शिक्षा

जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षतामा विजुक्छे विजयी

जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षतामा विजुक्छे विजयी
पोखरा, ५ पुस/ पोखराको जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्षमा वीरेन्द्रनारायण विजुक्छे विजयी भएका छन् ।मंगलबार भएको मतदानमा बिजुक्छेले २ सय ६९ मत प्राप्त गरी विजयी भए । प्रतिस्पर्धी सोमनाथ बरालले १ सय ४४ मत प्राप्त गरे । त्यसै गरी ध्रुव चालिसे, विजय आचार्य, राजेन्द्र पहारी, नम्रता बराल, गणेशबहादुर अधिकारी, रंगीला आचार्य, शोभामोहन पौडेल, अर्जुन श्रेष्ठ, ईन्द्रप्रसाद पौडेल, कृष्ण तिमिल्सिना र युवराज पराजुली चयन भएका छन् । जनप्रिय विश्वविद्यालय अनुदान आयोगबाट क्युएए मान्यता प्राप्त क्याम्पस हो । पुरा पढौ

जनप्रियलाई विश्वविद्यालय बनाउन चाहान्छुः थापा

जनप्रियलाई विश्वविद्यालय बनाउन चाहान्छुः थापा
पोखरा, २६ मंसिर/ गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री माननीय विन्दुकुमार थापाले आफ्नै वडाको क्याम्पसमा सभासद् र सल्लाकार भएकाले छिटोभन्दा छिटो मानित विश्वविद्यालय भएको हेर्न आतुर रहेको बताए । जनप्रिय बहुमुखी क्याम्पसको ३१ औं वार्षिकोत्सवका अवसरमा प्रमुख आमन्त्रित थापाले विश्वविद्यालयका लागि आवश्यक जग्गा, भौतिक पूर्वाधार, भवन निर्माणका लागि आफू र प्रदेशसभा प्रतिवद्ध रहेको जनाए । थापाले दुईपटकसम्म मुलकभरिकै उत्कृष्ट सामुदायिक क्याम्पस र गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएको जनप्रिय क्याम्पसको क्वालिटीमा शङ्का गर्ने ठाउँ नै छैन् । शैक्षिक गतिविधि अब्बल… पुरा पढौ

डिज्नील्याण्ड एकेडेमीको वार्षिकोत्सवमा विद्यार्थी र जेष्ठ नागरिक सम्मानीत

डिज्नील्याण्ड एकेडेमी
पोखरा, २६ मंसिर/ पोखरा–७ मासबारमा रहेको डिज्नील्याण्ड एकेडेमीको १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यार्थी तथा जेष्ठ नागरिक सम्मानित भएका छन् । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले कार्यक्रम उद्घाटन गर्दै विद्यार्थी र ज्येष्ठ नागरिकलाई सम्मान गरे । विद्यालयबाट २०७८ सालको एसइईमा ४ जिपिए ल्याई नेपालभरिमा उत्कृष्ट अंक हासिल गर्न सफल ऋतिका पोखरेललाई सम्मान गरे । त्यसै गरी पूर्व छात्रा सचिता पराजुलीलाई कर्णाली प्रदेशबाट सिटिइभिटीअन्तर्गत पिसिएल नर्सिङमा सर्वोत्कृष्ट अंक हासिल गर्न सफल भएकोमा अभिनन्दन… पुरा पढौ

