पोखरामा सार्वजनिक स्थानमा झै–झगडा गर्ने ४ जना पक्राउ

-


     क्लिक गण्डकी     
     जेठ ८ गते २०८३ मा प्रकाशित


पोखरामा सार्वजनिक स्थानमा झै–झगडा गर्ने ४ जना पक्राउ

पोखरामा सार्वजनिक स्थानमा झै–झगडा गर्ने ४ जना पक्राउ

पोखरा, ८ जेठ/ पोखरामा जेठ ७ गते दिउँसो करिब ११ बजे पोखरा महानगरपालिका वडा नंम्बर ९ नयाँबजार क्षेत्रमा दुई समूहबीच झै–झगडा भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

घटनाको खोजतलासका क्रममा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले झै–झगडामा संलग्न चार जनालाई जेठ ८ गते पृथ्वीचोकबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरू सवारी साधनमा हेल्परको काम गर्ने व्यक्तिहरू हुन्। खाजा खाने विषयमा सामान्य विवाद हुँदा उनीहरूबीच झै–झगडा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका–१२ निवासी ३२ वर्षीय विजय अधिकारी, धादिङ त्रिपुरासुन्धरी नगरपालिका–२ निवासी २२ वर्षीय राजकुमार परियार, स्याङ्जा पुतलीबजार नगरपालिका–२ निवासी २४ वर्षीय सुजन परियार र पोखरा महानगरपालिका–१३ मियापाटन निवासी २३ वर्षीय निरज आले मगर रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।