समाचार

२६ औँ पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पुरा

‘सडक कै खाउ सडक मै रमाउ’ पोखरा सडक महोत्सव
पोखरा, १२ पुष/ रेवान पोखराको आयोजनामा शनिबारदेखि पोखरामा शुरु हुने २६ औँ पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । महोत्सवको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उद्घाटन् गर्ने आयोजक रेवान पोखराले जनाएको छ । कोमागाने पार्कमा हुने उद्घाटन समारोह अघि खहरेबाट विभिन्न जातजाती, ६० बढी आमा समुह, पर्यटन सम्बद्ध विभिन्न संघसंस्था लगायतको उपस्थितीमा साँस्कृतीक झाँकी सहित ¥याली निस्कने छ महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिए । आयोजक समितिका अध्यक्ष विश्वराज पौडेलका अनुसार महोत्सव सफल पार्न… पुरा पढौ

फेवातालमा कार खस्दा तीन घाइते

फेवातालमा कार खस्दा तीन घाइते
पोखरा, १२ पुस/ पामेबाट लेकसाइतर्फ आउँदै गरेको ग२च ३३९६ नम्बरको कार बिहीबार बिहान साढे २ बजेको समयमा फेवातालमा खसेको छ । पोखरा–६ गैरीचौतारास्थति सडकबाट फेवातालमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन् । यो ठाउँमा बेला बेलामा गाडी खस्ने गरेका छन् । घुम्तीमा गाडीको स्पिड बढि हुदाँ खस्ने गरेको स्थानीयको भनाई छ । पुरा पढौ

सोमबार छविको बयान सकिएन, छविको पछि बल्ल अरुको पालो

जिल्ला अदालत कास्की
पोखरा, ८ पुष/ सहकारी ठगि प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने सहित ५ जनाको बयान सुरु भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा सुरु भएको बयानमा पहिलो दिन पूर्व डीआइजी छविलाल जोशीको बयान भएको छ । सोमबार छविलालको बयान भएको र बयान पूरा नभएकाले मंगलबार पनि उनकै बयान हुने अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । छविलालको बयान सकिएपछि मात्रै अन्यको बयान सुरु हुनेछ । पूर्वगृहमन्त्री लामिछाने सहित पाँचै जनालाई जिल्ला अदालत कास्की लगिएको थियो… पुरा पढौ

रविको थुनामा रहेको फोटो खिच्ने निकोलस पक्राउ

डा. निकोलस भुसाल
पोखरा, ८ पुष/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौंबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले लामिछानेको सुतिरहेको तस्विर कास्की प्रहरी कार्यालयको सीसीटीभी कन्ट्रोल डिस्प्लेबाट खिचेर सार्वजनिक गरेका थिए । उनी आफैले तस्विर खिचेको स्वीकारेका हुन् । लामिछानेलाई हिरासतमा भेटेर जादाँ आफूले सीसीटीभी मनिटर रुमबाट खिचेको उनको दावी थियो । घटनाबारे छानविन गर्न समिति नै गठन भएको छ । पुरा पढौ

नेपाल पत्रकार महासंघ कास्कीका नव निर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापना

नेपाल पत्रकार महासंघ कास्कीका नव निर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापना
पोखरा, ७ पुष/ नेपाल पत्रकार महासंघ कास्कीमा नव निर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना भएको छ । कार्यक्रमको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न संचार जगतलाई व्यवस्थित एवम मर्यादित बनाउन पर्ने बताउनुभयो । उहाँले राजनितिक अस्तिरताले नितिगत स्थायित्व नहुने र सरकारका कुनै पनि अंगले राम्रो संग काम गर्न नसक्ने बताउनुभयो । आम संचार विधेयक बन्ने प्रकियामा रहेकाले सरोकारवाला संग छलफल गरेर मात्र विधेयकलाई संसदमा पेश गरिने बताउदै यस्लाई प्रभावकारी बनाउन सबैको सुझाब… पुरा पढौ

रविलाई सम्पत्ति शुद्धीकरण सहित ३ मुद्दा, निकिता पनि प्रतिबादी

रवि लामिछाने
पोखरा, ७ पुस/ पूर्व उपप्रधान एवं गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा विभिन्न ३ मुद्दा दायर भएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ मुद्दामा सजाय र बिगो माग दाबी गर्दै अभियोगपत्र दायर भएको छ । लामिछानेलाई सम्पत्ति शुद्धीकरणमा मात्र २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँ बिगो माग दाबी गरिएको छ । त्यस्तै, गोर्खा मिडियामा उनका साझेदार छविलाल जोशीलाई सम्पत्ति शुद्धीकरण मात्र ७४ करोड ३४ लाख ७१ हजार… पुरा पढौ

