
एसपी अरुणकुमार शर्मा
पोखरा, ९ माघ/ पोखरा मालेपाटन स्थित सशस्त्र प्रहरीको कालिका गण काठमाडौ उपत्यका बाहिरका गणहरु मध्ये कार्यसम्पादनमा यो बर्षकै उत्कृष्ट गण हुन सफल भएको छ । नेपालभरमा पाँचौं भएको छ । २४ औं सशस्त्र प्रहरी दिवसका अवसरमा घोषण गर्दै सम्मान प्रदान गरेको छ ।
सशस्त्र प्रहरी बल कालिका गणका गणपति एसपी अरुणकुमार शर्माले प्रतिष्ठित एपिएफ आईजी कमेण्डेसन मेडल जित्न सफल भएका छन् । त्यसै गरी सशस्त्र प्रहरी बलले बुधबार २४ औं स्थापना दिवस मनाएको छ ।
सो अवसरमा सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका पाँच जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको छ । विपद् प्रतिकार्य, सामुदायिक सुरक्षा, सशस्त्र प्रहरीको क्षमता अभिवृद्धि र सामाजिक कार्यमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तित्वहरूलाई सम्मानित गरेको छ ।
सशस्त्र प्रहरी बलले पोखराका मेयर धनराज आचार्यलाई कालिका गण, कास्कीको विपद् प्रतिकार्य क्षमता अभिवृद्धिमा पु¥याएको योगदानका लागि सम्मानित गरेको छ । मुस्ताङ घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनलाई सामाजिक कार्यमा पु¥याएको योगदानका कारण सम्मानित गरेको छ ।
पोखरा भ्यालिटेक्निकल ट्रेनिङ इन्स्टिच्युटका प्रवन्धक विष्णु बहादुर लामिछानेलाई सशस्त्र प्रहरीको प्राविधिक क्षमता अभिवृद्धिमा गरेको योगदानका लागि सम्मान गरेको छ ।
सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठ र पत्रकार प्रतीक्षा काफ्लेलाई सामुदायिक सुरक्षा सचेतना र सशस्त्र प्रहरीको उद्धार कार्यमा पु¥याएको योगदानका कारण सम्मान गरेको छ ।





