शिक्षा

पोखराको लेकसिटी कलेजमा विद्यार्थीका लागि पढ्दै कमाउदैँ परियोजना शुरु

पोखराको लेकसिटी कलेजमा विद्यार्थीका लागि ुपढ्दै कमाउदैँु परियोजना शुरु
पोखरा, २८ साउन/ पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेण्टरले आफ्ना विद्यार्थीहरुका लागि नयाँ कार्यक्रम ुपढ्दै कमाउदैँु परियोजना शुरु गरेको छ । परियोजना अन्तर्गत कलेजका विद्यार्थीहरुले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर व्यवहारिक ज्ञान र सीप सिक्ने छन् । उनीहरुलाई लेकसिटी कलेजले पारिश्रमिक उपलब्ध गराउने छ । विद्यार्थीहरुले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर अध्ययन र अनुसन्धान गर्नेछन् । मंगलबार कलेज परिसरमा आयोजित कार्यक्रममा परियोजनामा सहभागी विद्यार्थीहरुलाई नियुक्तीपत्र प्रदान गरिएको छ । परियोजनामा लेकसिटी कलेजका ६ जना विद्यार्थीहरु नियुक्त भएका छन्… पुरा पढौ

मदरल्याण्डका कक्षा १२ का १२ जनालाई ३.९६ जिपिए

कास्कीबाट ६५ जना विद्यार्थीलाई ४ जीपिए, मदरल्याण्डका ११ जना
पोखरा, १९ साउन/ राष्ट्रिय परीक्षा बोर्डले २०८२ वैशाखमा सञ्चालन गरेको कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । नतिजामा पोखरा मासबार ७ मा रहेको मदरल्याण्ड माविका १२ जनाले ३.९६ जिपिए ल्याएका छन् । विद्यालयबाट विज्ञान र व्यवस्थापनमा गरी संलग्न ४०९ जना मध्ये १२ जना विद्यार्थीले ३.९६ उच्च जिपिए सहित १७८ ले ३.६० देखि ४.०० जिपिए, १६८ ले ३.२० देखि ३.६० जिपिए, ५२ जनाले २ं.८० देखि ३.२०, र ५ जनाले २.२५ देखि २.८० जिपिए प्राप्त गरी ४०३ जना अर्थात ९८.५३ प्रतिशत… पुरा पढौ

कक्षा १२ को नतिजा सार्वजनीक

राष्ट्रिय परीक्षा बोर्ड
पोखरा, १९ साउन/ कक्षा १२ को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गर्दै अघिल्लो वर्ष भन्दा ९ प्रतिशतले नतिजा वृद्धि भएको जानकारी गराएको छ । कक्षा १२ मा ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आगामी भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षा हुने जानकारी गराए । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए । पुरा पढौ

इक्यानद्धारा दुबई अध्ययनका लागि शैक्षिक परामर्श तालिम

इक्यानद्धारा दुबई अध्ययनका लागि शैक्षिक परामर्श तालिम
पोखरा, ९ साउन/ नेपाल शैक्षिक परामर्श संघ (इक्यान), कास्कीले पोखरामा दुबई अध्यनका लागि जानकारीमुलक कार्यक्रम सम्पन्न गरेको छ । इक्यानले आफ्ना सदस्य र काउन्सीलरहरुका लागि दुबई अध्यनका लागि जनकारीमुलक कार्यक्रम आयोजना गरेको हो । धेरै नेपाली युवा कामका लागि दुबई जाने गरे पनि अध्ययनको लागि पनि दुबई नेपाली युवाहरूको लागि महत्वपूर्ण गन्तव्य रहेको कार्यक्रम बोल्ने बक्ताहरुले जानकारी दिए । नेपाल शैक्षिक परामर्श संघ (इक्यान), का प्रथम उपाध्यक्ष लक्ष्मण पौडेलले नेपालीहरु श्रमका लागि जाने गरेको दुबई अहिले शैक्षिक गन्तब्य बन्दै गएको… पुरा पढौ

मदरल्याण्ड माविमा डा. भगवान कोइराला भन्छन्ः देश बिग्रेको छैन, सप्रेको हो

मदरल्याण्ड माविमा डा. भगवान कोइराला भन्छन्ः देश बिग्रेको छैन, सप्रेको हो
पोखरा, ५ साउन/ वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला देश बिग्रेको भनेर मात्र मान्न तयार छैनन् । आफुले देख्दादेख्दै धेरै क्षेत्रमा देशले फड्को मारेकोले देश बिग्रेको नभई सप्रेको डा.कोइराला बताउँछन् । पछिल्लो समय नेपाल खत्तमै भयो, सबैतिर बिग्रियो, भत्कियो, कामै केही भएन भन्ने मात्र भाष्य सिर्जना भएको छ । युवाको विदेश पलायनको ताती, बढ्दो बेरोजगारी समस्या जस्ता विषयलाई उठान गर्दै देश बिग्रेको भन्ने गुनासो सर्वत्र छ । तर, डा. कोइराला यस्ताखाले भाष्यप्रति फरक मत राख्छन । पोखराको मासवारस्थित मदरल्याण्ड माविले सोमबार… पुरा पढौ

