शिक्षा

पोखराको मदरल्याण्ड स्कुलका सम्राट ढुंगानालाई हार्वड युनिभर्सिटीमा पुर्ण छात्रवृत्ति

सम्राट ढुंगाना
पोखरा, १८ चैत/ पोखराको मदरल्याण्ड सेकेन्डरी स्कुलका सम्राट ढुंगानाले अमेरिकाको हार्वर्ड युनिभर्सिटीबाट स्नातक तहका लागि पुर्णछात्रवृत्ति पाएका छन् । हार्वड युनिभर्सिटी निकै कम मात्र विद्यार्थीले पुर्ण छात्रवृत्ति पाउने गर्दछन् । उनी कक्षा १२ को नतिजामा गण्डकी प्रदेशमै सर्वोत्कृष्ट नतिजा ल्याएका थिए । उनले ३.८८ जिपिए ल्याएका थिए। उनी कक्षा ४ देखि नै मदरल्याण्डमा पढेका थिए । पढाइमा मेधावी उनी छात्रवृत्रिमा अमेरिकामा अध्ययनका लागि जान लागेका हुन् । पुरा पढौ

शैक्षिक गुणस्तर सुधार्न नीतिगत तहमै आवश्यक

शैक्षिक गुणस्तर सुधार्न नीतिगत तहमै आवश्यक
पोखरा, १२ चैत/ विश्वविद्यालय तहमा विद्यार्थी संख्या वर्षेनी ओरालो लाग्दो छ । १२ कक्षा उत्तिर्ण हुनासाथ विद्यार्थीहरु अध्ययन वा बैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने क्रम दिनहुँ बढिरहेको छ । यसले युवा जनशक्ति पलायन त भएको छ नै शिक्षामा गुणस्तर कायम हुन नसक्दा पनि यस्तो अवस्था आएको भन्दै शिक्षा क्षेत्रका जानकारहरुले चिन्ता जनाउन थालेका छन् । उच्च शिक्षा अध्ययनका नाममा हरेक दिन विद्यार्थीको ठुलो संख्या बाहिरिएकोमा उनीहरुको चिन्ता छ । पोखराको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसले शनिबार आयोजना गरेको… पुरा पढौ

गण्डकी बहुप्राविधिक शिक्षालय संचालन समितिमा तीन सदस्य मनोनित

गण्डकी बहु–प्राविधिक शिक्षालय संचालन समितिमा तीन सदस्य मनोनित
पोखरा, चैत ७/ प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटी को साझेदारीमा पोखरा महानगरपालिका बाट संचालित गण्डकी बहु–प्राविधिक शिक्षालयको संचालक समितिमा रिक्त सदस्यहरुको नियुक्ती गरेको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अध्यक्षतामा सोमबार बसेको गण्डकी बहु–प्राविधिक शिक्षालय संचालक समितिको १९ औं बैठकले बिभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरि तीन जना सदस्य मनोनित गरेको हो । बैठकले शिक्षा क्षेत्रबाट प्रतिनिधित्व हुने गरि, प्राध्यापक डाक्टर सरस्वती न्यौपाने, उद्योग तथा व्यववसाय क्षेत्रबाट छत्रधर आत्रेय र नारायण पौडेललाई मनोनित गरेको छ । शिक्षालयको संचालक… पुरा पढौ

कालिका बहुमुखी क्याम्पसको अध्यक्षमा किरण केसी

कालिका बहुमुखी क्याम्पसको अध्यक्षमा किरण केसी
पोखरा, ५ फागुनपोखराका प्रतिष्ठित उघोगपति, युवा व्यवसायी, समाजसेवी एवमं शिक्षाप्रेमी किरण केसी कालिका बहुमुखी क्याम्पस,पोखराको छैटौ अधिवेसनबाट सर्वसम्मत अध्यक्ष पदमा चयन भएको छन् । उनी यस अगाडी पनि क्याम्पसको अध्यक्ष थिए । पुरा पढौ

गण्डकी बहुप्राविधिक शिक्षालय पोखराका नवीनलाई नेपालभरबाट उत्कृष्ट

नवीन पराजुली
पोखरा, ३ चैत/ गण्डकी बहुप्राविधिक शिक्षालय पोखराका नवीन पराजुली नेपालभर उत्कृष्ट अंक ल्याउन सफल भएका छन् । डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग अध्ययनरत छात्र नवीन पराजुलीले प्रथम सेमेस्टरको परिक्षामा ९२ प्रतिशत अंक प्राप्त गरि नेपाल भरबाट सर्वोत्कृष्ट बन्न सफल भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) ले डिप्लोमा इन अटोमोवाईल इन्जिनियरिङ र सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टर तर्फको नतिजा प्रकाशन गरेको थियो । नतिजा अनुसार डिप्लोमा इन अटोमोवाईल इन्जिनियरिङमा नेपाल भरबाट ७ प्रतिशत विद्यार्थीहरू मात्र पास भएका छन् ।… पुरा पढौ

गण्डकी बहु प्राविधिक शिक्षालय पोखरा डिप्लोमा इन अटोमोवाईल इन्जिनियरिङमा उत्कृष्ट नतिजा

