ष्मी मा.वि अर्घौमा बुक फ्रि डे कार्यक्रम शुरु भएको हो । बुक फ्रि डे को शुभारंभ गर्दै वडा अध्यक्ष नरेन्द्र थापाले सामुदायिक विद्यालयका विद्यार्थीलाई हप्तामा एक दिन व्यवहारिक ज्ञान र शिपमुलक तालिम दिईने उल्लेख गर्नु भयो । एक दिन किताबको बोझबाट विद्यार्थीलाई टाढा राखेर सिर्जनशिल बनाउने गरी कार्यक्रम तयार पारिएको… पुरा पढौ

प्रधानाध्यापक संघ नेपाल (पान) को राष्ट्रिय अधिवेशन जेठ २३ र २४ गते पोखरामा हुने

प्रधानाध्यापक संघ नेपाल (पान)को राष्ट्रिय अधिवेशन जेठ २३ र २४ गते पोखरामा हुने
पोखरा, १० जेठ / प्रधानाध्यापक संघ नेपाल (पान) नेपालको दोस्रो वृहत सम्मेलन पोखरामा जेठ २३ र २४ गते हुने भएको छ । प्रिन्सिपल एशोशियसन अफ नेपाल (पान) नेपालभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको साझा संगठन हो । पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रत्येक वर्ष फरक फरक प्रदेशमा आयोजना गरिने राष्ट्रिय सम्मेलन यसपटक पोखरामा आयोजना हुन लागेको केन्द्रीय अध्यक्ष सुदमप्रसाद गौतमले जानकारी दिए । उनले यो संस्थामा देशभरका ३० हजार भन्दा बढि सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई एकवतावद्ध गरी शैक्षिक उत्कृष्टता, नेतृत्व विकास र सहकार्यलाई प्रवद्र्धन… पुरा पढौ

कुलपति तिवारीलाई त्रिवेणीको स्वागत

कुलपति तिवारीलाई त्रिवेणीको स्वागत
पोखरा, २२ बैशाख/ त्रिवेणी इन्दरनेशनल कलेज पोखरा २७ ले गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीको सम्मानमा सोमबार स्वागत तथा बधाई कार्यक्रम गरेको छ । प्रा.डा. तिवारी केहीसमय अघि गण्डकी विश्वविद्यालयको कुलपतिमा नियुक्त हुनु भएको थियो । सम्मान कार्यक्रममा बोल्दै कुलपति तिवारीले विद्यार्थीलाई एकेडेमीक कोर्षको समयावधिभर टिकाउन कलेज तथा विश्वविद्यालयलाई चुनौती रहेको बताउनु भयो । पछिल्लो समय विद्यार्थीको भर्ना र कोर्ष समाप्तीसम्म संख्यामा उल्लेख गिराबट आउने गरेको उल्लेख गर्दै, भर्नाकै संख्या कायम राख्ने तर्फ कलेजहरुलाई अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो… पुरा पढौ

शान्ति निकेतनले १५ करोड लागतमा सुविधासम्पन्न भवन बनाउँदै

शान्ति निकेतनले १५ करोड लागतमा सुविधासम्पन्न भवन बनाउँदै
पोखरा, २ वैशाख / पोखरा वडा नं. ५, पर्स्याङस्थित शान्ति निकेतन स्कूलले सुविधासम्पन्न भवन निर्माण गर्ने भएको छ । आफ्नै जग्गामा १५ करोड लागतमा अत्याधुनिक प्रविधिमैत्री भवन निर्माण गर्न लागेको विद्यालयले जानकारी दिएको छ । ६० करोड बजार मूल्यको जग्गामा बन्ने ५ तले भवनमा ४० कोठा रहनेछ । उक्त भवनको विद्यालयका संस्थापक प्राचार्य डा.महेश्वर पराजुली, वडाध्यक्ष विष्णुप्रसाद बराल, संस्थापकका माताहरू कलावती र भद्रकली पराजुलीले नयाँ वर्षकै दिन सोमबार संयुक्त शिलान्यास गरे । भवन यही वर्षभित्र निर्माण सक्ने लक्ष्य छ ।… पुरा पढौ

