घर मै बसेर ‘मेरो पढाइ’ (meropadhai.com) बाट पढ्न सकिने

-


     क्लिक गण्डकी     
     कार्तिक ९ गते २०७९ मा प्रकाशित


मेरो पढाइ

मेरो पढाइ

पोखरा, ९ कात्तिक/ काम र अन्य कारण कलेज वा ट्युशन पढ्न जान नभ्याउनेहरुका लागि घर मै आफुलाई फुसद भएको समय पढ्न सक्ने गरी अनलाइन सञ्चालनमा आएको छ । पोखरा युवाहरु मिलेर नियमित कक्षा लिन नसक्नेहरुका लागि पढाइमा सहयोगी बनाउन ई–लर्निङ प्लेटफर्म ‘मेरो पढाइ’ डटकम https://meropadhai.com/ शुरु भएको छ ।

प्लस टुु र स्नातक अध्ययनत विद्यार्थी लक्षित गरी पोखराका युवाहरुले सञ्चालन गरेको क्लिन्च टेक प्रालिले अनलाइन टिचिङ प्लेटफर्म ‘मेरो पढाइ डटकम’ सञ्चालनमा ल्याएको हो ।

अहिले बीबीएस पहिलो वर्षको मूख्य विषय र कक्षा ११ र १२ का केहि विषयका कक्षाहरु समाबेस अनलाइन सार्वजनिक गरिएको छ । एक महिनापछि अन्य संकायको पनि भिडियो कक्षा चलाउने क्लिन्च टेकका सीइओ मानवकल्याण पराजुलीले जानकारी दिए ।

मेरो पढाइसँग जोडिन ‘मेरो पढाइ डटकम’ लग इन गर्न सकिन्छ भने गुगल र एप्पल स्टोर्सबाट एप डाउन्लोड गर्न सकिन्छ । आफ्नो अकाउण्ट खोलेपछि कुन विषय पढ्ने हो अनलाइन शुल्क तिरेर हेर्न, पढ्न सकिनेछ पराजुलीले बताए । प्रति विषय मासिक अहिले ३ सय अर्को महिलनाबाट ५ सय रुपैयाँ शुल्क लाग्छ ।

विद्यार्थीले ट्युशन पढ्न पर्ने विषय अंग्रेजी, म्याथ, एकाउन्ट, फाइनान्स लगाएतका विषय पोखराका चलेका शिक्षकले भिडियो माध्यमबाट पढाउने छन् । अनलाइनको प्रा.डा. विश्वकल्याण पराजुली र शिक्षा सेवी रामप्रसाद तिमिल्सिनाले शुभारम्भ गरे । कार्यक्रममा को–फाउण्डरहरु विन्दुराज तिमिल्सिना, सचिन गिरीले अनलाइनको बारेमा जानकारी दिएका थिए ।



Tags: ,