समाचार

नेपाली काँग्रेसका योद्धा काँग्र्रेस बुढा दिल बहादुर गरुङको निधन

नेपाली काँग्रेसका योद्धा काँग्र्रेस बुढा दिल बहादुर गरुङको निधन
पोखरा, १८ मंसिर/ नेपाली काँग्रेसका योद्धा एवं प्रजातन्त्र सेनानी काँग्र्रेस बुढा दिल बहादुर गरुङको आज बिहान १०२ बर्षको उमेरमा निधन भएको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले गरुङको पार्थिव शरीरमा आज पोखराको रामघाटस्थित बौद्ध अर्घौसदनमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । श्राद्धञ्जली अपर्ण गर्दै काँग्रेस नेता जोशीले शताव्दी पुरुष स्व.गुरुङ नेपाली काँग्रेसको मात्र नभई सबै पार्टी र समुदायको साझा नेताका रुपमा रहनुभएको स्मरण गर्नुभयो । नेपाली काँग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले नेपाली… पुरा पढौ

‘भौतिक मन्त्रालयको खर्च सन्तोषजनक’

‘भौतिक मन्त्रालयको खर्च सन्तोषजनक’
पोखरा, १८ मंसिर/ गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको पहिलो चौमासिकको वित्तीय प्रगति सन्तोषजनक देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा कुल विनियोजित बजेटमध्ये एक अर्ब २७ करोड रुपैयाँ अर्थात् १०.०४ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा यो खर्च ७ प्रतिशत हाराहारीमात्र थियो । भौतिक मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १२ अर्ब ७० करोड १६ लाख रुपैयाँ विनियोजन भएको थियो । सोमबार चालु आर्थिक वर्षको मन्त्रालयस्तरीय विकास समाधान… पुरा पढौ

गण्डकी विश्वविद्यालयले दोस्रो कुलपति रनिङसिल्ड फुटबल प्रतियोगिता, विजेताले एक लाख पाउने

गण्डकी विश्वविद्यालय
पोखरा, १८ मंसिर/ गण्डकी विश्वविद्यालयको आयोजनामा दोस्रो कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । मंसिर २९ गतेदेखि पुस ३ गतेसम्म पोखरा रंगशालामा दोस्रो कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा गण्डकी प्रदेशका माध्यमिक विद्यालयले सहभागिता जनाउन सक्ने प्रतियोगिता संयोजक डा. मधुसुधन सुवेदीले जानकारी दिए । सोमबारदेखि टिम दर्ता खुला गरिएको सुवेदीले बताए । दर्ता शुल्क २५ सय तोकिएको छ । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गर्ने प्रतियोगिता… पुरा पढौ

शुक्लागण्डकी कोटिहोम शुरु, असल कर्म गर्नु नै धर्मः प्रदेश प्रमुख भट्ट

शुक्लागण्डकी कोटिहोम शुरु, असल कर्म गर्नु नै धर्मः प्रदेश प्रमुख भट्ट
पोखरा, १७ मंसिर/ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले असल कर्म गर्नु नै धर्म रहेकोमा जोड दिनुभएको छ । जुनसुकै धर्मको सार नै असल कर्म भएकाले मानव हुनुका नाताले सर्वधर्म समभावको भावनाले अघि बढ्नुपर्ने बताउनुभयो । पोखरा वडा नम्बर १५ स्थित ऐतिहासिक स्थल ढुंगेसाँघुको पट्नेरीमा अवस्थित अन्नपूर्णेश्वर शिवालय मन्दिर परिसरमा ऐतिहासिक शुक्लागण्डकी कोटिहोम २०८१ समुद्घाटन समारोहमा उहाँले यस्तो बताउनुभएको हो । ‘स्वच्छ एवं नैतिक समाजको निर्माण गर्न अनुशासन आवश्यक छ । अनुशासन धर्मले सिकाउँछ । धर्म, अध्यात्म र साधना भनेको हाम्रो… पुरा पढौ

गोरखा–५ को वडामा ३ सय मत गन्दा गर्दा कस्को कति ?

गण्डकी प्रदेश
पोखरा, १६ मंसिर/ स्थानीय तह उपनिर्वाचन अन्तरगत गोरखा नगरपालिका वडा नम्बर ५ को मतगणना अहिले जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका भाइकाजी आलेले १०२, माओवादीका विष्णु रानाले ९६ र एमालेकी दुर्गा मगर ७९ मत पाएका छन् । यसैगरी रास्वपाका मंगलबहादुर थापा १३ मत ल्याएका छन् । गणना जारी रहेको छ । पुरा पढौ

