समाचार

गाडीको ठक्करबाट स्कुटरमा सवार २ जनाको मृत्यु

गाडीको ठक्करबाट स्कुटरमा सवार २ जनाको मृत्यु
दमौली, २८ चैत/ तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा शनिबार दिउँसो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा११च ७३६५ नम्बरको टोयोटा गाडीले डिभाइडर नाघेर आफ्नै लेनबाट जाँदै गरेको ग१९प २९८८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । स्कुटरमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गाडीको ठक्करबाट घाइतेमध्ये एक जनाको पोखरास्थित गण्डकी मेडिकल कलेज र एक जनाको तनहुँ सेवा अस्पताल दुलेगौंडामा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने गाडी चालकलाई प्रहरीले… पुरा पढौ

पोखराकी सिर्जनालाई हत्या भाञ्जाले गरेको खुल्यो, दुई जना पक्राउ

पोखराकी सिर्जनालाई हत्या भाञ्जाले गरेको खुल्यो, दुई जना पक्राउ
पोखरा, २७ चैत/ पोखरा महानगरपालिका– ८, सभागृहचोकमा बुधबार हत्या भएकी सिर्जना पौडेल केसीलाई आफ्न्तले नै खुडा प्रहार गरेर हत्या गरेको खुलेको छ । प्रहरीले घटना लगत्तै गरेको प्रारम्भिक अनुसन्धानमा पारिवारिक कलहको शिकार भएर हत्या भएको खुलेको हो । उनको हत्यामा संलग्न भाञ्जा नाता पर्ने सन्तोष भन्ने शिशिर केसी र उनका साथी कुशल परियारलाई प्रहरीले नियन्त्रणमा लिइ शुक्रबार सार्वजनीक गरेको छ । पर्वत कुश्मा नगरपालिका वडा नम्बर ११ शिल्मी स्थायी ठेगाना भएका २७ वर्षीय केसीलाई प्रहरीले बुटवल– २ मनकामना टोलबाट पक्राउ… पुरा पढौ

पोखरामा धारिलो हतियार प्रहार गरी महिलाको हत्या, प्रहार गर्ने मोटरसाइकल चढेर फरार

पोखराको सभागृहचोकमा महिलाको हत्या
पोखरा, २५ चैत/ पोखराको सभागृहचोकमा एक महिलाको हत्या भएको छ । बुधबार साँझ ७ बजेर भएको सो घटनामा एक युवकले महिलाको टाउकोको पछाडिबाट धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् । पोखरा–८, सहभागृहचोकदेखि शिवालयचोकतर्फ जाने बाटोमा दायाँतर्फ सडकपेटीमा उभिरहेकी ती युवतीमाथि हतियार प्रहार गरेर युवक मोटरसाइकल चढेर भागेको प्रत्यक्षदर्शीले बताए । हत्या हुनेमा पोखरा ५, मालेपाटन निवासी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री रहेको प्रहरीले बताए । प्रहारबाट उनी चिच्चाउँदै ढलेकी थिइन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी… पुरा पढौ

पोखराको सभागृह चोकमा महिलामाथि धारिलो हतियार प्रहार, अवस्था गम्भीर

पोखराको सभागृहचोकमा महिलाको हत्या
पोखरा, २५ चैत/ पोखरा सभागृह चोकमा एक महिलालाई धारिलो हतियार प्रहार गरी फरार भएका छन् । पोखरा ५ मालेपाटनकी एक महिलालाई धारिलो हतियार प्रहार गरी फरार भएको प्रहरीले जानकारी दिएको छ । हतियार प्रहारबाट मालेपाटन बस्दै आएकी ४२ वर्षीया सिर्जना पौडेल केसी गम्भीर घाइते भएको र उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । सभागृह चोकमा बुधबार ७ बजे एक अपरिचित पुरुषले केसीलाई धारिलो हतियार प्रहार गरी फरार रहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भिर रहेको… पुरा पढौ

फेवातालको चार किल्लाभित्रको जग्गाको अध्ययन गर्न समिति बन्यो

फेवाताल
पोखरा, २३ चैत/ सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको अहिलेको स्थिति एकिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । समितिले फेवातालको चार किल्ला सिमाना भित्रको जग्गाको हालको अवस्था र निर्माण भएका संरचना लगायतको अध्ययन गर्ने छ । फेवातालको क्षेत्रभित्र पर्ने सम्पूर्ण कित्ता जग्गाको यथार्थ विवरण संकलगरी अभिलेखीकरण कार्य गर्नेछ । ताल क्षेत्रभित्र परेका निजी तथा सरकारी जग्गाको अवस्था,… पुरा पढौ

