पोखरामा जुवातास खेल्दै गरेका ९ जना पक्राउ

-


     क्लिक गण्डकी     
     असार ४ गते २०८३ मा प्रकाशित


जुवा तास

जुवा तास

पोखरा, ४ असार/ कास्की प्रहरीले पोखरा महानगरपालिका–१४ नयाँ एयरपोर्ट क्षेत्रबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ।

बुधबार दिउँसो करिब ४ बजे जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले ९ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट नगद ९१ हजार ५३५ रुपैयाँ र १ हजार ८३ वटा तासका पत्ती बरामद गरेको जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूमाथि “सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर” अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दा मा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले समाजमा अवाञ्छित गतिविधि नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिइने समेत जनाएको छ।