शिक्षा

शिवशक्ति क्याम्पसको सञ्चालक समिति अध्यक्षमा टुवराज बास्तोला

टुवराज बास्तोला
पोखरा, ४ असोज/ पोखरा महानगरपालिका वडा नं ११ स्थित शिवशक्ति क्याम्पसको क्याम्पस सञ्चालक समितिको अध्यक्षमा टुवराज बास्तोला निर्वाचित भएका छन् । समितिको ११ औं साधारणसभा तथा छैटौं अधिवेशनले बास्तोलालाई अध्यक्षमा निर्वाचित गरेको हो । बास्तोला फूलवारी क्लवका पूर्व अध्यक्ष, रोटरी क्लब अफ पोखराको पूर्वअध्यक्ष, जेसीज लगायतका संस्थामा रहेर काम गरेका छन् । उनी पोखरा–७, रत्नचोकस्थित रत्नज्योति बोर्डिङ स्कूलको प्राचार्य पनि हुन् । समितिको सदस्यहरुमा दुर्गा जोजीजु र बुद्विसागर घिमिरे चयन भए । वडाध्यक्ष प्रेम कर्माचार्य, प्राचार्य दीपक बास्तोला र शिक्षक… पुरा पढौ

मदरल्याण्डमा शिक्षक–अभिभावक अन्तरक्रिया कार्यक्रम

मदरल्याण्डमा शिक्षक–अभिभावक अन्तरक्रिया कार्यक्रम
पोखरा, ४ असोज/ पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयमा कक्षा एघार र बाह्रमा अध्ययनरत विद्यार्थीका अभिभावकहरू बिच अन्तरक्रिया गरेको छ । कक्षा एघार र बाह्रमा अध्यापन गर्नुहुने शिक्षक र अभिभावकबिच बिहान र दिउँसो गरी दुई दिनसम्म छुट्टाछुट्टै चरणमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष एवम् शैक्षिक प्रशासक प्रेमनारायण पोख्रेलले सहजीकरण गरेका थिए । विद्यालय, शिक्षक र अभिभावकको साझा उद्देश्य विद्यार्थी तथा बाबुनानीहरू असल र राम्रो बनुन भन्ने रहेको छ भन्दै सहजकर्ता पोख्र्रलले जीवन उपयोगी सिपका लागि पढाइबाहेक घरका कामहरू,… पुरा पढौ

बालदिवसमा वन्डर ल्याड प्रिस्कुलमा विभिन्न कार्याक्रम

पोखरा, ३१ भदौ/ पोखरा ६ जरेबरमा रहेको वन्डर ल्याण्ड प्रिस्कुलका विद्यार्थीले बालदिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाएका छन् । बालबालिकाले बालकविता बाचन, विभिन्न खेलकुद प्रतियोगिता, बालअधिकार लेखिएका विभिन्न प्लेकार्ड सहित र्याली गरेका छन् । त्यसै गरी चित्रकलामा प्रतियोगतामा समेत सहभागीता जनाएका छन् । चित्रकला प्रतियोगितामा मोक्ष रेग्मी, दिशान बराल र स्वपनिल छिदालले उत्कृष्ट छ । विजयी बालबालिकालाई स्कुलका निर्देशक मुत्ति रेग्मी, स्कुलकी प्रिन्सिपल सिता पन्थी, स्कुलकी कोडिनेटर मार्थाहिताङ लगाएतले विद्यार्थीलाई बालअधिकारका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा प्रिन्सिपल पन्थीले यस… पुरा पढौ