पोखरामा जुवातास खेल्ने ८ जना पक्राउ

जुवा तास
पोखरा, २२ चैत/ जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ । शनिबार पोखरा महानगरपालिका वडा नं. १४ स्थित चाउथे क्षेत्रमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले जुवातास खेल्ने–खेलाउने ८ जनालाई पक्राउ गरेको हो । उनीको साथबाट २ लाख ३३ हजार ५ सय र ४ बुक तास समेत बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरू माथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित,… पुरा पढौ

फेवाताल किनारका संरचना हटाउन १५ दिने अल्टिमेटम

पोखरा महानगरपालिका
पोखरा, २१ चैत/ पोखरा महानगरपालिकाले फेवातालको मापदण्डमा भित्र भएका बाँकी संरचना हटाउन १५ दिने भित्र हटाउने अल्टिमेटम जारी गरेको छ । शनिबार एक विज्ञप्ति जारी गरी महानगरले भत्काउन बाँकी रहेका सबै संरचना १५ दिनभित्र हटाइसक्न आदेश दिएको हो ।सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा महानगरको समेत सक्रियतामा प्रहरी लगाएर ३२ वटा अस्थायी संरचनामा डोजर लगाइएको छ । ‘तालको सीमाङ्कन कार्य सम्पन्न भइसकेपछि पनि सर्वोच्च अदालतबाट कायम गरिएको जल सतहको उच्चतम बिन्दुबाट ६५ मिटर भित्र पर्ने क्षेत्रमा रातारात संरचनाहरू निर्माण भएको… पुरा पढौ

फेवाताल मापदण्डमा परेका संरचना भत्काउन सुरु, वाटर फ्रण्ट रिसोर्टको स्वीमिङ पुल डोजर

फेवाताल मापदण्डमा परेका संरचना भत्काउन सुरु, वाटर फ्रण्ट रिसोर्टको स्वीमिङ पुल डोजर
पोखरा, २१ चैत/ सरकारले फेवाताल छेउछाउमा मापदण्डमा परेका घर टहरा भत्काउन सुरू गरेको छ । सरकार र पोखरा महानगरपालिकाले टोलीले शनिबार बिहान डोजर लगाएर फेलाताल छेउछाउका मापदण्डमा परेका टहरा भत्काएका हो । शनिबार बिहान ३२ वटा टहराहरू डोजर लगाएर भत्काइएको महानगरले जानकारी दिएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी, महानगर प्रहरी प्रहरी सहित टोली दुईवटा डोजर लिएर टहराहरू भत्काउन झिस्मिसेमै पुगेको थियो । नवगठित संघीय सरकारले फेवातालको मापदण्डमा परेका संरचना बारे १०० कार्यसूचीमा फेवातालको विषय उल्लेख गरिएको थियो । पोखरा… पुरा पढौ

पेट्रोलको मूल्य रेकर्ड, पोखरा कति पुग्यो ?

पोखरा, २० चैत/ पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि भएको छ । नेपाल आयल निगमले बिहीबार राति १२ बजेपछि लागू हुने गरी मूल्य वृद्धि गरेको हो । पेट्रोल र डिजेलमा १५–१५ रुपैयाँ वृद्धि भएको निगमले जनाएको छ । नयाँ मुल्य अनुसार पेट्रोल अहिले सम्मकै सबै भन्दा बढि मूल्य हो । यस अगाडी २०७९ असारमा पेट्रोलको मूल्य १९९ पुगेको थियो भने डिजेलको मूल्य १९२ पुगेको थियो । बिहीबारको मूल्य बृद्धि पछि नेपालमा पेट्रोलको मूल्य २०२ पुगेको छ भने डिजेलको मूल्य १८२ पुगेको… पुरा पढौ

लायन्स क्लब अफ पोखरा मार्दीको अध्यक्षमा उमाकान्त रिजाल चयन

लायन्स क्लब अफ पोखरा मार्दीको अध्यक्षमा उमाकान्त रिजाल चयन
पोखरा, १९ चैत/ लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल अन्तर्गत लायन्स क्लब अफ पोखरा मार्दीको लायन वर्ष २०२६/२७ का लागि नयाँ नेतृत्व चयन गरेको छ । क्लबको अध्यक्षमा उमाकान्त रिजाल चयन भएका छन् । त्यसैगरी प्रथम उपाध्यक्षमा विष्णु प्रसाद अधिकारी, द्वितीय उपाध्यक्षमा अर्जुन प्रसाद पौडेल, सचिवमा पंकज कुमार धामी चयन भएका छन् । यसैगरी सह सचिवमा लायन अर्जुन बहादुर क्षेत्री, कोषाध्यक्षमा खिम बहादुर भुजेल(कुमार), क्लब एड्मनिस्टेटर मनोज कुमार अधिकारी र श्याम प्रसाद भुषाल, सदस्यता वृद्धि प्रमुखमा अर्जुन बास्तोला, एलसीआईएफ कोअर्डिनेटरमा नारायण… पुरा पढौ