मदरल्यान्डलाई रिजनल प्रेष्टिज अवार्ड

मदरल्यान्डलाई रिजनल प्रेष्टिज अवार्ड
पोखरा, २९ असार/ पोखराको मदरल्याण्ड माध्यमिक विद्यालय ‘रिजनल प्रेष्टिज अवार्ड–२०८२’ बाट सम्मानित भएको छ । केन्द्रबिन्दु डटकमले आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड–२०८२’ कार्यक्रमबीच विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा शैक्षिक क्षेत्रमा सक्रिय रहेर सिकाइको गुणस्तरीय विधि अपनाउँदै उत्कृष्ट शिक्षालय (कक्षा ११ र १२) को परिचय बनाउन सफल भएकोमा मदरल्याण्डलाई उक्त अवार्ड प्रदान गरिएको हो । उक्त अवार्ड विद्यालयका संचालकमध्ये एक कृष्ण बराल र प्लस टु इन्चार्ज नारायण आचार्यले ग्रहण गरेका हुन् । गण्डकी प्रदेशमा मात्रै नभई आफूलाई देशैभरका अब्बल शैक्षिक… पुरा पढौ

त्रिवेणी इन्टरनेशनल कलेजका विद्यार्थीको विदाई

त्रिवेणी इन्टरनेशनल कलेजका विद्यार्थीको विदाई
लेखनाथ, २७ असार/ त्रिवेणी इन्टरनेशनल कलेजको विद्यार्थी कल्याणकारी समितिले विविएस चौथो बर्षका विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि विदाई गरेको छ । विद्याई कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले अध्ययन प्रमाणपत्रका लागि मात्र नभएर जीवन उपयोगी हुनु पर्नेमा जोड दिनु भयो । अध्यक्ष थापाले १२ कक्षाको अध्ययन सकिए लगतै विद्यार्थीहरुको पहिलो रोजाई विदेशमा हुने गरेको भन्दै विश्वविद्यालयहरु रित्तिने अवस्था आएको उल्लेख गर्नु भयो । वडा कार्यालयमा दैनिक चार देखी पाँचजना विदेश अध्ययनको कागजात बनाउन आउने… पुरा पढौ

शान्ति नमुना माविका १८ जना विद्यार्थीलाई ४ जीपीए

शान्ति नमुना माविका १८ जना विद्यार्थीलाई ४ जीपीए
बुटवल, १४ असार/ रुपन्देहीको तिलोत्तमामा रहेको सामुदायिक स्कुल शान्ति नमुना माध्यमिक विद्यालयका १८ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४ जीपीए प्राप्त गरेका छन् । विद्यालयबाट ६०९ जना विद्यार्थी परीक्षामा सहभागी थिए । सामुदायिक विद्यालयमा नमुना विद्यालयको रूपमा परिचित शान्ति माविका सर्वदा विश्वकर्मा, मोहम्मद रेहान खान, सरिता यादव, सेवा रेग्मी, स्वप्निल गैह्रे, सेलिना लामा, सौगात पाण्डे, सुसन पङ्गेनी, अनिल ज्ञवाली, अप्सन पौडेल, सृजन घिमिरे, शिशिर सुसाल, शिवानी डुम्रे, सुशान्त अर्याल, आशिष पाण्डे, अनिश भुसाल, सन्देश न्यौपाने र किस्मत थापाले ४… पुरा पढौ

कास्कीका २२ संस्थागत विद्यालयका ४७ जनाले ल्याए ४ जीपीए

कास्कीबाट ६५ जना विद्यार्थीलाई ४ जीपिए, मदरल्याण्डका ११ जना
पोखरा, १३ असार/ पोखराका २२ संस्थागत विद्यालयका ४७ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४ जीपीए ल्याएर उत्तिर्ण भएका छन् । शुक्रबार प्रकाशित एसईईको नतिजामा पोखराका विद्यालयहरु मध्ये सबैभन्दा धेरै मदरल्याण्ड सेकेण्डरी स्कुलका ११ जना विद्यार्थीले ४ जीपीए ल्याएर उत्तिर्ण भए । अघिल्लो वर्षपनि सो विद्यालयका १० जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भएका थिए । संस्थागततर्फ दुई विद्यालयका ४/४ जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भए । पोखराको शिशु निकेतन र फिस्टेल एकेडेमीका ४/४ जना विद्यार्थी ४ जीपीए ल्याएर… पुरा पढौ

स्याङ्जामा चार विद्यार्थीले ४ जीपीए

स्याङ्जामा चार विद्यार्थीले ४ जीपीए
स्याङ्जा, १४ असार/ राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले संचालन गरेको माध्यमिक (कक्षा १०) शिक्षा परीक्षा (एसइई) मा स्याङ्जाका चार जना विद्यार्थीले चार (फो) जिपिए ल्याएका छन् । सामुदायिक तर्फ एक र निजी विद्यालयका तीन जना विद्यार्थीले चार जिपिए ल्याएका हुन् । जिल्लाको सामुदायिक विद्यालय तर्फ कालिगण्डकीको भगवती माविका प्रतिक भट्टराई, निजी तर्फ वालिङको नेपाल आदर्श आवासिय माविका अप्सन सुबेदी, पायनियर आवासिय माविका प्राप्ति काफ्ले र अर्जुनचौपारीको चिल्डेन एकेडेमीका किन्जल देबकोटाले चार जिपिए ल्याएका हुन् । चार जिपिए ल्याउने चार… पुरा पढौ