समाचार

जिल्ला प्रहरी कार्यालय कास्की तोडफोड र आगजनी गर्दा घाइते भएका एक जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय कास्की तोडफोड गर्दा घाइते एक जनाको मृत्यु
पोखरा, २९ भदौ/ जेनजी अन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय तोड्फोड्का क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ । चितवनको भरतपुर १० का ४३ वर्षीय विजय लामाको उपचारका क्रममा मृत्यु भएको हो । आगोले करिब ७० प्रतिशत शरीर जलेपछि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । अस्पताल प्रशासनले लामाको शुक्रबार बिहान मृत्यु भएको जनाएको छ । आन्दोलन उग्र बन्दै जाँदा प्रदर्शनकारीहरूले विभिन्न सरकारी कार्यालय तोडफोड र आगजनी गरेका थिए । कास्कीका अधिकांश कार्यालय ध्वस्त भएपछि… पुरा पढौ

मन्त्री विन्दुकुमार थापा भन्छन्ः भौतिक सम्पत्तिहरू जले, आत्मबल जल्न सक्दैन

विन्दुकुमार थापा
पोखरा, २९ भदौ/ जेनजी आन्दोलनको क्रममा पोखरामा सबैभन्दा बढी गण्डकीका सामाजिक विकास मन्त्री विन्दुकुमार थापा र उनको परिवार निशानामा परे । मन्त्री थापा परिवारको घरदेखि व्यावसायिक प्रतिष्ठानसम्म आगजनी भएको छ । पोखरा महानगरपालिकाबाट सुरु भएको आगजनीले सरकारी संरचनाहरुसँगै मन्त्री थापा लगायत केही रिसोर्ट, केही नेताका घरसम्म जले । नयाँबजारमा रहेको मन्त्रीको थापा र उनकै भाइ ध्रुवको घर तथा गाडी शोरुममा तोडफोड र लुटपाटमात्रै भएन, आगजनीबाट खण्डहर बन्यो । अंशुभरा ग्रुपमार्फत थापाकै छोरा सौगातले नेतृत्व गरेर चलाइरहेको लेकसाइडस्थित बगैंचा रिसोर्टमा पनि… पुरा पढौ

पोखरा महानगरपालिका असोज १ गते देखि सञ्चालन हुने

पोखरा महानगरपालिका
पोखरा, २९ भदौ/ जेनजी आन्दोलनबाट संरचनामा क्षति पुगे क्षतिको लगत संकलन गर्ने र क्षति नपुगेका संरचनाहरुबाट असोज १ गतेदेखि सेवा दिने पोखरा महानगरपालिकाले जनाएको छ । ५२ औं कार्यपालिका बैठकले आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाहरुमा भएको क्षतिको एकीन विवरण संकलन गर्ने र उचित ठाउँको व्यवस्थापन गरी सेवा दिने निर्णय गरेको हो । कार्यपालिकाको शनिबार बसेको भर्चुअल बैठकले असोज १ गतेबाट सरकारी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता तथा वडा नम्बर २५ का अध्यक्ष मोति तिमिल्सिनाले जानकारी दिए । जेनजीको आन्दोलनका… पुरा पढौ

पोखरामा हटाइयो कफ्र्यू र निषेधाज्ञा

पोखरामा हटाइयो कफ्र्यू र निषेधाज्ञा
पोखरा, २८ भदौ/ पोखरामा केही दिन देखी लगाइएको कफ्र्यू तथा निषोधाज्ञा हटाइएको छ । जिल्ला सुरक्षा समितिले निर्णय गरेर आज बिहान ९ बजेदेखि लागू हुनेगरि कफ्र्यू तथा निषेधाज्ञा हटाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । जेन–जी आन्दोलन पछि बिग्रिएको सुरक्षा अवस्थालाई हेरेर दिऊसोमा निषेधाज्ञा र राति कफ्र्यू लगाउँदै आइएको थियो । प्रमुख जिल्ला अधिकारी शर्माले जिल्लाको शान्ति सुरक्षामा सहयोग गर्न सबै सरोकारवाला सँग अनुरोध गरेकी छन् । पुरा पढौ

पोखराको फिर्केपुलमा जिप दुर्घटना

पोखराको फिर्केपुलमा जिप दुर्घटना
पोखरा, २८ भदौ/ पोखराका फिर्केपुलमा जिप दुर्घटना भएको छ । बाग्लुङबाट सर्पले टोकेको विरामीलाई लिएर आएको ग१च ८९४० नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनाबाट पुलको रेलिङ भाचिएको छ भने जिपमा क्षेती पुगेको छ । दुर्घटनमा चालक घाइते भएका छन् । सडक फराकीलो र पुल साघुरो हुदाँ त्यस ठाउँमा दुर्घटनाहरु हुने गरेका छन् । जेनजी आन्दोलनका क्रममा पुल छेउमा राखीएको संकत चिन्न समेत जलाएका कारण चालक अलमलमा परेका थिए । पुरा पढौ

