समाचार

लुम्लेमा जीप दुर्घटना

लुम्लेमा जीप दुर्घटना
पोखरा, २८ असोज/ कास्कीको अन्नपुर्ण गाउँपालिका लुम्लेमा जीप दुर्घटना भएको छ । आइतबार राति जीप दुर्घटना भएको हो । लुम्लेमा रहेको गुम्बा मुनीको सडकमा जीप दुर्घटना भएको हो । दुर्घटनामा परेर केही जना घाइते भएका छन् । सडकबाट जीप नालामा खसेको हो । जीप र वरपर रगतका टाटाहरु रहेका छन् । थप विवरण आउन बाँकी छ । पुरा पढौ

मनकामना केबलकार तीन दिन बन्द हुने

मनकामना केवलकार
पोखरा, २८ असोज/ मनकामना केबलकार तीन दिनसम्म बन्द हुने भएको छ । मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्ने भएको छ । दशैंको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार बन्द थियो । आज एक दिन भने केबलकार चलाइएको मनकामना दर्शन प्रा.लि.ले जनाएको छ । मनकामना केबलकारको सेवालाई डिजिटलाइज्ड सिस्टममा स्तरोन्नती गरिएको थियो । त्यसका लागि नयाँ तार फेर्नुपर्ने, लठ्ठाहरुलाई छोट्याउनुपर्ने लगायतका काम बाँकी रहेको प्रालिले जनाएको छ । https://clickgandaki.com/2023/06/6997/ https://clickgandaki.com/2023/11/8828/ पुरा पढौ

पोखरा महानगरले ल्यायो सडक सफा गर्ने ब्रुमर

पोखरा महानगरले ल्यायो सडक सफा गर्ने ब्रुमर
पोखरा, २८ असोज/ पोखरा महानगरपालिका सडक सफाइका लागि ब्रुमर ल्याएको छ । मेसिनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले सञ्चालन ल्याए । महानगरका मुख्य सडकहरूमा सवारीको चाप बढेसँग सडक छेउमा धुलो जम्मा हुने र वातावरण नै प्रदूषण गरेका कारण ब्रुमर ल्याएको प्रमुख आचार्यले बताए । मेसिनले नियमित रूपमा सडक सफाइको काम गर्नेछ । ३३ लाख ९९ हजार रुपैयाँमा खरिद गरिएको मेसिन ४९ हर्ष पावर क्षमताको रहेको छ । २.९ मिटरको चौडाइ भएको यो मेसिन साना गल्लीहरूमा समेत… पुरा पढौ

गौतमबुद्ध विमानस्थलमा तीन अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै, पोखरामा कहिले ?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, २८ असोज/ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलइन्सले व्यावसायिक उडान सञ्चालन गर्न लागेका हुन् । कुवेतको जजिरा, दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइल्याण्ड मुख्यालय रहेको थाई एयर एशियाले गौतमबुद्ध विमानस्थलमा उडान गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । यी तीन वटै एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिइसकेका छन् । सोहीअनुरुप उडान तालिका बनाएको… पुरा पढौ

कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा

सार्वजनिक विदा
पोखरा, २७ असोज/ कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशले सार्वजनिक बिदा दिएको छ । गण्डकी प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका दिन कात्तिक १ गते बिदा दिने निर्णय गत वर्षको चैत ९ गते नै निर्णय गरेको थियो । सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा कोजाग्रत पूर्णिमाका दिन बिदा दिएको छ । संघ सरकारले दिनेवाहेक थप दिनको बिदाका लागि गण्डकी सरकारले निर्णय गरेको थियो । कोजाग्रत पूर्णिमा वाहेक चैते दसैं र भानुजयन्तीमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । https://clickgandaki.com/2024/03/10990/ पुरा पढौ

