३२ वर्ष शिक्षणपछि भावुक बिदाइः विद्यालयको चौरमा ढोग गर्दै अवकाश, विद्यार्थीले बाजागाजासहित घरसम्म पुर्‍याए

-

     क्लिक गण्डकी     
     असार १२ गते २०८३ मा प्रकाशित

३२ वर्ष शिक्षणपछि भावुक बिदाइः विद्यालयको चौरमा ढोग गर्दै अवकाश, विद्यार्थीले बाजागाजासहित घरसम्म पुर्‍याए

३२ वर्ष शिक्षणपछि भावुक बिदाइः विद्यालयको चौरमा ढोग गर्दै अवकाश, विद्यार्थीले बाजागाजासहित घरसम्म पुर्‍याए

पोखरा, १२ असार/ पोखरा महानगरपालिका–२३ माझथुमस्थित सिद्ध वराह माध्यमिक विद्यालयमा ३२ वर्षसम्म अध्यापन गरेका शिक्षक तुलसी प्रसाद भण्डारीले अनिवार्य अवकाश ग्रहण गर्दै विद्यालयसँग भावुक बिदाइ लिए ।

तीन दशकभन्दा लामो समय शिक्षा सेवामा समर्पित भण्डारीले विद्यालयबाट विदा हुने क्रममा विद्यालयको चौरमा ढोग गर्दै आफ्नो सम्मान र भावनात्मक सम्बन्ध व्यक्त गरे । त्यसपछि विद्यार्थीहरूले बाजागाजासहित भण्डारीलाई सम्मानपूर्वक घरसम्म पुर्‍याएका थिए। बिदाइ समारोहमा शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीसमेत भावुक बनेका थिए।

अवकाशका अवसरमा भण्डारीले विद्यालयका घण्टी, कक्षाकोठाका अविस्मरणीय क्षण, विद्यार्थीहरूको माया र सम्मान अब आफ्ना जीवनका अमूल्य सम्झना बनेर रहने बताए । विद्यालयका अन्य शिक्षकले ३२ वर्षको शिक्षण यात्रामा केवल पाठ्यपुस्तकका विषयवस्तु मात्र नसिकाएको भन्दै हजारौँ विद्यार्थीको जीवन, सोच र भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुगेको बताए ।