गण्डकी बहु प्राविधिक शिक्षालय
पोखरा, ३ चैत/ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) ले डिप्लोमा इन अटोमोवाईल इन्जिनियरिङ र सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टर तर्फको नतिजा प्रकाशन गरेको छ । नतिजा अनुसार डिप्लोमा इन अटोमोवाईल इन्जिनियरिङमा नेपाल भरबाट ७ प्रतिशत विद्यार्थीहरू मात्र पास भएका छन् । परीक्षामा सहभागी पोखरा महानगरपालिकाद्धारा सञ्चालित गण्डकी बहु प्राविधिक शिक्षालयमा अध्ययनरत १५ जना विद्यार्थीहरू मध्ये ८ जना अर्थात् ५३ दशमलव ३३ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएका छन् । उत्तीर्ण प्रतिशतका आधारमा गण्डकी बहु प्राविधिक शिक्षालय देशभरका १४ शिक्षालयहरू मध्ये प्रथम… पुरा पढौ

विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई चैत २ मा एक्सपर्टको शैक्षिक परामर्श

विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई चैत २ मा एक्सपर्टको शैक्षिक परामर्श
पोखरा, २९ फागुन/ विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई एक्सपर्टले शैक्षिक परामर्श गर्ने भएको छ । मार्च १६ अर्थात् चैत २ गते पोखराको एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेजले ‘एक्सपर्ट एडिम्सन डे २०२३’ को आयोजना गर्ने भएको हो । उक्त कार्यक्रममा विदेश अध्ययन गर्न चाहने नेपाली विद्यार्थी र अष्ट्रलिया, न्युजिल्याण्ड, क्यानडा,युके र अमेरिकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुले एक अर्कासँग प्रत्यक्ष रुपमा संवाद गर्ने आइतबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा एक्सपर्ट पोखराका एकेडेमी डाइरेक्टर सलि देवानले बताए ।… पुरा पढौ

‘बिजनेस केस एनालाइसिस’मा प्रतिभाका अजरलाई स्वर्ण

‘बिजनेस केस एनालाइसिस’मा प्रतिभाका अजरलाई स्वर्ण
पोखरा, १४ फागुन/ पोखरा–४ पालिखेचोकस्थित प्रतिभा माविका विद्यार्थी अजर गुरुङ र बिनिताकुमारी चापागाँइले नेपाल इकोनोमिक्स ओलम्पियाडको ‘बिजनेस केस एनालाइसिस’ विधामा क्रमशः स्वर्ण र रजतपदक हात पारेका छन् । चौंथो संस्करणको यो राष्ट्रिय प्रतिश्पर्धामा अजरले व्यक्तिगत विधातर्फ स्वर्ण र टिम इभेन्टतर्फ रजत पदक हात पारेका हुन् । चापागाँइले भने व्यक्तिगत विधातर्फ मात्र रजत जितेकी हुन् । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार अघिल्लो साता राजधानी काठमाडौंमा भएको प्रतिश्पर्धामा अजरले मुलुकभरका ७५ जना विद्यार्थीलाई पछाडि पार्दै पदक जितेका हुन् । ‘प्रतिभाका लागि गर्व… पुरा पढौ

व्यवहारिक र प्रयोगात्मक शिक्षा आजको आवश्यकताः कुलपति गुरुङ्ग

डायमण्ड माध्यामिक विद्यालय
झण्डै तीनसय चिकित्सक उत्पादन लेखनाथ, १४ फागुन/ गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर गणेशमान गुरुङले विद्यार्थीलाई कितावी ज्ञानको साथमा व्यवहारिक र अन्तराष्ट्रिय मापदण्डको प्रयोगात्मक शिक्षा अपरिहार्य भएको बताएका छन् । पोखरा महानगरपालिका वडा नं. २७ तालचोक स्थित डायमण्ड माध्यामिक विद्यालयको ३५ औं वार्षिकोत्सव एवं अभिभावक दिवस समारोहलाई शनिबार सम्बोधन गर्दै, कुलपति गुरुङले शिक्षण संस्थाले बजारमा आपूर्ति हुने जनशक्ति उत्पादन गर्नेगरी गुणस्तरमा ध्यान दिन सुझाव दिए । उनले आफ्नो कुशलता देखाउने, योग्यता प्रर्दशन गर्ने, विचारहरु प्रस्तुत गर्ने नागरिकहरुको उत्पादनबाट शिक्षा क्षेत्र अघि… पुरा पढौ

शनिबार पोखरामा निःशुल्क सिए सेमिनार

शनिबार पोखरामा निःशुल्क सिए सेमिनार
पोखरा, १० फागुन/ सिए अध्ययन गर्न इच्छुक विद्यार्थीलाई ध्यानमा राखेर पोखरामा शनिबार फागुन १३ गते निःशुल्क सिए सेमिनार हुने भएको छ । सिए अध्यापन गराउने काठमाडौंको गुरुकुल सिएले सिए सम्बन्धि सेमिनार गर्न लागेको हो । पोखरा नागढुङ्गामा रहेको बाजेको सेकुवामा विहान १० बजे देखी १२ बजे सम्म सेमिनार आयोजना गर्दैछ । सिए र एसिसिए अध्ययन गर्न ईच्छुक विद्यार्थीहरूका लागि सेमिनार हुने गुरुकुल सिएका संस्थापक मुकुल भट्टले जानकारी दिए । उनका अनुसार भविष्यमा लेखाको क्षेत्रमा जानकार हुन या लेखामा भविष्य खोज्ने… पुरा पढौ