शिक्षा

गण्डकी बहु प्राविधिक शिक्षालय पोखरा डिप्लोमा इन अटोमोवाईल इन्जिनियरिङमा उत्कृष्ट नतिजा

गण्डकी बहु प्राविधिक शिक्षालय
पोखरा, ३ चैत/ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) ले डिप्लोमा इन अटोमोवाईल इन्जिनियरिङ र सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टर तर्फको नतिजा प्रकाशन गरेको छ । नतिजा अनुसार डिप्लोमा इन अटोमोवाईल इन्जिनियरिङमा नेपाल भरबाट ७ प्रतिशत विद्यार्थीहरू मात्र पास भएका छन् । परीक्षामा सहभागी पोखरा महानगरपालिकाद्धारा सञ्चालित गण्डकी बहु प्राविधिक शिक्षालयमा अध्ययनरत १५ जना विद्यार्थीहरू मध्ये ८ जना अर्थात् ५३ दशमलव ३३ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएका छन् । उत्तीर्ण प्रतिशतका आधारमा गण्डकी बहु प्राविधिक शिक्षालय देशभरका १४ शिक्षालयहरू मध्ये प्रथम… पुरा पढौ

विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई चैत २ मा एक्सपर्टको शैक्षिक परामर्श

विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई चैत २ मा एक्सपर्टको शैक्षिक परामर्श
पोखरा, २९ फागुन/ विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई एक्सपर्टले शैक्षिक परामर्श गर्ने भएको छ । मार्च १६ अर्थात् चैत २ गते पोखराको एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेजले ‘एक्सपर्ट एडिम्सन डे २०२३’ को आयोजना गर्ने भएको हो । उक्त कार्यक्रममा विदेश अध्ययन गर्न चाहने नेपाली विद्यार्थी र अष्ट्रलिया, न्युजिल्याण्ड, क्यानडा,युके र अमेरिकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुले एक अर्कासँग प्रत्यक्ष रुपमा संवाद गर्ने आइतबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा एक्सपर्ट पोखराका एकेडेमी डाइरेक्टर सलि देवानले बताए ।… पुरा पढौ

‘बिजनेस केस एनालाइसिस’मा प्रतिभाका अजरलाई स्वर्ण

‘बिजनेस केस एनालाइसिस’मा प्रतिभाका अजरलाई स्वर्ण
पोखरा, १४ फागुन/ पोखरा–४ पालिखेचोकस्थित प्रतिभा माविका विद्यार्थी अजर गुरुङ र बिनिताकुमारी चापागाँइले नेपाल इकोनोमिक्स ओलम्पियाडको ‘बिजनेस केस एनालाइसिस’ विधामा क्रमशः स्वर्ण र रजतपदक हात पारेका छन् । चौंथो संस्करणको यो राष्ट्रिय प्रतिश्पर्धामा अजरले व्यक्तिगत विधातर्फ स्वर्ण र टिम इभेन्टतर्फ रजत पदक हात पारेका हुन् । चापागाँइले भने व्यक्तिगत विधातर्फ मात्र रजत जितेकी हुन् । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार अघिल्लो साता राजधानी काठमाडौंमा भएको प्रतिश्पर्धामा अजरले मुलुकभरका ७५ जना विद्यार्थीलाई पछाडि पार्दै पदक जितेका हुन् । ‘प्रतिभाका लागि गर्व… पुरा पढौ

व्यवहारिक र प्रयोगात्मक शिक्षा आजको आवश्यकताः कुलपति गुरुङ्ग

डायमण्ड माध्यामिक विद्यालय
झण्डै तीनसय चिकित्सक उत्पादन लेखनाथ, १४ फागुन/ गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर गणेशमान गुरुङले विद्यार्थीलाई कितावी ज्ञानको साथमा व्यवहारिक र अन्तराष्ट्रिय मापदण्डको प्रयोगात्मक शिक्षा अपरिहार्य भएको बताएका छन् । पोखरा महानगरपालिका वडा नं. २७ तालचोक स्थित डायमण्ड माध्यामिक विद्यालयको ३५ औं वार्षिकोत्सव एवं अभिभावक दिवस समारोहलाई शनिबार सम्बोधन गर्दै, कुलपति गुरुङले शिक्षण संस्थाले बजारमा आपूर्ति हुने जनशक्ति उत्पादन गर्नेगरी गुणस्तरमा ध्यान दिन सुझाव दिए । उनले आफ्नो कुशलता देखाउने, योग्यता प्रर्दशन गर्ने, विचारहरु प्रस्तुत गर्ने नागरिकहरुको उत्पादनबाट शिक्षा क्षेत्र अघि… पुरा पढौ

शनिबार पोखरामा निःशुल्क सिए सेमिनार

शनिबार पोखरामा निःशुल्क सिए सेमिनार
पोखरा, १० फागुन/ सिए अध्ययन गर्न इच्छुक विद्यार्थीलाई ध्यानमा राखेर पोखरामा शनिबार फागुन १३ गते निःशुल्क सिए सेमिनार हुने भएको छ । सिए अध्यापन गराउने काठमाडौंको गुरुकुल सिएले सिए सम्बन्धि सेमिनार गर्न लागेको हो । पोखरा नागढुङ्गामा रहेको बाजेको सेकुवामा विहान १० बजे देखी १२ बजे सम्म सेमिनार आयोजना गर्दैछ । सिए र एसिसिए अध्ययन गर्न ईच्छुक विद्यार्थीहरूका लागि सेमिनार हुने गुरुकुल सिएका संस्थापक मुकुल भट्टले जानकारी दिए । उनका अनुसार भविष्यमा लेखाको क्षेत्रमा जानकार हुन या लेखामा भविष्य खोज्ने… पुरा पढौ