प्रतिभामा ‘विज्ञान प्रदर्शनी’ र ‘व्यवसायिक योजना’मा उत्कृष्ट विद्यार्थी पुरस्कृत

प्रतिभामा ‘विज्ञान प्रदर्शनी’ र ‘व्यवसायिक योजना’मा उत्कृष्ट विद्यार्थी पुरस्कृत
पोखरा, २२ मंसिर/ पोखराको अग्रणी विद्यालय प्रतिभा माविले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि आयोजना गरेको विज्ञान प्रदर्शनी र ‘व्यवसायिक योजना’ कार्यक्रममा उत्कृष्ट हुन सफल विद्यार्थीलाई पुरस्कृत गरेको छ । गत कार्तिक २५ र २६ गते आयोजित कार्यक्रममा सहभागीमध्ये उत्कृष्ट हुनेहरुलाई नगदसहित विद्यालयले विहीबार पुरस्कृत गरेको हो । विज्ञान संकायका विद्यार्थी सहभागी ‘विज्ञान प्रदर्शनी’ मा कक्षा १२ का आयुषा ढकाल र करुणा सुनारको स्मार्ट सिटी ‘प्रोजेक्ट ९९’ शीर्षकको प्रस्तुति सर्वोत्कृष्ट हुँदै नगद २० हजार जित्न सफल भयो । यस्तै, कक्षा ११ की… पुरा पढौ

एनटिएचएमसी कलेजमा विद्युतिय मतदान, युथ डेभलपमेन्ट क्लवको अध्यक्षमा सापकोटा

एनटिएचएमसी कलेजमा विद्युतिय मतदान, युथ डेभलपमेन्ट क्लवको अध्यक्षमा सापकोटा
पोखरा, २१ मंसिर/ नेपाल टुरिजम एण्ड होटल मेनेज्मेन्ट कलेज, सेन्टर फर विजनेस मेनेज्मेन्टमा युथ डेभलपमेन्ट क्लबको नयाँ कार्यसमिति निर्वाचीत भएको छ । विद्याथीहरुको उद्यमशिलता, कार्य दक्षता, सामाजीकरण र चौतर्फी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले क्लब स्थापना भएको हो । बुधवार भएको डिजिटल चुनाव अनुसार समितिको अध्यक्षमा कविन सापकोटा, उपाध्यक्षमा उमा कुमारी थापा, सचिवमा प्रसान्त सुवेदी निर्वाचीत भएका छन् । त्यसै गरी उपसचिवमा करिमा आले, कोषाध्यक्षमा कुसल श्रेष्ठ, उपकोषाध्यक्षमा प्रजिता खांड, निर्वाचित भएका छन् । त्यसै गरी कार्यसमिति सदस्यमा जिया मराशैनि, सन्ध्या… पुरा पढौ

जनप्रियमा सहायक क्याम्पस प्रमुखमा मेखराज र रमेश

जनप्रियमा सहायक क्याम्पस प्रमुखमा मेखराज र रमेश
पोखरा, १६ मंसिर/ पोखराको जनप्रिय बहुमुखी क्याम्पसले सहायक क्याम्पस प्रमुखमा मेखराज पौडेल र रमेशबहादुर खड्कालाई नियुक्त गर्दै शुक्रबार पदस्थापना गरेको छ । प्रमुख अतिथि तारा गिरीले खादा र सम्मानार्थ संरक्षक रामप्रसाद बस्ताकोटीले अविर लगाएर क्याम्पस प्रमुखद्वय पौडेल र खड्कालाई कार्यकक्षमा राखी नियुक्तिपत्र दिएर पदस्थापन गराएका थिए । पदस्थापन कार्यक्रमका प्रमुख अतिथि एवम् क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तारा गिरीले नवनियुक्त सहायक क्याम्पस प्रमखद्वयलाई शैक्षिक कार्यक्रम सुधारका लागि दत्तचित्तले लाग्न र क्याम्पसलाई सधैं केन्दमा राखेर यसको प्रशासनिक र प्राज्ञिक उन्नयनमा लाग्न आग्रह… पुरा पढौ

प्रतिभा माविमा विज्ञान प्रदर्शनी

प्रतिभा माविमा विज्ञान प्रदर्शनी
पोखरा, २५ कार्तिक/ प्रतिभा माविले विद्यार्थीमा भएको क्षमता प्रस्फुटन गराउन एकदिने विज्ञान प्रदर्शनी आयोजना गरेको छ । कक्षा ८ देखि १२ कक्षासम्मका विद्यार्थीले यो प्रदर्शनीमा भाग लिएका छन् । ११ र १२ कक्षाका भने विज्ञान विषयका विद्यार्थी प्रदर्शनीमा सहभागि थिए । विद्यालयका निर्देशक किरण सापकोटाका अनुसार विद्यार्थीमा रहेको सिर्जनशिलता प्रस्तुत गराउन प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीमा विद्यार्थी आफैले बनाएका विज्ञान सामाग्री प्रस्तुत गरेका थिए । विद्यार्थीले बनाएका विभिन्न उपकरण उक्त प्रदर्शनीमा प्रस्तुत गरेका थिए । विद्यार्थीले आफ्नै खर्चमा ती… पुरा पढौ