पोखरामा पुस्तक समीक्षा प्रतियोगिता र पुस्तक प्रदर्शनी हुने

पोखरामा पुस्तक समीक्षा प्रतियोगिता र पुस्तक प्रदर्शनी हुने
पोखरा, २७ भदौ/ पोखरामा पुस्तक समीक्षा प्रतियोगिता हुने भएको छ । सिएफएन नेपाल र टुकी नेपालको आयोजना र बुकमार्ट पोखरा प्रालिको प्रायोजनमा प्रतियोगिता हुन लागेको हो । आइतबार एक कार्यक्रम आयोजना गरी कार्यक्रमको बारेमा जानकारी दिइएको छ । पुस्तक समीक्षा प्रतियोगितामा कक्षा ५ देखि स्नातकोत्तर तहसम्मका विद्यार्थी वा शैक्षिक संस्थामा आवद्ध नभएका तर पुस्तक पढ्ने र पुस्तक समीक्षा गर्न इच्छुक व्यक्ति खुला रुपमा सहभागी हुन सक्ने छन् । आयोजक सिएफएन नेपालका अध्यक्ष अस्मित भुसालले भने, ‘पठन संस्कृति र किताबप्रतिको मोह… पुरा पढौ

गण्डकीमै सर्वोत्कृष्ट सम्राट ढुङ्गाना विद्यालयमा सम्मानित

गण्डकीमै सर्वोत्कृष्ट सम्राट ढुङ्गाना विद्यालयमा सम्मानित
पोखरा, २४ भदौ/ पोखराको मदरल्याण्ड मा.वि. बाट विद्यालय तहको पढाइ भर्खरै सकी कक्षा १२ को बोर्ड परीक्षामा ३.८८ जिपिए ल्याएर गण्डकी प्रदेशमै सर्वोकृष्ट नतिजा हाँसिल गरेका सम्राट ढुङ्गाना विद्यालयमा एक समारोहबिच नगद पचास हजारसहित सम्मानपत्रले सम्मानित गरेको छ । सोही अवसरमा सम्राटका बुबा र आमालाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका प्रमुख विष्णुनारायण श्रेष्ठले सम्मानित ढुङ्गानालाई बधाई तथा शुभकामना दिदौ विद्यालयले शैक्षिक क्षेत्रमा अब्बल शिक्षा दिदै आएको बताए । उनले विद्यार्थीको उत्तम नतिजाका लागि अभिभावकको भूमिका… पुरा पढौ

मदरल्याण्डका सम्राट गण्डकी कै उत्कृट

सम्राट ढुङ्गाना
पोखरा, २२ भदौ/ कक्षा १२ को नतिजामा पोखराका सम्राट ढुंगानाले गण्डकी प्रदेशमै सर्वोत्कृष्ट नतिजा ल्याएका छन् । पोखराको मदरल्याण्ड मावि, मासबारका छात्र सम्राट ढुंगानाले विज्ञान संकायमा गण्डकीमै उत्कृष्ट नतिजा ल्याएको विद्यालयको दाबी छ । उनले ३.८८ जिपिए ल्याएका हुन् । उनी कक्षा ४ देखि नै मदरल्याण्डमा पढेका थिए । पढाइमा मेधावी उनी छात्रवृत्रिमा अमेरिकामा अध्ययनका लागि जाँदैछन् । विद्यालयमा यस वर्षको परीक्षामा सहभागी ३ सय ३६ विद्यार्थीमध्ये १८ जनाले ३.६ देखि ४ जिपिए ल्याएको विद्यालयका प्राचार्य नारायण बरालले जनाए ।… पुरा पढौ

कक्षा १२ मा कास्की टपेका विद्यार्थीलाई विन्ध्यवासिनी क्याम्पसमा

कक्षा १२ मा कास्की टपेका विद्यार्थीलाई विन्ध्यवासिनी क्याम्पसमा
पोखरा, २१ भदौं /हालै सार्वजनिक कक्षा १२ मा कास्की जिल्लामा उत्कृष्ट ग्रेड ल्याउन सफल विद्यार्थीले थप अध्ययनका लागि पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी क्याम्पसलाई रोजेका छन् । कक्षा १२ तर्फ व्यवस्थापन संकायमा कास्की मै उत्कृष्ट जिपिए ३.७५ ल्याएका करुणानिधि मा.वि. का साहिल गुरुङ, भारती भवन मा.वि. पुरञ्चौरका सीता सापकोटा र शुशीला नेपालीले विन्ध्यवासिनी क्याम्पसको अवलोकन गरी विविएस अध्ययनका लागि भर्ना भएको क्याम्पसका लेखापाल भीमबहादुर गायकले जानकारी दिनु भयो । वि.सं. २०६६ सालदेखि व्यवस्थापन संकायमा स्नातक तहको कक्षा संंचालन गरेको क्याम्पसले १२… पुरा पढौ

