पोखराको जिरो किलोमिटरमा बोलेरोमा स्कुटर ठोक्किँदा दुई जनाको मृ*त्यु

-


     क्लिक गण्डकी     
     कार्तिक २८ गते २०८३ मा प्रकाशित


दुर्घटना

दुर्घटना

पोखरा, २७ कात्तिक/ पोखरा महानगरपालिका–५ जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

लु ३ च ५२७४ नम्बरको बोलेरो जिपको पछाडिबाट ग २३ प १७१६ नम्बरको स्कुटर ठोक्किएको थियो । दुर्घटनामा स्कुटर चालक र पछाडि सवार दुवै जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा म्याग्दीको मंगला गाउँपालिका–९ दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै रघुगंगा गाउँपालिका–३ बस्ने २६ वर्षीय मोहन परियार रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र बोलेरो चालकलाई नियन्त्रणमा लिई उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।