पूर्व बैंकर रेशमबहादुर थापाको जिप दुर्घटनमा निधन

-


     क्लिक गण्डकी     
     जेठ २८ गते २०८३ मा प्रकाशित


पूर्व बैंकर रेशमबहादुर थापाको जिप दुर्घटनमा निधन

पूर्व बैंकर रेशमबहादुर थापाको जिप दुर्घटनमा निधन

पोखरा, २८ जेठ/ पूर्वबैंकर रेशमबहादुर थापाको बिहीबार साँझ जिप दुर्घटनामा परी निधन भएको छ ।

पोखरा महानगरपालिका ३१ स्थित बेगनास भोर्लेटार सडक खण्डको पचभैयामा उनले चलाएको जिप अनियन्त्रित भई दुर्घटना हुँदा थापाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

थापाले चलाएको बा १३ च ४२०९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको कास्की प्रहरीका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले बताए ।

थापालाई तत्काल उद्दार गरी उपचारका लागि प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल मोहरियामा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनी फेवा फाइनान्स, त्यस पछि गण्डकी विकास बैंकका तत्कालिन कार्यकारी अधिकृतका हुन् । केही वर्ष अघि उनको छोराको पनि मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो । पोखरा ३१ कै स्थायी बासिन्दा उनी पछिल्लो समय पोखरा गैह्रापाटनमा बस्दै आएका थिए ।