वन्डरल्यान्ड मन्टेसोरीमा दीक्षान्त

वन्डरल्यान्ड मन्टेसोरीमा दीक्षान्त
पोखरा, २९ चैत/ पोखराको जरेबरस्थित वन्डरल्यान्ड मन्टेसोरीमा बिहीबार दीक्षान्त समारोह सम्पन्न भएको छ । खेल मार्फत जीवनपयोगी बालशिक्षा भन्ने नाराका साथ भएका कार्यक्रममा बालबालिकाहरुको शैक्षिक उपलब्धिका आधारमा स्तरोन्नति गराइएको मन्टेसोरीका व्यवस्थापक मुक्तिराज रेग्मीले जानकारी दिए । अभिभावक अतिथिहरुमाझ कार्यक्रममा वन्डरल्यान्ड मन्टेसोरीका सिकाईका दश क्षेत्रहरुमा छलफल गरिएको थियो । वर्षभरि गरिएका मुख्य गतिविधि, प्रयोगात्मक कामहरु पनि प्रस्तुत गरिएको थियो । यसैगरी पाठ्यक्रम र अतिरिक्त पाठ्यक्रमका क्रियाकलाप विद्यार्थी, शिक्षकहरुले प्रस्तुत गरेका थिय । बालबालिकाहरुले बोल्ने कलासमेत त्यस अवसरमा प्रस्तुत गरे । वन्डरल्यान्ड… पुरा पढौ

पोखरामा उच्च शिक्षा, दीगो पर्यटन, नवप्रवर्तन र आर्थिक विकासबारे अन्तर्राष्ट्रिय सम्मेलन

पोखरामा उच्च शिक्षा, दीगो पर्यटन, नवप्रवर्तन र आर्थिक विकासबारे अन्तर्राष्ट्रिय सम्मेलन
पोखरा, २२ चैत/ उच्च शिक्षा, दीगो पर्यटन, नवप्रवर्तन र आर्थिक विकासका विषयमा केन्द्रित रही यही चैत १५ र १६ गते पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत कालिका मल्टिपल क्याम्पस, काजीपोखरी, पोखराको आयोजनामा तथा ओटीएस एकेडेमी, युकेको सह–आयोजनामा सम्पन्न उक्त सम्मेलन विश्वविद्यालय अनुदान आयोग नेपाल तथा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालय, पोखरा महानगरपालिका र केसी समूहको सहयोगमा गरिएको हो । होटल बाराहीमा गरिएको सम्मेलनको उद्घाटन विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले गर्नुभएको थियो… पुरा पढौ

बटुवालाई सडकमै गणित पढाए मदरल्याण्डका विद्यार्थीले

बटुवालाई सडकमै गणित पढाए मदरल्याण्डका विद्यार्थीले
पोखरा, ४ चैत/ पोखरा महानगरपालिका–७, मासबारस्थित मदरल्याण्ड माविका विद्यार्थीले बाटोमै उभिएर बटुवालाई गणितबारे ज्ञान दिएका हुन । नेपाल गणित समाज गण्डकी प्रदेशको आयोजनामा सञ्चालित ‘म्याथमेटिक्स अन द स्ट्रिट’ कार्यक्रममार्फत बाटो हिडिरहेका बटुवालाई गणितको सामान्य नियम र ज्ञान सिकाएको समाजका गण्डकी अध्यक्ष डा. त्रिभुवन शर्मा बरालले जानकारी दिए । ‘गणितको ज्ञान कक्षाकोठामा मात्र सीमित हुनुहुँदैन । घरको भान्सामा पनि गणितको महत्व छ । हामीले बाहिरबाट हेर्दा गणित पढाउन कक्षाकोठा नै चाहिन्छ भन्ने मान्यता छ । त्यही मान्यता चिर्नका लागि बाटोमा गणित… पुरा पढौ

बालबालिका आफैंमा सिंगै विश्वविद्यालय हुन्

बालबालिका आफैंमा सिंगै विश्वविद्यालय हुन्
पोखरा, १६ फागुन /समाजमा जति आमाको भूमिका आफ्नो सन्तानलाई हुर्काउन महत्वपूर्ण हुन्छ, त्यति नै भूमिका बुबाको हुन्छ । तर आमाको जति बाबाको महत्वका विषयमा कुराकानी हुँदैन । हरेक सन्तानको हुर्काइका लागि आमा र बाबा दुवैले समय दिनु आवश्यक छ, उनीहरुको अगाडि जति नै चुनौतीका चाङ आएपनि साथमा आमाबाबा छन् भन्ने एहेसास दिलाउनु आवश्यक छ । ‘एउटा बच्चालाई आमाले जन्म दिएपछि उसलाई सही बाटोमा हिँडाउन बुबाको पनि जिम्मेवारी हुन्छ, नभए उनीहरु गलत बाटोमा जान सक्छन् ।’ पोखरामा जारी १२ औं एनसेल… पुरा पढौ