घर मै बसेर ‘मेरो पढाइ’ (meropadhai.com) बाट पढ्न सकिने

मेरो पढाइ
पोखरा, ९ कात्तिक/ काम र अन्य कारण कलेज वा ट्युशन पढ्न जान नभ्याउनेहरुका लागि घर मै आफुलाई फुसद भएको समय पढ्न सक्ने गरी अनलाइन सञ्चालनमा आएको छ । पोखरा युवाहरु मिलेर नियमित कक्षा लिन नसक्नेहरुका लागि पढाइमा सहयोगी बनाउन ई–लर्निङ प्लेटफर्म ‘मेरो पढाइ’ डटकम https://meropadhai.com/ शुरु भएको छ । प्लस टुु र स्नातक अध्ययनत विद्यार्थी लक्षित गरी पोखराका युवाहरुले सञ्चालन गरेको क्लिन्च टेक प्रालिले अनलाइन टिचिङ प्लेटफर्म ‘मेरो पढाइ डटकम’ सञ्चालनमा ल्याएको हो । अहिले बीबीएस पहिलो वर्षको मूख्य विषय… पुरा पढौ

शिवशक्ति क्याम्पसको सञ्चालक समिति अध्यक्षमा टुवराज बास्तोला

टुवराज बास्तोला
पोखरा, ४ असोज/ पोखरा महानगरपालिका वडा नं ११ स्थित शिवशक्ति क्याम्पसको क्याम्पस सञ्चालक समितिको अध्यक्षमा टुवराज बास्तोला निर्वाचित भएका छन् । समितिको ११ औं साधारणसभा तथा छैटौं अधिवेशनले बास्तोलालाई अध्यक्षमा निर्वाचित गरेको हो । बास्तोला फूलवारी क्लवका पूर्व अध्यक्ष, रोटरी क्लब अफ पोखराको पूर्वअध्यक्ष, जेसीज लगायतका संस्थामा रहेर काम गरेका छन् । उनी पोखरा–७, रत्नचोकस्थित रत्नज्योति बोर्डिङ स्कूलको प्राचार्य पनि हुन् । समितिको सदस्यहरुमा दुर्गा जोजीजु र बुद्विसागर घिमिरे चयन भए । वडाध्यक्ष प्रेम कर्माचार्य, प्राचार्य दीपक बास्तोला र शिक्षक… पुरा पढौ

मदरल्याण्डमा शिक्षक–अभिभावक अन्तरक्रिया कार्यक्रम

मदरल्याण्डमा शिक्षक–अभिभावक अन्तरक्रिया कार्यक्रम
पोखरा, ४ असोज/ पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयमा कक्षा एघार र बाह्रमा अध्ययनरत विद्यार्थीका अभिभावकहरू बिच अन्तरक्रिया गरेको छ । कक्षा एघार र बाह्रमा अध्यापन गर्नुहुने शिक्षक र अभिभावकबिच बिहान र दिउँसो गरी दुई दिनसम्म छुट्टाछुट्टै चरणमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष एवम् शैक्षिक प्रशासक प्रेमनारायण पोख्रेलले सहजीकरण गरेका थिए । विद्यालय, शिक्षक र अभिभावकको साझा उद्देश्य विद्यार्थी तथा बाबुनानीहरू असल र राम्रो बनुन भन्ने रहेको छ भन्दै सहजकर्ता पोख्र्रलले जीवन उपयोगी सिपका लागि पढाइबाहेक घरका कामहरू,… पुरा पढौ