पोखरामा सासूमाथि चक्कु प्रहार गर्ने ज्वाइँलाई म्याद थप

-


     क्लिक गण्डकी     
     असार ४ गते २०८३ मा प्रकाशित


पोखराको विरौटामा महिलामाथी चक्कु प्रहार, एक जना पक्राउ

पोखराको विरौटामा महिलामाथी चक्कु प्रहार, एक जना पक्राउ

पोखरा, ४ असार/ पोखरा महानगरपालिका–१७ राममन्दिर नजिक एक महिलामाथि चक्कु प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार मंगलबार अपराह्न करिब ४ः११ बजे लेनदेनको विषयलाई लिएर भएको विवादका क्रममा पोखरा–२८ माझठाना घर भई हाल पोखरा–१७ बिरौटामा बस्दै आएकी ४७ वर्षीया मुना तिवारीमाथि उनका आफ्नै ज्वाइँले चक्कु प्रहार गरेका थिए।

घटनाको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले घाइते तिवारीलाई उपचारका लागि तत्काल नोबेल अस्पताल पुर्‍याएको थियो।

त्यहाँबाट थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ। उनको पेट, ढाड तथा छातीमा चोट लागेको छ भने स्वास्थ्य अवस्था मध्यम रहेको र उपचार जारी रहेको बताइएको छ।

घटनामा संलग्न जिल्ला लमजुङ मध्यनेपाल नगरपालिका–२ घर भएका ४३ वर्षीय ध्रुवराज अधिकारीलाई प्रहरीले घटनामा प्रयोग गरिएको चक्कुसहित पक्राउ गरेको छ।

प्रहरीले अधिकारीविरुद्ध ‘ज्यान मार्ने उद्योग’ सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। यस सम्बन्धमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।