
एनटिएचएमसी कलेजमा विद्युतिय मतदान, युथ डेभलपमेन्ट क्लवको अध्यक्षमा सापकोटा
पोखरा, २१ मंसिर/ नेपाल टुरिजम एण्ड होटल मेनेज्मेन्ट कलेज, सेन्टर फर विजनेस मेनेज्मेन्टमा युथ डेभलपमेन्ट क्लबको नयाँ कार्यसमिति निर्वाचीत भएको छ । विद्याथीहरुको उद्यमशिलता, कार्य दक्षता, सामाजीकरण र चौतर्फी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले क्लब स्थापना भएको हो ।
बुधवार भएको डिजिटल चुनाव अनुसार समितिको अध्यक्षमा कविन सापकोटा, उपाध्यक्षमा उमा कुमारी थापा, सचिवमा प्रसान्त सुवेदी निर्वाचीत भएका छन् । त्यसै गरी उपसचिवमा करिमा आले, कोषाध्यक्षमा कुसल श्रेष्ठ, उपकोषाध्यक्षमा प्रजिता खांड, निर्वाचित भएका छन् ।
त्यसै गरी कार्यसमिति सदस्यमा जिया मराशैनि, सन्ध्या पौडेल, कुशल आले, शिव थापा, दिपा भुजेल, सुजन गुरुङ्ग, प्रविन ढुंगाना, सञ्जिता पौडेल, अलिक श्रेष्ठ, कृष्ण थापा मगर, सुदिप ओझा, ममता सुवेदी, अमिशा परियार र अनुप गुरुङ्ग निर्वाचीत भए ।
कलेजका प्रिन्सिपल प्रकाश रेग्मी र कोअडिनेटर हरिहर पौडेल साथै अन्य शिक्षक, मिलन श्रेष्ठ निर्वाचन निरिक्षक रही निर्वाचन डिजिटल फर्म्याटबाट भएको कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले बताए । नयाँ चयन भएको समितिमा सबै सेमेष्टर छात्र/छात्राहरुको सहभागिता रहेको उनले बताए ।
क्लबले विभिन्न शैक्षिक कार्यक्रमहरु साथै सामाजिक कार्यक्रमहरु गर्नेछ । जसले गर्दा विद्यार्थीहरुको व्यक्तिगत क्षमता बृद्धि, कार्यकुशलता साथै समग्र विकासमा टेवा पुग्नेछ ।





