शिक्षा

पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट कक्षा ११ सञ्चालन गर्दै, प्रतिभा माविको शेयर

पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट कक्षा ११ सञ्चालन गर्दै, प्रतिभा मावि शेयर
पोखरा, ११ चैत / पोखरा वडा नम्बर ५ स्थित शान्ति निकेतन स्कूलले नयाँ सुविधा सम्पन्न भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने भएको छ । आगामी शैक्षिक सत्र २०८३ देखि नयाँ व्यवस्थापनका साथ पठनपाठनको बारेमा तथा विद्यालयको भावी योजनाबारे जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा स्कूलले यसबारे जानकारी गराएको हो । संस्थापक एवं प्राचार्य डा. महेश्वर पराजुलीले पोखराको अर्को उत्कृष्ट विद्यालय प्रतिभा माविसँग सहकार्य गरिएको पनि खुलासा गरे । ‘प्रतिभा र शान्ति निकेतन आ–आफ्नै मोडालिटीमा चलिरहेको छ । अब पनि… पुरा पढौ

विद्यार्थीले सिकाए सडकमै गणित

विद्यार्थीले सिकाए सडकमै गणित
पोखरा, ३ चैत/ अन्तर्राष्ट्रिय गणित दिवसको अवसरमा पोखरामा ‘म्याथम्याटिक्स इन द स्ट्रीट’ कार्यक्रम आयोजना गरिएको छ । गणितज्ञ निकोलस सान्तोषको परिकल्पना अनुसार नेपाल गणित समाज गण्डकी प्रदेशको आयोजनामा कार्यक्रम गरिएको हो । समाजका सभापति डा. त्रिभुवन शर्माले विद्यार्थीमा मात्र नभई सर्वसाधारणलाई पनि गणितको महत्व बुझाउने प्रयासस्वरुप सडकमै गणित पढाउने अभ्यास गरिएको बताए । कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले उद्घाटन गरेका थिए । ‘म्याथम्याटिक्स एण्ड होप’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा विद्यार्थीले ‘टावर अफ हनोई’, ‘टेनग्राम… पुरा पढौ

मदरल्याण्डमा सांस्कृतिक पर्वः भजनदेखि योगासम्म, कलादेखि गलासम्म

मदरल्याण्डमा सांस्कृतिक पर्वः भजनदेखि योगासम्म, कलादेखि गलासम्म
पोखरा, २४ माघ/ पोखरा–७, मासवारस्थित मदरल्यान्ड माविमा तीनदिनसम्म सांस्कृतिक कार्यक्रम संचालन भयो । सांस्कृतिक कार्यक्रम अन्तर्गत विद्यार्थीको नाचगान मात्र विद्यालयमा आयोजना गरिएन की विद्यार्थीले चित्रकलामार्फत क्षमता देखाउने अवसर पनि त्यही कार्यक्रमलाई बनाए । त्यत्ति मात्र नभई भजनदेखि योगासम्मका प्रदर्शनी विद्यालयमा आयोजना गरियो । गाउने र नाच्ने कार्यक्रम त नियमित नै थिए । कलादेखि गलासम्म र भजनदेखि योगासम्मका कार्यक्रमले धेरैको ध्यान तान्न सफल भयो । विद्यालयले विद्यार्थीमा रहेको अन्तरनिहित क्षमता प्रस्तुत गराउनका लागि हरेक वर्ष तीनदिने सांस्कृतिक कार्यक्रम गर्दै आएको छ… पुरा पढौ

मदरल्याण्ड माविको त्रिवसीय कार्यक्रमः विद्यार्थीलाई सम्मान, कर्मचारीलाई दीर्घ सेवा

मदरल्याण्ड माविको त्रिवसीय कार्यक्रमः विद्यार्थीलाई सम्मान, कर्मचारीलाई दीर्घ सेवा
पोखरा, २३ माघ/ पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविले शुक्रबार कर्मचारी सहित विद्यार्थीलाई सम्मान गरेको छ । ३१ औं वृहत सांस्कृतिक दिवस तथा सिर्जनात्मक कला प्रदर्शनीको अवसरमा शिक्षकलाई दीर्घ सेवा सम्मान सहित उत्कृष्ट अंक ल्याउने र विभिन्न परीक्षामा छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थीलाई शुक्रबार सम्मान गरिएको हो । विहीबारदेखि सुरु भएको तीनदिवसीय कार्यक्रम अन्तर्गत शुक्रबार कर्मचारी र विद्यार्थीलाई सम्मान गरिएको हो । विद्यालयका प्राचार्य डा. नारायण बरालका अनुसार २० वर्ष सेवा प्रदान गरेकी शिक्षिका टंकमाया घिसिङलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको छ… पुरा पढौ

मदरल्याण्ड माविमा वार्षिक सांस्कृतिक कार्यक्रम सुरु

मदरल्याण्ड माविमा तीनदिने वार्षिक सांस्कृतिक कार्यक्रम सुरु
पोखरा, २२ माघ/ पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा विहीबारदेखि ३१ औं वृहत सांस्कृतिक दिवस तथा सिर्जनात्मक कला प्रदर्शनी सुरु भएको छ । तीनदिनसम्म संचालन गरिने यो कार्यक्रममा विभिन्न परीक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई सम्मान पनि गरिएको थियो । विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि विद्यालयले कार्यक्रम आयोजना गरेको हो । विद्यालयका प्राचार्य डा.नारायण बरालका अनुसार विहीबार पहिलो दिन नर्सरीदेखि कक्षा ३ सम्मका बालबालिकाका लागि कार्यक्रम आयोजना गरिएको थियो । दोश्रोदिन ४ देखि ८ कक्षासम्मका बालबालिकाले प्रतिभा देखाउनेछन भने अन्तिम दिन… पुरा पढौ

