भारतीय प्रधानमन्त्री मोदी छिट्टै नेपाल भ्रमण आउने चाहना, मोदीले के के भने ?

-


     क्लिक गण्डकी     
     जेठ २१ गते २०८३ मा प्रकाशित


भारतीय प्रधानमन्त्री मोदी छिट्टै नेपाल भ्रमण आउने चाहना, मोदीले के के भने ?

भारतीय प्रधानमन्त्री मोदी छिट्टै नेपाल भ्रमण आउने चाहना, मोदीले के के भने ?

पोखरा, २१ जेठ/ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘छिट्टै’ नेपाल भ्रमण गर्ने चाहना व्यक्त गरेका छन् । नेपाल भ्रमणका क्रममा लुम्बिनी पनि पुग्ने उनको योजना छ ।

भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछानेसँग हैदरावाद हाउसमा भएको भेटवार्तामा लामिछानेले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । जवाफमा मोदीले ‘आफू छिट्टै नेपाल भ्रमणमा आउन चाहेको’ जवाफ दिएको भेटमा सहभागी एक नेताले जानकारी दिए । नेपाल आउँदा लुम्बिनी पनि पुग्ने मोदीको योजना छ ।

‘भेटमा सहभागी नेताका अनुसार, करिव एक घण्टा लामो भेटवार्तामा मोदी र लामिछानेका बीचमा नेपालको राजनीति र आर्थिक विकासका बारेमा खुलेर छलफल भएको थियो । ‘नेपाल बन्छ भन्नेमा हामी विश्वस्त छौं, त्यसबाट भारतले पनि लाभ लिन सक्छ’ मोदीको भनाइ उद्धृत गर्दै ती नेताले भने ।

भेटमा रास्वपा सभापति लामिछानेले पछिल्ला वर्षहरुमा भारतले विकासमा जुन फड्को मार्यो, त्यसको प्रशंसा गरे । रविले भनेका थिए– भारतको आर्थिक विकासबाट खुला सीमा भएको नेपालले धेरै लाभ लिन सक्थ्यो, सकेनौं, हामी आफ्नै कारणले पछि पर्यौं, अब हामीलाई त्यो हुने छुट छैन ।’

लामिछानेले, नेपालले अब भारतसँग स्पष्टसँग साझेदारी गरेर आथिृक विकासमा लाभ लिन चाहेको र यसमा भारतले सहयोग गरोस् भन्ने चाहेको पनि बताए । ‘ विशेषगरी आइटीका क्षेत्रमा भारतले ठूला लगानी गरेको छ, यसबाट नेपालले लाभ लिन सक्छ, भारतले सहयोग गर्नुपर्यो’ रविको भनाइ थियो ।

भेटमा सहभागी ती नेताका अनुसार, भारतले ‘डेभलेपमेन्ट डिप्लोमेसीलाई स्वीकार गरेको छ, अब दुई देशका सरकारका बीचमा हुने संवादबाट त्यसको मोडालिटी तय हुने छ।’

रास्वपा सभापति रवि लामिछानेको यो भ्रमणका क्रममा भारतले नेपालका कतिपय क्षेत्रमा भारतका तर्फबाट भएका कतिपय लगानी अलपत्र परेको विषयमा ध्यानाकर्षण गराएको छ ।