लायन्स क्लब डिष्ट्रिक ३२५ एलको बैठक, समाज सेवामा लायन्स अगाडी– प्राडा भण्डारी

लायन्स क्लब डिष्ट्रिक ३२५ एलको बैठक, समाज सेवामा लायन्स अगाडी– प्राडा भण्डारी
पोखरा, १६ मंसिर/ पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दीपक बहादुर भण्डारीले लायन्सले समाज सेवामा ठुलो योग्दान दिएको बताएका छन् । लायन्स इनटरनेशनल डिष्ट्रिक ३२५ एल नेपालको दोस्रो क्याबिनेट बैठक तथा सम्मान समारोहमा प्रा.डा. भण्डारीले लायन्सले समाज सेवामा ठुलो योग्दान दिएको बताए । उनले लायन्स भनेको पहिलो आफुलाई सामान्य संस्था जस्तो लागेपनि बुझ्दै जाँदा ठुलो संस्था रहेको बताए । उनले लायन्सले आखाँ उपाचार र समाज सेवामा ठुलो योगदान दिएको बताए । कार्यक्रममा डिष्ट्रिक गभर्नर सुमन भट्ट, निर्वतमान डिष्ट्रिक गभर्नर पमेश्वर बराल, पुर्व… पुरा पढौ

पेट्रोल र हवाई इन्धनको मूल्य बढ्यो

नेपाल आयल निगम पोखराका हाकिम कै सेटिङ्गमा पेट्रोलियम पद्धार्थमा जालझेल
पोखरा, १६ मंसिर/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेको छ । प्रतिलिटर एक रुपैयाँले पेट्रोलको मूल्य बढेको हो । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पेट्रोलको मूल्य १ सय ५७ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङ १ सय ५९ र काठमाडौं, पोखरा र दीपायलमा १६० कायम भएको छ । त्यस्तै, हवाई इन्धनको मूल्य बढेको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ । आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर १५ डलरले मूल्यवृद्धि भएको निगमले जनाएको छ… पुरा पढौ

फेवातालको मापदण्डमा रिर्सोट बनाएको भन्दै वाटरफन्ट रिर्सोटको पर्खाल भत्काए

फेवातालको मापदण्डमा रिर्सोट बनाएको भन्दै वाटरफन्ट रिर्सोटको पर्खाल भत्काए
पोखरा, १५ मंसिर/ हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पोखराको लेकसाइडमा रहेको वाटरफन्ट रिर्सोटको पर्खाल भत्तकाएको छ । फेवाताल क्षेत्रको जग्गा अतिक्रमणका विरुद्ध शुरुवाती सांकेतिक कारबाही गरेको विज्ञप्तीमा उल्लेख छ । सर्वोच्च अदालतले २०७५ साल वैशाख १६ गते विभिन्न चरणमा भएका नापी, तथ्य, प्रमाण र विश्वराज लामिछाने नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन लगायतका आधारमा फेवातालको किनाराबाट ६५ मिटरसम्म मापदण्ड हुने र त्यो भित्र बनेका सबै संरचनाहरु हटाउन भएको आदेश कार्यान्वयन गर्नु पर्ने उनीहरुको माग छ । फेवातालको मापदण्डभित्र संरचना… पुरा पढौ

ट्रकको ठक्करबाट पोखराकी सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु

ट्रकको ठक्करबाट पोखराकी सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु
पोखरा, १५ मंसिर/ ट्रकको ठक्करबाट पोखराकी सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु भएको छ । पोखरा २५ हेम्जाको याम्दीमा शुक्रबार बेलुकी ट्रकले ठक्कर दिँदा उनकी आमा ५५ वर्षीया धनकुमारी बुढाको मृत्यु भएको हो । घान्द्रुकबाट पोखरातर्फ आउँदै गरेको ग२ख १४६० नम्बरको ट्रकले ठक्कर दिँदा गम्भिर घाइते भएकी बुढाको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धनकुमारी जेब्रा क्रसिङबाटै बाटो काटेको तर दौडिएर सडक पार गरेको सीसी फुटेजमा देखिएको… पुरा पढौ

पोखरामा जेव्रा क्रसबाट बाटो काट्दै गर्दा ट्रकले ठक्कर दियो, एकजना जनाको मृत्यु

दुर्घटना
पोखरा, १५ मंसिर/ पोखरा महानगरपालिका वडा नम्बर २५ याम्दीमा ट्रकले पैदल यात्रुलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । घान्द्रुकबाट पोखरातर्फ आँउदै गरेको ग २ ख १४६० नम्बरको आईचर ट्रकले जेव्रा क्रसबाट बाटो काट्दै गरेकी पूर्वी रूकुम घर भई हाल पोखरा २५ याम्दी बस्ने ५५ बर्षीय धन कुमारी बुढाको मृत्यु भएको छ । ठक्कर दिँदा घाईते भई उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा चेकजाँचको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । सवारी साधन र सवारी चालक पाँचथर फाल्गुनन्द गाउँपालिका वडा… पुरा पढौ

This will close in 10 seconds