समाचार

पोखरामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम सुरु

पोखरामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम सुरु
पोखरा, २७ जेठ/ ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा पोखरामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम सुरु भएको छ । पोखरा–६ बैदाममा रहेको ताल बराही माध्यामिक विद्यालयमा संचालन हुने तालिमको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणि राज लामिछानेले उद्याटन गरे । कार्यक्रममा बोल्दै लामिछानेले पोखरा आउने पर्यटकको चाप बढ्ने बताए । पर्यटकको संख्या बृद्धि भएसगै पदयात्राका लागि दक्ष जनशक्ती पनि आवश्यक हुने उनको भनाई थियो । पोखरा विमानस्थलबाट अन्तराष्ट्रिय उडानको पहल भइरहेको र भविष्यमा विदेशबाट सिधै… पुरा पढौ

पोखराको सृजनाचोक नजिकै दुर्घटना

पोखराको सृजनाचोक नजिकै दुर्घटना
पोखरा, २६ जेठ/ पोखराको सृजनाचोक नजिकै दुर्घटना भएको छ । सृजनाचोकबाट जिरोकिलोमिटर तर्फ आउदै गरेको ग१ख ३६८९ नम्बरको नगर बसमा कार ठोकिएको हो । ग४च ६०८ नम्बरको इभि कार हेन्डिल लक्क भएपछि घुमेर बसमा ठोकिएको हो । दुर्घटनाबाट कार र बस दुबै क्षति भएको छ । कार चालक सामान्य घाइते भएका छन् । पुरा पढौ

नेपालमा पर्यटक बढि ल्याउन भिसा सहज बनाउनु पर्दछ– हङकङ डिस्ट्रिक्ट काउन्सिलर गुरुङ

हङकङकी डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङ
पोखरा, २६ जेठ/ हङकङकी डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङले नेपाल पर्यटक बढाउनका लागि भिजा प्रक्रिया सहज बनाउनु पर्ने बताएकी छन् । पोखरा पर्यटन परिषद्ले पोखरामा आयोजना गरेको स्वागत कार्यक्रममा गुरुङ नेपाल हङकङबाट पर्यटक बढाउने हो भने भिसा दिने प्रक्रिया सहज बनाउनु पर्ने बताइन् । उनले नेपाल आउनका लागि ६ हप्ता पहिल नै भिसा एप्लाई गर्नु पर्ने अहिलेको प्रक्रियालाई सहज बनाउनु पर्ने उनको भनाई छ । सके अनएराइभल भिसा दिए हुन्छ उनले भनिन् नभए एक हप्ता भन्दा लामो समय लाग्ने प्रक्रियालाई सहज… पुरा पढौ

फेवा संरक्षणको कदमप्रति होटल संघद्वारा स्वागत

फेवातालको सिमानामा पोल गाड्न शुरु, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र मयेर धनराज आचार्य विरुद्ध नाराबाजी
पोखरा, २६ जेठ / सर्वोच्च अदालतको फैसला र आदेशपछि फेवा ताल संरक्षणका लागि पछिल्लोपटक चालिएका कदमप्रति होटल संघले स्वागत व्यक्त गरेको छ । होटल संघ नेपाल गण्डकी र होटल संघ पोखरा नेपालका तर्फबाट हालै एक संयुक्त विज्ञप्ति जारी गर्दै फेवातालको संरक्षणका लागि चालिएका हरेक कदमप्रति संघको साथ रहने जनाइएको छ । संघको गण्डकी शाखाका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे र संघको पोखरा शाखाका अध्यक्ष लक्ष्मण सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ– निकै ढिला गरेर भए पनि फेवातालको सिमांकन गरेर संरक्षण गर्न… पुरा पढौ

पोखराको वन क्याम्पस नजिक युवकको हत्या

पोखरा, २६ जेठ/ पोखरा महानगरपालिका–१५ वन विज्ञान अध्ययन संस्थान नजिक एक युवकको हत्या भएको छ । वन विज्ञान अध्ययन संस्थान नजिकै घन प्रहार गरेर हत्या गरेको अवस्थामा अन्दाजी ३०/३५ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरी बहादुर बस्नेतले जानकारी दिए । अहिले प्रहरीले घटनास्थलमा अनुसन्धान थालेको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको घन प्रहार गर्ने व्यक्ति को हुन् भने बारे अनुसन्धान थालेको बताए । पुरा पढौ

सडकको डिभाइडरमा कार ठोकिदा युवकको मृत्यु , तीन घाइते

दुर्घटना
वीरगन्ज, २५ जेठ/ वीरगन्जमा भएको कार दुर्घटनामा युवकको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् । वीरगन्ज महानगरपालिका–१४ पिपरास्थित रेनुका पेट्रोल पम्प नजिक दिउँसो सवा ३ बजेतिर गण्डक चोकबाट नयाँ बसपार्कतर्फ जाँदै गरेको बीआर ५५ बी ९१०४ नम्बरको भारतीय कार अनियन्त्रित भई सडकको डिभाइडरमा ठोकिएको थियो । दुर्घटनामा घाइते भएका भारतको बिहारको नरकटीयागञ्जका अन्दाजी ३० वर्षीय बिटु सर्राफको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा कारका चालक नरकटीयागञ्जकै ४० वर्षीय गणेश सर्राफ, कारमा सवार त्यही… पुरा पढौ