लक्ष्मी आवासीय मावि ३७ औं बर्षमा

लक्ष्मी आवासीय मावि ३७ औं बर्षमा
पोखरा, ८ फागुन/ पोखराको न्यूरोडमा अवस्थित लक्ष्मी आवासीय माध्यमिक विद्यालयको ३६ औं वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रममा प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले निजी विद्यालयहरुले शिक्षा क्षेत्रको विकासको लागि अतुलनीय योगदान गरेको भन्दै विद्यालयले मात्रै नभई अभिभावकहरुले पनि विद्यार्थीहरुलाई व्यवहारीक तथा संस्कार युक्त बनाउनको लागि विशेष ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा पूर्व जिल्ला शिक्षा अधिकारी नगेन्द्र राज पौडेलले स्थापनाकाल देखि अहिले सम्म विद्यालयको गतिबिधि आफूले नजिकबाट नियालेको बताउँदै विद्यालयले प्रदान गरेको व्यवहारिक शिक्षा बाट आफू प्रभावित… पुरा पढौ

शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन अहिलेको चुनौती – प्रधानमन्त्री दाहाल

शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन अहिलेको चुनौती – प्रधानमन्त्री दाहाल
पोखरा, ८ फागुन/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन नै अहिलेको मुख्य चुनौती रहेको बताएका छन् । पोखरा विश्वविद्यालयको अठारौं दिक्षान्त समारोहलाई पोखरा ३० ढुङ्गेपाटनमा सम्बोधन गर्दै शैक्षिक जनशक्तिको विदेश पलायन देशका लागि चुनौतीको विषय भएको बताए । उनले सरकार संविधानको व्यवस्था अनुरुप निःशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न संघीय शिक्षा ऐनको अन्तिम तयारी गरिरहेको बताए । पोखरा विश्वविद्यालयका कुलपति समेत रहेका उनले विश्वविद्यालयले देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गरेको बताए । विश्वविद्यालयबाट दिक्षित विद्यार्थीले विश्वबजारमा प्रतिष्पर्धी… पुरा पढौ

पोखरामा ‘द लार्जेस्ट युके एजुकेशन फेयर २०२३’ हुने

पोखरामा ‘द लार्जेस्ट युके एजुकेशन फेयर २०२३’ हुने
पोखरा, २० माघ/ एसआई युके कन्सल्टेन्सीले पोखरामा ‘द लार्जेस्ट युके एजुकेशन फेयर २०२३’ आयोजना गर्ने भएको छ। माघ २र्२ फेब्रुअरी ५ै गते पोखरामा हुने एजुकेशन फेयरको तयारी पुरा भएको कन्सल्टेन्सी पोखराका प्रमुख सागरबाबु गिरीले बताए । युकेमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी फेयर आयोजना गरिएको हो । फेयरमा विद्यार्थी तथा अभिभावकले युकेमा रहेका प्रतिष्ठित २५ भन्दा धेरै विश्वविद्यालयका प्रतिनिधिहरुसँग सिधै भेट्न तथा आफ्ना जिज्ञासा राख्न पाउने भएका हुन् । फेयरमा सहभागी हुने विद्यार्थीहरुलाई स्मार्ट फोन, फिल्म टिकट र… पुरा पढौ

प्रतिभा माविमा एकदिने शैक्षिक मेला

प्रतिभा माविमा एकदिने शैक्षिक मेला
पोखरा, १८ माघ/ पोखराको प्रतिभा माविमा एकदिने शैक्षिक मेला आयोजना गरिएको छ । अमेरिकाका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई लक्षित गर्दै ‘एजुकेशन यूएसए मिनी फेयर’ आयोजना गरिएको हो । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार प्रतिभा माविसँगको सहकार्यमा विगत पाँचवर्षदेखि वर्षेनी यस्तो शैक्षिक मेला आयोजना हुने गरेको छ । अमेरिकाका विभिन्न विश्वविद्यालयका प्रतिनिधि नेपाल आउने र उनीहरुले स्कुलसँगको सहकार्यमा यो मेला आयोजना गर्छन । अमेरिकाका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई लक्षित गर्दै यो मेला आयोजना गरिएको सापकोटाले… पुरा पढौ

मदरल्यण्डमा त्रिदिवसीय वार्षिक सांस्कृतिक कार्यक्रम शुरु

मदरल्यण्डमा त्रिदिवसीय वार्षिक सांस्कृतिक कार्यक्रम शुरु
पोखरा, १४ माघ/ पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयको त्रिदिवसीय सांस्कृतिक कार्यक्रम शुक्रबार देखी शुरु भएको छ । किताबको सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्ने उद्देश्यका साथ आयोजित कार्यक्रमको उद्घाटन सत्रमा कक्षा नर्सरीदेखि कक्षा तीनसम्म विद्यार्थीले प्रस्तुती गरेको छ । कार्यक्रममा शिक्षक तथा अभिभावकको सामान्य सहयोगमा विद्यार्थी आफैंले तयारी गरेका समाजका सापेक्षतामा विभिन्न जातजातिका संस्कृति झल्कने एवम् जीवनोपयोगी सन्देश दिने गीत, नाटक, भजन, कविता, नृत्य तथा प्रहसनहरू प्रस्तुत गरिएका थिए। तीन दिनसम्म चल्ने कार्यक्रमको उद्घाटन गदैै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले देशकै गुणस्तरीय शैक्षिक… पुरा पढौ