कास्की प्रहरी प्रमुखमा श्यामबाबु ओलीयाको सरुवा नविन कार्की आउदै

-


     क्लिक गण्डकी     
     असाेज २ गते २०८२ मा प्रकाशित


कास्की प्रहरी प्रमुखमा श्यामबाबु ओलीयाको सरुवा नविन कार्की आउदै

कास्की प्रहरी प्रमुखमा श्यामबाबु ओलीयाको सरुवा नविन कार्की आउदै

पोखरा, २ असोज/ प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा गरेको छ । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले भदौ ३१ गते गरेको निर्णय अनुसार काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका ४८ जना एसपीको सरूवा भएका हुन् ।

काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहरालाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. २ नक्साल सरूवा गरिएको छ ।
त्यस गरी कास्की प्रहरी प्रमुख श्यामबाबु ओलीयाको सरुवा भएको छ ।

उनका ठाउँमा नविन कार्की कास्की प्रहरी प्रमुख भएर आउने भएका छन् । नविन कार्की यस अगाडी पनि कास्कीमा रहेर काम गरिसकेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीलाई जिल्ला प्रहरी कार्यालय बाँके सरूवा गरिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सरूवा गरिएको छ।

केन्द्रीय अनुसन्धान ब्युरोका एसपी नरेन्द्र चन्दलाई जिल्ला प्रहरी कार्यालय कैलाली सरूवा गरिएको छ ।



Tags: