मदरल्याण्डकी सदीक्षा क्षत्री र एसओएसका कुशल तिवारी नेपाल टप

-


     क्लिक गण्डकी     
     श्रावण १८ गते २०८१ मा प्रकाशित


एसओएस

एसओएस

पोखरा, १८ साउन/ पोखराका दुई विद्यार्थीले कक्षा १२ को परीक्षा फलमा नेपाल टप गरेका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको नजिता अनुसार एसओएसका कुशल तिवारी र मदरल्याण्डकी सदीक्षा क्षत्रीले समान ३.९६ जिपिए ल्याउदै नेपाल टप गरेको विद्यालयको दावी छ ।

पर्वतको कुष्मा १० का तिवारीले विज्ञान संकायमा उत्कृष्ट जिपिए ल्याएका हुन् । त्यसै गरी विज्ञान संकायकी सदीक्षा क्षत्रीले ३.९६ जिपिए ल्याउन नेपाल टप गर्न सफल भएकी छन् ।

यो नतिजा देशभरमै सर्वोत्कृष्ट अंक रहेको विद्यालयको दाबी छ । उनी पोखरा–१७ निवासी हुन् । अरु ३ जना विद्यार्थीको ३.९५ जिपिए आएको प्लस टु इन्चार्ज नारायण आचार्यले जानकारी दिए ।

विज्ञान संकायका विनम श्रेष्ठ र प्रशील लामिछाने तथा व्यवस्थापन संकायबाट प्रशंसा बरालको ३.९५ जिपिए आएको हो । यस्तै, व्यवस्थापन संकायकै प्रसिम आचार्यले ३.९२ जिपिए ल्याए ।

गत वर्ष मदरल्याण्डका ३ जना विद्यार्थी नेपालमै टपर भएका थिए । व्यवस्थापन संकायका राजेश पौडेल तथा विज्ञान संकायका जीवन अधिकारी र कृतिका थापाले ३.९६ जिपिए ल्याएका थिए ।