पोखरा केफ माविका तीन विद्यार्थी व्यवस्थापन र कानुन संकायमा कास्कीकै उत्कृष्ट

-


     क्लिक गण्डकी     
     भाद्र २० गते २०७९ मा प्रकाशित


पोखरा केफ माविका तीन विद्यार्थी व्यवस्थापन र कानुन संकायमा कास्कीकै उत्कृष्ट

पोखरा केफ माविका तीन विद्यार्थी व्यवस्थापन र कानुन संकायमा कास्कीकै उत्कृष्ट

पोखरा, २० भदौ/ कक्षा १२ को परीक्षामा पोखरा महानगरपालिका वडा नम्बर १ सिम्पानीस्थित करुणानीधि एजुकेशन फाउण्डेशन (केफ) माविका तीन विद्यार्थी कास्की जिल्लामै उत्कृष्ट अंक ल्याउन सफल भएका छन् । व्यवस्थापन संकायका एक जना र कानून संकायका दुई विद्यार्थीले कास्कीमै प्रथम स्थान हासिल गरेको विद्यालयको दाबी छ ।

केफका साहिल गुरुङले व्यवस्थापनतर्फ ३.७५ जिपिए प्राप्त गरेका छन् भने कानून संकायतर्फ आकृति पराजुली र स्वेच्छा गौतमले ३.६२ जिपिए ल्याएर कास्की प्रथम भएको विद्यालयले जनाएको छ ।

त्यसै गरी पोखरा ७ मासबारमा रहेको मदरल्याण्ड माध्यमिक विद्यालयका छात्र सम्राट ढुङ्गाना कास्की जिल्ला मै उत्कृष्ट अंक ल्याउन सफल भएका छन् । उनले कक्षा १२ को परीक्षमा विज्ञान विषयमा ३.८८ जिपिए ल्याउदै उत्कृष्ट बनेका हुन् । उनी कास्की जिल्लामा प्रथम स्थान हाँसिल गर्न सफल भएको विद्यालयको दावी छ ।

कक्षा चारबाट मदरल्याण्ड माध्यमिक विद्यालयमा पढ्दै आएका उनी इन्जिनियरीङ पढ्ने तयारीमा रहेको मदरल्याण्ड माध्यमिक विद्यालयका प्रधानध्यापक नारायण बरालले बताए ।

पोखरा १४ चाउथे बस्दै आएका उनी अमेरिकामा छात्रवृत्तिमा पढ्न जान लागेका बरालले जानकारी दिए । ढुङ्गाना कास्कीमा मात्र नभई गण्डकी प्रदेशमा नै उकृष्ट भएको हुन सक्ने प्रधानध्यापक बरालले बताए ।

राष्ट्रिय परीक्षा बोर्डको २०७९ भदौ १७ गते कक्षा १२ को परीक्षाफल सार्वजनीक गरेको थियो । यस वर्ष कक्षा १२ को परीक्षाफलमा ४८ प्रतिशत मात्रै पास भएका थिए ।



Tags: ,