मदरल्याण्डका सम्राट गण्डकी कै उत्कृट

-


     क्लिक गण्डकी     
     भाद्र २२ गते २०७९ मा प्रकाशित


सम्राट ढुङ्गाना

सम्राट ढुङ्गाना

पोखरा, २२ भदौ/ कक्षा १२ को नतिजामा पोखराका सम्राट ढुंगानाले गण्डकी प्रदेशमै सर्वोत्कृष्ट नतिजा ल्याएका छन् । पोखराको मदरल्याण्ड मावि, मासबारका छात्र सम्राट ढुंगानाले विज्ञान संकायमा गण्डकीमै उत्कृष्ट नतिजा ल्याएको विद्यालयको दाबी छ । उनले ३.८८ जिपिए ल्याएका हुन् ।

उनी कक्षा ४ देखि नै मदरल्याण्डमा पढेका थिए । पढाइमा मेधावी उनी छात्रवृत्रिमा अमेरिकामा अध्ययनका लागि जाँदैछन् । विद्यालयमा यस वर्षको परीक्षामा सहभागी ३ सय ३६ विद्यार्थीमध्ये १८ जनाले ३.६ देखि ४ जिपिए ल्याएको विद्यालयका प्राचार्य नारायण बरालले जनाए । उनका अनुसार १ सय ६१ जनाले ३.२ देखि ३.६ जिपिए, १ सय १६ जनाले २.८० देखि ३.२० र १५ जनाले २.५५ देखि २.८० जिपिए ल्याई विद्यालयको अन्तिम परीक्षा उत्तीर्ण गर्न सफल भए ।

गुणस्तरीय शिक्षामा उत्कृष्ट मदरल्याण्डले २०६५ सालदेखि विज्ञान र व्यवस्थापन संकाय संचालन गर्दै आएको छ । विगतमा पनि उसको नतिजा जिल्ला तहमा उत्कृष्ट थियो ।

यसैगरी, विज्ञान संकायमै छात्रातर्फ न्यु ग्यालेक्सी सेकेण्डरी स्कूल, नदीपुरकी दीपा आचार्य प्रदेशमै उत्कृष्ट भएकी छन् । उनी ३.८६ जिपिए ल्याएर छात्रातर्फ उत्कृष्ट भएको प्राचार्य रामजी शर्माले दाबी गरे ।



Tags: ,