त्रिवेणी इन्टरनेशनल कलेजका विद्यार्थीको विदाई

-


     क्लिक गण्डकी     
     असार २७ गते २०८२ मा प्रकाशित


त्रिवेणी इन्टरनेशनल कलेजका विद्यार्थीको विदाई

त्रिवेणी इन्टरनेशनल कलेजका विद्यार्थीको विदाई

लेखनाथ, २७ असार/ त्रिवेणी इन्टरनेशनल कलेजको विद्यार्थी कल्याणकारी समितिले विविएस चौथो बर्षका विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि विदाई गरेको छ ।

विद्याई कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले अध्ययन प्रमाणपत्रका लागि मात्र नभएर जीवन उपयोगी हुनु पर्नेमा जोड दिनु भयो । अध्यक्ष थापाले १२ कक्षाको अध्ययन सकिए लगतै विद्यार्थीहरुको पहिलो रोजाई विदेशमा हुने गरेको भन्दै विश्वविद्यालयहरु रित्तिने अवस्था आएको उल्लेख गर्नु भयो ।

वडा कार्यालयमा दैनिक चार देखी पाँचजना विदेश अध्ययनको कागजात बनाउन आउने कुरा दोहोर्याउँदै अध्यक्ष थापाले शिक्षा नीतिमा कमजोरी हो की नेपालमा संभावना छैन भन्ने विद्यार्थीलाई लागेको हो भन्ने प्रश्न गर्नु भयो ।

लेखनाथमै नीजि क्षेत्रले संचालन गरेको कलेजले सर्वसुलभ तरिकाले शिक्षा दिएको उल्लेख गर्दै, अध्यक्ष थापाले गुणस्तरमा ध्यान दिन आग्रह गरे ।

अध्यक्ष थापाले स्थानीय सरकारको रुपमा रहेको वडाले आगामी आर्थिक बर्षमा शिक्षा र शिपको समन्वय हुने गरी कार्यक्रम समेटिएको उल्लेख गर्नु भयो ।

विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सुदिन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका अध्यक्ष सुमन भट्टराई, क्याम्पस प्रमुख यदुराज आचार्य, सहायक क्याम्पस प्रमुख डिल्लीराज पौडेल प्राध्यापक जीवन भण्डारी, विद्यार्थी सर्वेन्द्र न्यौपाने लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा कलेजले विभिन्न बर्षमा उत्कृष्ट अंक ल्याउने र स्पोर्ट मिटमा विभिन्न विधामा विजयी विद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न सांगितिक कार्यक्रम र विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

कलेजमा व्यवस्थापन बिषयमा स्नातक र स्नाकोत्तरमा गरी झण्डै छ सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् । विविएस चौथो बर्षको अध्ययन सकाएका विद्यार्थीलाई त्यस अवसरमा विदाई गरिएको थियो ।



This will close in 10 seconds