पोखराको फिर्के खोलामा गाडी दुर्घटना

पोखरा, २५ असोज/ पोखराको फिर्के खोलामा गाडी दुर्घटना भएको छ । विन्ध्वासीनि तर्फबाट जिरो किमि तर्फ आउर्दै गरेको स्कर्पियो दुर्घटनामा परेको हो । फिर्के पुल छेउबाट गाडी तल खसेको छ । थप विवरण आउन बाँकी छ । पुरा पढौ

मर्दी पदमार्गमा सुदीप गौतमको शालिक

मर्दी पदमार्गमा सुदिप गौतमको शालिक
सागर राज तिमिल्सिनापोखरा, २४ असोज/ मर्दी हिमाल पदमार्गका प्रवद्र्धक र अभियन्ता स्व. सुदिप गौतमको शालिक अनावरण भएको छ । मर्दी पदमार्गको बादल डाँडामा पार्क सहितको सुदिप गौतमकको शालिक राखीएको हो । शालिकको गण्डकी प्रदेशका सांसद प्रकाश बराल र माछापुच्छे गाउँपालिका अध्यक्ष मिन बहादुर गुरुङले अनावरण गरे । माछापुच्छे गाउँपालिका, टान गण्डकी, मर्दी हिमाल पर्यटन होटल व्यवसाय व्यवस्थापन समिति, परिवार र नेपाल पर्यटन बोर्डले पार्क र शालिक निमार्ण गरेको हो । शालिकको अनावरण गर्दै सांसद बरालले मर्दी हिमाल पदमार्गका विकासका लागि… पुरा पढौ

गोरखामा एक महिलाको हत्या

गोरखा, २४ असोज/ गोरखाको पालुङटार ७ मा एक महिलाको हत्या भएको छ । २८ वर्षीया रश्मी कुमालको बुधबार राति करिब अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । कुमालको उपचारको क्रममा बिहीबार बिहान २ बजे दमौलीमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । धारिलो हतियार प्रहारबाट कुमालको घाँटीको दायाँ भागमा गहिरो चोट लागेको थियो । उनलाई सुरुमा उपचारका लागि तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि राति १ बजे दमौली अस्पतालमा… पुरा पढौ

राँगोले हानेर पोखराका धनञ्जय आचार्यको मृत्यु

पोखरा राँगोले हानेर धनञ्जय आचार्यको मृत्यु
पोखरा, २४ असोज/ पोखरा ३३ का ३७ वर्षे धनञ्जय आचार्यको राँगाले हानेर मृत्यु भएको छ । पोखरा महानगरपालिका ३३ स्थायी घर भएका आचार्यको आफ्नै दाजुको सुरौदीस्थित भैंसी फारममा पालो दिन गएका बेला राँगोको आक्रमणमा परी मृत्यु भएको हो । माइला दाजु आफ्ना जेठानको निधन भएकाले अन्त्येष्ठिमा जादा गोठको घासँ पानी दिन धनञ्जय गएका थिए । धनञ्जय पोखराको बिरौटामा बस्थे । राँगोले लखेटेपछि झाडीमा लुकेको भन्दै उनले मंगलबार दिउँसो ४ बजे पत्नीलाई फोन गरेका थिए । ५ बजेपछि उनीसँग फोन सम्पर्क… पुरा पढौ

दशैंका दिन पोखराका ७ रुटमा निःशुल्क बस सेवा (कुन कुन रुटमा समेत)

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना
पोखरा, २३ असोज/ दशैंको टिकाका दिन पोखराका ७ रुटमा निःशुल्क बस सेवा सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा पोखराका यातायात व्यवसायी, पोखरा महानगरले यात्रुको बढी चाप हुने ७ रुटमा निःशुल्क बस चलाउन लागिएको हो । बढी यात्रु बोक्ने, गाडी नै नचल्ने, तोकिएको भन्दा बढी भाडा लिने गुनासो आइरहने भएकाले नागरिकको चाप हुने पोखराका विभिन्न ठाउँमा दशैंका दिन निःशुल्क बस चलाउन लागिएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । बुधबार पत्रकार सम्मेलन गर्दै नागरिकको चाप… पुरा पढौ