पोखरा केफ माविका तीन विद्यार्थी व्यवस्थापन र कानुन संकायमा कास्कीकै उत्कृष्ट

पोखरा केफ माविका तीन विद्यार्थी व्यवस्थापन र कानुन संकायमा कास्कीकै उत्कृष्ट
पोखरा, २० भदौ/ कक्षा १२ को परीक्षामा पोखरा महानगरपालिका वडा नम्बर १ सिम्पानीस्थित करुणानीधि एजुकेशन फाउण्डेशन (केफ) माविका तीन विद्यार्थी कास्की जिल्लामै उत्कृष्ट अंक ल्याउन सफल भएका छन् । व्यवस्थापन संकायका एक जना र कानून संकायका दुई विद्यार्थीले कास्कीमै प्रथम स्थान हासिल गरेको विद्यालयको दाबी छ । केफका साहिल गुरुङले व्यवस्थापनतर्फ ३.७५ जिपिए प्राप्त गरेका छन् भने कानून संकायतर्फ आकृति पराजुली र स्वेच्छा गौतमले ३.६२ जिपिए ल्याएर कास्की प्रथम भएको विद्यालयले जनाएको छ । त्यसै गरी पोखरा ७ मासबारमा रहेको… पुरा पढौ

कक्षा १२ को परीक्षामा मदरल्याण्डका सम्राट कास्कीमा उत्कृष्ट

सम्राट ढुङ्गाना
पोखरा, १९ भदौ/ कक्षा १२ को परीक्षामा पोखरा ७ मासबारमा रहेको मदरल्याण्ड माध्यमिक विद्यालयका छात्र सम्राट ढुङ्गाना कास्की जिल्ला मै उत्कृष्ट अंक ल्याउन सफल भएका छन् । उनले कक्षा १२ को परीक्षमा विज्ञान विषयमा ३.८८ जिपिए ल्याउदै उत्कृष्ट बनेका हुन् । उनी कास्की जिल्लामा प्रथम स्थान हाँसिल गर्न सफल भए । कक्षा चारबाट मदरल्याण्ड माध्यमिक विद्यालयमा पढ्दै आएका उनी इन्जिनियरीङ पढ्ने तयारीमा रहेको मदरल्याण्ड माध्यमिक विद्यालयका प्रधानध्यापक नारायण बरालले बताए । पोखरा १४ चाउथे बस्दै आएका उनी अमेरिकामा छात्रवृत्तिमा पढ्न… पुरा पढौ

पृथ्वीनारायण क्याम्पस अघोषित विश्वविद्यालय : प्रमुख आचार्य

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः पोखरामै साइक्लिङ प्रतियोगिता पक्का
पोखरा, ८ भाद्र/ रूपान्तरण गर्ने प्रयत्न जारी रहेको क्याम्पस प्रशासनले जनाएको छ । आवश्यक पर्याप्त पूर्वाधार तथा जनशक्ति भए पनि क्याम्पसलाई विश्वविद्यालयमा रूपान्तरण गर्ने विगत ३७ वर्षदेखिको प्रयासले मूर्त रूप लिन नसकेको क्याम्पस प्रमुख प्रा.डा सरोज कोइरालाले बताउनुभयो । क्याम्पसको पूर्व स्ववियु सभापति समेत रहनु भएका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँगको भेटघाटमा क्याम्पस प्रमुख कोइरालाले विश्वविद्यालयमा रूपान्तरण हुने क्याम्पसको ३७ वर्ष लामो सङ्घर्षलाई मूर्त रूप दिने कार्यमा आवश्यक पहल गरिदिन समेत आग्रह गर्नुभयो । ‘गुणस्तरीय उच्च शिक्षाको सुलभता, विश्वविद्यालय निर्माण… पुरा पढौ