मोटरसाइकल दुर्घटना सशस्त्र प्रहरी नायव निरीक्षकको मृत्यु

मोटरसाइकल दुर्घटना सशस्त्र प्रहरी नायव निरीक्षकको मृत्यु
झापा, २५ जेठ/ मोटरसाइकल दुर्घटनामा परी झापामा सशस्त्र प्रहरी नायव निरीक्षक (सई) को मृत्यु भएको छ । मोटरसाइकल चालक मोरङ कानेपोखरी गाउँपालिका–४ बस्ने हाल इलाम बीओपी समालबुङ पोस्टमा कार्यरत ४८ वर्षीय सशस्त्र प्रहरी नायव निरीक्षक (सई) पूरणलाल राजवंशीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । शनिबार साँझ ७ः५५ बजेको समयमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कमल गाउँपालिका–३ स्थित सानो केर्खामा उनी सवार प्र १–०२–००५२ प ७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । उनी घर बिदा पूरा गरी ब्यारेकतर्फ जाँदै गर्दा… पुरा पढौ

पोखरा २३ मकनपुरमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न व्यवसायीको पदयात्रा

पोखरा २३ मकनपुरमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न व्यवसायीको पदयात्रा
पोखरा, २४ जेठ/ पोखरा २३ मकनपुरमा आन्तरिक पर्यटक प्रवद्र्धन गर्न पोखराका पर्यटन व्यवसायीले पदयात्रा गरेका छन् । भिजिट पोखरा २०२५ को आयोजनामा भएको कार्यक्रममा पोखराका विभिन्न संघ संस्थाका अध्यक्ष र पर्यटन व्यवसायीको सहभागीता रहेको थियो । मकनपुरमा भएका होमस्टे, पञ्चासे क्षेत्रमा रहेका धार्मिक, सास्कृतीक र होमस्टेहरुको प्रवद्र्धन गर्न उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो । भिजिट पोखरा २०२५ कार्यान्वयन समितिका संयोजक गोपी भट्टराईले पञ्चासे क्षेत्रमा रहेका ग्रामीण होमस्टेले पर्यटकलाई स्थानीय जीवनशैली जान्ने बताए । उनले मौलिक सांस्कृतिक प्रस्तुति र परम्परागत जडीबुटीहरु… पुरा पढौ

टेवानको अध्यक्षमा शोभा पाण्डे निर्वाचित

टेवानको अध्यक्षमा शोभा पाण्डे निर्वाचित
पोखरा, २२ जेठ/ टेवानको चौथो अधिवेशनबाट शोभा न्यौपाने पाण्डे सर्वसम्मत् निर्वाचित भएकी छन् । लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशील पाण्डे होटल एड्मायरकी संचालक हुन् । निवर्तमान अध्यक्षमा कमला गिरी, उपाध्यक्ष अनिता खड्का भट्टराई, महासचिव शोभा अधिकारी पौडेल, सचिव शान्ता सुवेदी तिमिल्सिना र कोषाध्यक्ष शारदा लम्साल चयन भए । वरिष्ठ सदस्यमा कमला गुरुङ छन् भने सदस्यमा मीना बराल लामा, विष्णुमाया गुरुङ, ज्ञानु श्रेष्ठ, सुधा सुवेदी बराल र जया कार्की सर्वसम्मत् चयन भए । कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ । निर्वाचन समिति… पुरा पढौ

हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कारबाट तुलाचन र गुरूङ पुरस्कृत

हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कारबाट तुलाचन र गुरूङ पुरस्कृत
पोखरा, २२ जेठ/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लगानीका लागि रातो कार्पेट ओेछ्याएर निजी क्षेत्रको स्वागत गर्नुपर्ने बताए । उनले नीजि क्षेत्रले कर छलि गर्न नसक्ने गरी कानुन बनाउनु पर्ने, श्रमशोषण गर्न नसक्ने र उपभोक्तालाई बढि मुल्य लिन नपाइने गरी सरकारले व्यवस्था गनुपर्ने बताए । बिहीबार पर्यटन व्यवसायी महिला संघ नेपालको सातौं साधारण सभा तथा चौथो साधारणसभा पाण्डेले होटलको मापदण्ड बनाउने देखि लिएर पर्यटन ऐन, नागरिक उड्डयन ऐन बनाउन सरकार लागि परेको बताए । उनले सातै प्रदेशमा पर्यटन… पुरा पढौ