पोखराको विन्ध्यवासिनीमा दुर्घटनाः सासुको मृत्यु, बुहारी घाइते

-

     क्लिक गण्डकी     
     असाेज ९ गते २०८२ मा प्रकाशित

पोखराको विन्ध्यवासिनीमा दुर्घटनाः सासुको मृत्यु, बुहारी घाइते

पोखराको विन्ध्यवासिनीमा दुर्घटनाः सासुको मृत्यु, बुहारी घाइते

पोखरा, ९ असोज/ पोखरामा भएका दुई छुट्टाछुटै दुर्घटनामा पनि २ जनाको मृत्यु भएको छ । विन्ध्यवासिनी र छोरेपाटनमा सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको हो ।

विन्ध्यवासिनी नजिकै भएको दुर्घटनामा १ जनाको ज्यान गएको छ । सासु र बुहारी सवार स्कुटरमा च्यांग्रा बोकेको गाडीले ठक्कर दिँदा सासुको घटनास्थलमै ज्यान गएको छ भने घाइते भएकी बुहारीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ ।

त्यस्तै, अपरान्ह छोरेपाटन क्षेत्रमा भएको अर्काे दु्र्घटनामा पनि १ जनाको मृत्यु भएको छ । दुर्घटनाको सबै विवरण आउन बाँकी छ ।

Tags: