समाचार

पोखराबाट काठमाडौँ जाँदै गरेको बस धादिङमा दुर्घटना, १७ जनाको मृत्यु, २८ जना घाइते (नाम सहित)

धादिङमा दुर्घटना
पोखरा, ११ फागुन/ पोखराबाट काठमाडौं जादै गरेको माछापुच्छ्रे ट्राभल्सको बस दुर्घटनामा १७ मृत्यु, २८ घाइते, जम्मा यात्रु ४६, पोखराबाट चढेको ४३, मुग्लिनबाट चढेका २ वा ३ यकिन नभएको घाइतेको विवरण पुरा पढौ

पोखराबाट काठमाडौं जादै गरेको रात्री बस दुर्घटना, १७ जनाको मृत्यु

पोखराबाट काठमाडौं जादै गरेको रात्री बस दुर्घटना, १७ जनाको मृत्यु
पोखरा, ११ फागुन/ पोखराबाट काठमाडौं जादै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर २४ जना घाइते भएका छन् । राति करिब साढे १ बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी राजमार्गमा ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशूली नदीको किनारमा खसी दुर्घटना भएको थियो । सडकबाट करिब ३ सय मिटर तल बस खसेको थियो । दुर्घटना हुदाँ बसमा ४६ जना यात्रुहरु रहेको अनुमान गरिएको छ ।अन्यको खोज तथा उद्धार कार्य जारी रहेको… पुरा पढौ

फेवातालमा डुङ्गा चालकहरूको मापसे तथा लापसे चेकजाँच, ५ जना नियन्त्रणमा

फेवातालमा डुङ्गा चालकहरूको मापसे तथा लापसे चेकजाँच, ५ जना नियन्त्रणमा
पोखरा, १० फागुन/ सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडस्थित फेवातालमा सञ्चालनमा रहेका डुङ्गा चालकहरूसँग अन्तरक्रिया तथा मापसे (मादक पदार्थ सेवन) र लापसे (लागू औषध सेवन) सम्बन्धी चेकजाँच गरिएको छ। चेकजाँचका क्रममा ४५ जना डुङ्गा चालकहरूको परीक्षण गर्दा ४ जनाले लागू औषध सेवन गरेको तथा १ जनाले मादक पदार्थ सेवन गरी डुङ्गा सञ्चालन गरेको पाइएको प्रहरीले जानकारी दिएको छ । मापसे तथा लापसे गरेको पुष्टि भएका ५… पुरा पढौ

घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक पुन प्रथम

घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक पुन प्रथम
पोखरा, १० फागुन/ कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सव शनिबार सकिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा बुधबारदेखि सुरु भएको महोत्सवको शनिबार सकिएको हो । महोत्सवको अवसरमा आयोजित राष्ट्रव्यापी अन्तरपालिका खुल्ला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जलजला गाउँपालिका पर्वतले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा जलजला गाउँपालिका पर्वतले अन्नपूर्ण गाउँपालिका म्याग्दीलाई ६५–६१ स्कोरले पराजित गरेको हो । विजेता जलजला पर्वतले १ लाख ६६ हजार ६ सय ६६, उपविजेता अन्नपूर्ण… पुरा पढौ

फोटो पत्रकार अक्षयकोषमा सहारा अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलको सहयोग

फोटो पत्रकार अक्षयकोषमा सहारा अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलको सहयोग
पोखरा, ७ फागुन / नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले आर्थिक सहयोग गरेका छन् । व्यवसायसँगै सामाजिक सेवामा सक्रिय पौडेलले अक्षयकोषका लागि नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन् । सहारा क्लब पोखराले सञ्चालन गरेको आरा रारा पोखरा गोल्डकपमा सहभागी भएको समयमा पौडेलले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । हिमाअस एजुकेशनका प्रवन्ध निर्देशक समेत रहेका पौडेल आहारारा पोखरा गोल्डकपका लागि… पुरा पढौ

पोखरामा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने थप ५ जना चालक पक्राउ

पोखरामा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच चालक पक्राउ
पोखरा, ५ फागुन/ मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पोखराका थप ५ जना चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी चेकिङ टोलीले ५ जनालाई पक्राउ गरेको हो । मंगलबार बिहान स्कुल बसका चालकहरूको जाँच गर्दा पाँच जना चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएकाले उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले रत्न ज्योति बोडिङ स्कुलको ग १ क ५९६२ नम्बरका बस चालक,… पुरा पढौ

पोखरामा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच चालक पक्राउ

पोखरामा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच चालक पक्राउ
पोखरा, ४ फागुन । कास्की प्रहरीले मादक पदार्थ सेवन गरी स्कूल बस चलाएका पोखराका पाँचवटा विद्यालयका बस चालकहरूलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार बिहान विभिन्न स्थानमा स्कूल बसहरूको विशेष चेकजाँच गर्दा पाँच जना चालकले मादक पदार्थ सेवन गरेको फेला परेको हो । ट्राफिक प्रहरी सहितको संयुक्त टोलीले गरेको जाँचका क्रममा चालकहरूले मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । पक्राउ पर्ने चालकहरूमा कुमुदिनी होम्स बोर्डिङ स्कूलको… पुरा पढौ

पोखरा महानगरले रातोमाटो डाँडामा अनुमति विना निर्माण गरिएका अस्थायी संरचना हटाइयो

पोखरा महानगरले रातोमाटो डाँडामा अनुमति विना निर्माण गरिएका अस्थायी संरचना हटाइयो
पोखरा, ४ फागुन/ पोखरा महानगरपालिका वडा नम्बर १८ को सेदी र रातोमाटो डाँडा क्षेत्रमा अनुमति विना निर्माण गरिएका अस्थायी संरचना हटाइएको छ। महानगरपालिकाका अनुसार केही व्यक्तिहरूले महानगरको स्वीकृति विना अस्थायी संरचना निर्माण गरेको सूचना प्राप्त भएपछि महानगरीय प्रहरी टोलीले पटक–पटक निर्माण कार्य रोक्का राख्दै निर्माण सामग्री समेत नियन्त्रणमा लिएको थियो। तर, सम्बन्धित व्यक्तिहरूले रातिको समय तथा सार्वजनिक बिदाको दिनमा समेत निर्माण कार्य जारी राखेको पछि सोमबार प्रहरीको टोलीले हटाएको हो । नेपाल प्रहरी र महानगरीय प्रहरीको संयुक्त टोलीले उक्त अवैध… पुरा पढौ

क्रियापुत्री भवन निर्माणका लागि जरेवर उज्वल दिदी बहिनी समुहको ५ लाख सहयोग

क्रियापुत्री भवन निर्माणका लागि जरेवर उज्वल दिदी बहिनी समुहको ५ लाख सहयोग
पोखरा, ४ फागुन/ पोखरा वडा नम्बर ५, ६, ७ र १८ को संगम स्थल बासेको पधेरोमा आवासिय क्रियापुत्री भवन निर्माणका लागि सहयोग आएको छ । पोखरा ६ को जरेवर उज्वल दिदी बहिनी समूहले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ । जरेवर उज्वल दिदी बहिनी समूहकी अध्यक्ष शान्ति पौडेलले क्रियापुत्री भवन निर्माण समितिका अध्यक्ष ठाकुरप्रसाद बराललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिन् । आवासिय क्रियापुत्री भवन नहुँदा बिभिन्न जिल्लाबाट पोखरामा आएर व्यपार, व्यवसाय गर्ने र स्थानीय… पुरा पढौ

पोखरा ५ प्रस्याङमा सन्तानेश्वर मन्दिर पुननिर्माणको शिलान्यास, १ करोड ६५ लाख लाग्ने

पोखरा ५ प्रस्याङमा सन्तानेश्वर मन्दिर पुननिर्माणको शिलान्यास, १ करोड ६५ लाख लाग्ने
पोखरा, ३ फागुन/ पोखरा महानगरपालिका वडा नम्बर ५ मा प्रस्याङमा रहेको सन्तानेश्वर महादेव मन्दिरको पुनर्निमाणका लागि शिलान्यास भएको छ । शिवरात्रीको अवसर पारेर मन्दिर पुनर्निर्माणको शिलान्यास पोखरा–५ का वडा अध्यक्ष विष्णु प्रसाद बराल गरे । वडा अध्यक्ष बरालले प्रस्याङ पार्कलाई व्यवस्तिथ गर्न गुरु योजना तयार गरिएको बताए । उनले यस पार्कमा रहेको सन्तानेश्वर महादेव मन्दिरलाई पोखरा ५ को प्रमुख धार्मिक स्थल बनाउने बताए । मन्दिरको पुननिर्माण महानगरको योजना र स्थानीयको सहयोगमा गर्ने योजना छ । मन्दिर पुननिर्माण कार्यका लागि १… पुरा पढौ

This will close in 10 seconds