सिताराम केसी स्मृती पार्क निर्माणका लागि केसी परिवारद्वारा साढे २ रोपनी जग्गा सहयोग

सिताराम केसी स्मृती पार्क निर्माणका लागि केसी परिवारद्वारा साढे २ रोपनी जग्गा सहयोग
पोखरा, ७ पुस/ पोखरा–१५ मितेरी टोलमा समाजसेवी स्व.सिताराम केसीको स्मृतीमा पार्क बन्ने भएको छ । उक्त पार्क मितेरी टोल विकास संस्थाको स्वामित्वमा रहने जनाइएको छ । संस्थालाई पार्क निर्माण तथा सोही स्थानमा निर्मित बहुउद्येश्यीय सामुदायीक भवनका लागि लागि स्व.केसीको परिवारले साढे २ रोपनी जग्गा उपलब्ध गराएको हो । स्व.केसीका धर्मपत्नी प्रेमकुमारी केसीले एक समारोहका विच उक्त भवन तथा जग्गा भोगचलन हस्तान्तरण पत्रमा हस्ताक्षर गर्नुभयो । उहाँले पार्क निर्माण कार्यको शिलन्यास पनि गर्नुभयो । पार्क बन्ने सो स्थानलाई सिताराम चोक,सिताराम मार्गको… पुरा पढौ

पोखरामा बेलुन महोत्सव, १५ मुलुकका पाइलट एकै ठाउँमा

मनसुनमा रोकिएको हट एअर बेलुन उडान फेरि सुरू, कति लाग्छ शुल्क रु के ख्याल गर्ने रु
पोखरा, ६ पुस/ पोखरामा पहिलो पटक हुन थालेको अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा १५ देशका पाइलट सहभागि हुने भएका छन् । पोखराको साहसिक पर्यटनलाई प्रर्वद्धन गर्न आयोजित महोत्सवका लागि विदेशी पाइलट पोखरा आइसकेका छन् । नेपालमै पहिलोपटक पोखरामा बेलुन महोत्सव संचालन हुँदैछ । पुस ९ देखी १७ गते सम्म सञ्चालन हुने महोत्सवमा एक पटक १७ वटा बेलुनहरु नेपाली आकाशमा उठ्ने छन् । बेलुन साहसिक पर्यटकीय गतिविधि गराउने पर्यटकीय प्रडक्ट हो । बेलुन नेपालले सन् २०१८ देखि पोखरामा हट एयर बेलुनमार्फत पर्यटकलाई पोखराको… पुरा पढौ

बाजुरालाई केन्द्र बनाएर ५.२ रेक्टर स्केलको भूकम्प

भूकम्प
पोखरा, ६ पुस/ बाजुरा केन्द्रविन्दु बनाएर शनिबार बिहान ५ दशमलव २ रेक्टर स्केल म्याग्नेच्यूटको भूकम्प गएको छ । बिहान ४ बजेर १४ मिनेटमा बाजुराको जगननाथ गाउँपालिकाको गोत्री नजिकै केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस भएको थियो । भूकम्प गएपछि स्थानीय घरबाहिर निस्केका थिए भने क्षतिको विवरण आउन बाँकी छ । पुस ४ गते मनाङमा मंसिर ६ गते ४ दशमलब २ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस अगाडी बझाङमा लगातार… पुरा पढौ

जिबी राई सहित १९ प्रतिवादीलाई पूरक अभियोग दर्ता, रवि लामिछानेलाई आइतबार मुद्दा दर्ता गर्ने

जिल्ला अदालत कास्की
पोखरा, ५ पुस/ पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा १९ जना प्रतिवादीलाई थप बिगो माग दाबीसहित पूरक अभियोग दर्ता भएको छ । सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १९ प्रतिवादीविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । जिल्ला सरकारी वकिलको कार्यालयल कास्कीले शुक्रबार उनीहरुलाई थप बिगो माग दाबीसहित पूरक अभियोग दर्ता गरेको हो । जिल्ला अदालतका निमित्त स्रेस्तेदार ख्यामनारायण लामिछानेका अनुसार यसअघि गत १८ असोजमा १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ बिगो मागदाबी गर्दै मुद्दा दर्ता… पुरा पढौ