पोखरा युनाइटेड एकेडेमीमा माघ २३ मा खाना महोत्सव र सांस्कृतिक कार्यक्रम

पोखरा युनाइटेड एकेडेमीमा माघ २३ मा खाना महोत्सव र सांस्कृतिक कार्यक्रम
पोखरा, १९ माघ/ पोखरा १२ भद्रकालीमा रहेको युनाइटेड एकेडेमीले विद्यार्थीको सिकाइ विद्यालय बाहिर पु¥याउने उद्देश्यले खाना महोत्सव एवं विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । होटल व्यवस्थापनमा अध्ययनर कक्षा ११ र १२ का विद्यार्थीको क्षमता प्रदर्शनीका लागि माघ २३ गते कार्यक्रम गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । खाना महोत्सवसँगै अन्य स्थानीय व्याण्ड तथा लोकदोहोरी गायक राजन कार्कीका प्रस्तुति रहने प्रधानाध्यापक बयनबहादुर गोदारले जानकारी दिए । उनका अनुसार खाना महोत्सवसँगै कक्षा १ देखि ३ मा अध्ययनरत् विद्यार्थीका अभिभावकका लागि मार्केट… पुरा पढौ

यस वर्षको एसईई चैत १९ गतेबाट, यस्तो छ रुटिन

एसइई
पोखरा, ७ माघ/ राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको समय तालिका सार्वजनिक गरेको छ । २०८२ सालको एसईई परीक्षा चैत १९ गते बिहीबारबाट सुरु हुने भएको छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ । सोही दिन संस्कृततर्फ अनिवार्य संस्कृत रचना र अंग्रेजी तथा मदरसातर्फ अनिवार्य अरेबि भाषा र अंग्रेजीको परीक्षा छ । परीक्षा चैत २९ गते आइतबारसम्म सञ्चालन हुनेछ । पुरा पढौ

एन प्याब्सन कास्कीको २७ औं स्थापन दिवसः शिक्षा/साहित्यसेवा सम्मान प्राज्ञ हरिदेवी कोइरालालाई

एन प्याब्सन कास्कीको २७ औं स्थापन दिवसः शिक्षा÷साहित्यसेवा सम्मान प्राज्ञ हरिदेवी कोइरालालाई
पोखरा । नेसनल प्याब्सन कास्कीले विविध कार्यक्रमको आयोजना गरि आइतबार २७ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर स्थापना वर्षको आधारमा विद्यालयहरू सम्मान, एस.ई.ई. २०८१ मा सतप्रतिशत विद्यार्थी उर्तीण गराउन सफल विद्यालयहरू सम्मान, एस.एल.सी. परीक्षा–२०८१मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी/विद्यालय सम्मान, एस.ई.ई.परीक्षा–२०८१ मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी/विद्यालय सम्मान दीर्घ सेवापदक सम्मान–२०८२ बाट सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाले यस वर्ष शिक्षा÷साहित्यसेवा सम्मान–२०८२ बाट बरिष्ठ गायिका तथा साहित्यकार प्राज्ञ हरिदेवी कोइरालालाई सम्मान गरेको छ ।… पुरा पढौ

एन प्याब्सन कास्कीका पूर्व अध्यक्ष शर्माको निधन, संस्थाद्धारा दुःख व्यक्त

एन प्याब्सन कास्कीका पूर्व अध्यक्ष शर्माको निधन, संस्थाद्धारा दुःख व्यक्त
पोखरा, २३ पुस/ नेसनल प्याब्सन कास्कीका पूर्व अध्यक्ष शिक्षासेवी रामप्रसाद शर्माको मंगलबार निधन भएको छ । २००२ साल चैत २२ गते जन्मिएका शर्माको मंगलबार नै अत्यष्टी गरिएको छ । शर्माको श्रीमती, २ छोरा र ३ छोरी छन् । २०६१ साल देखि २०७० साल सम्म नेसनल प्याब्सन कास्कीको अध्यक्ष पदमा रहेर काम गरेका शर्माको निधन प्रति संस्थाले दुःख व्यक्त गरेको छ । एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी र सचिव प्रेमराज अधिकारीले मंगलबार नै एक शोक विज्ञप्ति जारी गरी शर्माको निधनले… पुरा पढौ

लक्ष्मी माविमा दुई करोडको लागतमा पुस्तकालय भवन निर्माण हुने

लक्ष्मी माविमा दुई करोेडको लागतमा पुस्तकालय भवन निर्माण हुने
लेखनाथ, २१ पुस/ पोखरा महानगरपालिका वडा नं. २६ को लक्ष्मी माध्यामिक विद्यालयमा झण्डै दुई करोड रुपैयाको लागतमा पुस्तकालय भवन निर्माण हुने भएको छ । लायन्स क्लव इन्टरनेशनलको अनुदान, विद्यालय र स्थानीय सहयोगमा पुस्तकालय भवनको निर्माण हुन लागेको हो ।भवनको सोमबार शिलन्यास गर्दै, पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले, पुस्तकालयको निर्माणपछि विद्यार्थी, शिक्षक र समुदायको शैक्षिक गुणस्तर सुधारका लागि कोशे ढुंगा सावित हुने उल्लेख गर्नु भयो । वडा अध्यक्ष थापाले पूर्व विद्यार्थीहरुको सहयोगले सामुदायीक विद्यालयको सुधारमा महत्वपूर्ण भूमिका… पुरा पढौ

This will close in 10 seconds