गण्डकी सहित ४ प्रदेशमा भारी वर्षाको सम्भावना

चौबीस घन्टामा सबैभन्दा बढी पानी कास्कीको रिभान, १७ ठाउँमा भारी वर्षा
पोखरा, २८ भदौ/ मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेका कारण दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू–भागका केही तथा तराई भू–भागका थोेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख गरेको छ । गण्डकी, कोशी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशभर साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू–भागका थोरै स्थानहरूमा… पुरा पढौ

पोखराका होटलमा तोडफोड र आगजनीबाट तीन अर्ब रुपैयाँ क्षति

पोखराका होटलमा तोडफोड र आगजनीबाट तीन अर्ब रुपैयाँ क्षति
पोखरा, २७ भदौ/ हालै भएको जेन–जी आन्दोलनपछिका हिंसात्मक घटनाको क्रममा पोखराका होटल तथा रिसोर्ट लगायतका क्षेत्रमा भएको आक्रमणको क्रममा तीन अर्ब रुपैयाँ बढीको सम्पत्ती नोक्सानी भएको प्रारम्भिक आँकडा सार्वजनिक गरिएको छ । होटल संघ पोखरा नेपालका तर्फबाट अध्यक्ष लक्ष्मण सुवेदीले शुक्रबार जारी गरेको विज्ञप्तिमा आक्रमणको क्रममा तोडफोड तथा आगजनी हुँदा सो परिमाण बराबरको क्षति भएको उल्लेख गरिएको हो । विज्ञप्तिमा भनिएको छ, यस प्रकार पर्यटकीय प्रतिष्ठान माथि भएका घटनाको निष्पक्ष छानविन गरी उचित क्षतिपूर्ति दिलाउन सरकार लगायत इन्सुरेन्स कम्पनी र… पुरा पढौ

पोखरामा साझँ ७ बजे देखी भोली बिहान ५ बजे सम्म कफ्र्यु

पोखरा, २७ भदौ/ पोखरामा निषेधाज्ञा र कफ्र्यु कायमै राखिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा र कफ्र्यु आदेशलाई कायमै राखेको जानकारी दिएको हो । शुक्रबार बेलुका ७ बजे देखी शनिबार बिहान ५ सम्म कफ्र्यु कायमै रहेको बताएको छ । त्यस्तै शनिबार बिहान ५ बजेदेखी बिहान १० बजे सम्म अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने प्रशासनले जनाएको छ । जेनजी पुस्ताका युवाहरूले गत सोमबार र मंगलबार काठमाडौँ, पोखरा लगायत देशभर प्रदर्शन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका… पुरा पढौ

तनहुँमा दुई महिला मृत फेला

तनहुँ, २७ भदौ/ तनहुँमा दुई महिला मृत अवस्थामा फेला परेका छन् । सेती नदी र बुल्दीखोलामा दुई महिला मृतअवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । व्यास नगरपालिका–३ देउरालीनगर स्थित सेती नदीमा एक वृद्धाको शव फेलापरेको छ । नदी किनारमा अन्दाजी ५५–६० वर्षीया वृद्धाको शव फेलापरेको हो । स्थानीयवासीको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले महिलाको शवको मुचुल्कासमेतको प्रारम्भिक कार्य गरी शव परीक्षणका लागि प्रदेश अस्पताल दमौलीमा राखिएको छ । त्यसैगरी, व्यास नगरपालिका–१ तालघरेस्थित बुल्दीखोलामा एक महिलाको शव फेलापरेको… पुरा पढौ

पोखरामा निषेधाज्ञा र कफ्र्यु कायमै

पोखरामा निषेधाज्ञा र कफ्र्यु कायमै
पोखरा, २६ भदौ/ पोखरामा निषेधाज्ञा र कफ्र्यु कायमै राखिएको छ । बिहीबार जिल्ल प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा र कफ्र्यु आदेशलाई कायमै राखेको जानकारी दिएको हो । बिहीबार बेलुका ७ बजे देखी शुक्रबार बिहान ५ सम्म कफ्र्यु कायमै रहेको बताएको छ । त्यस्तै शुक्रबार बिहान ४ बजेदेखी बिहान १० बजे सम्म अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने प्रशासनले जनाएको छ । जेनजी पुस्ताका युवाहरूले गत सोमबार र मंगलबार काठमाडौँ, पोखरा लगायत देशभर प्रदर्शन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका… पुरा पढौ