समाचार

सौर्य एयर दुर्घटनाः एकै परिवारका तीन जनाको मृत्यु

सौर्य एयर दुर्घटनाः एकै परिवारका तीन जनाको मृत्यु
पोखरा, ९ साउन/ बुधबार भएको सौर्य एयरलायन्सको विमान दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सौर्य एयरलायन्सका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र ४ बर्षका छोरा अधिराज शर्माको मृत्यु भएको हो । पोखरा घुम्न जाने भएपछि मनुराजले ससुरा प्रकाश खतिवडालाई फोन गरेर श्रीमती र छोरालाई लैजाने बताएका थिए । पोखरामा सपरिवार घुमेर फर्किने मनुराजको चाहना थियो । मनुराजले सपरिवार पोखरा जाने इच्छा व्यक्त गरेपछि ससुरा प्रकाशले छोरी र नातिलाई विमानस्थल पु¥याइदिएका थिए ।छोरी र नातिलाई विमानस्थल… पुरा पढौ

पोखराका लागि उड्नेबित्तिकै दाहिने मोडिएर सौर्यको जहाज दुर्घटना (के भयो र कस्तो जहाज)

सौर्य एयरको जहाज दुर्घटनास्थलवाट विमानमा सवार कर्मचारीको सव निकाल्दै नेपाली सेना, शसत्र प्रहरी, नेपाल प्रहरी लगायत विमानस्थलका कर्मचारीहरु । तस्बिर ः प्रदीपराज वन्त,रासस
पोखरा, ९ साउन/ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिएर दुर्घटनामा परेको जनाएको छ । क्यान, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौंबाट उड्नेबित्तिकै ११ बजे ११ मिनेटमा सौर्य एयरलाइन्सको सीआरजे–७ जहाज दुर्घटनामा परेको विज्ञप्तिमा उल्लेख छ । सौर्य जहाज दुर्घटना ः कति बेला के भयो ? ११ः१५ ः जहाज दुर्घटनाको खबर प्रहरीले वाकीटकीमा मार्फत आएको ।११ः३४ ः जहाजका क्याप्टेन मनिसरत्न शाक्यको घटनास्थलबाट उद्धार ।११ः४० ः दुर्घटनास्थलमा लागेको आगो पूरै… पुरा पढौ

पोखरा आउदै गरेको सौर्य एयरको जहाज दुर्घटनामा १८ जनाको मृत्यु (को को सहित)

सौर्य एयरको जहाज दुर्घटनास्थलवाट विमानमा सवार कर्मचारीको सव निकाल्दै नेपाली सेना, शसत्र प्रहरी, नेपाल प्रहरी लगायत विमानस्थलका कर्मचारीहरु । तस्बिर ः प्रदीपराज वन्त,रासस
पोखरा, ९ साउन/ सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख गरेको छ । सौर्य एअरलायन्सको जहाज दुर्घटनामा परेको स्थानबाट क्याप्टेनको उद्धार गरिएको छ । उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्यको उपचार भइरहेको छ । उनलाई सिनामंगलको केएमसी अस्पतालमा उपचार भइसको छ । बुधबार… पुरा पढौ

सौर्य एयरको जहाज दुर्घटनामा १८ जनाको मृत्यु

पोखराका आउदै गरेको सौर्य एयरलाइन्सको विमान दुर्घटना

पोखराका आउदै गरेको सौर्य एयरलाइन्सको विमान दुर्घटना
पोखरा, ९ साउन/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । दुर्घटनामा परेर १४ जनाको मृत्यु भएको छ । क्यानका प्रवक्ता हंशराज पाण्डेले जहाज दुर्घटनामा १४ जनाको शव भेटिएको जानकारी दिए । उनले जहाज दुर्घटनामा घाइते पाइलट मनिष शाक्यको उद्दार गरी उपचारका लागि अस्पताल पठाइएको बताए । दुर्घटनामा परेकाहरू यात्रु वा कर्मचारी को हुन् एकिन भएको छैन । उनले मर्मतका लागि पोखरा उडेको जहाज दुर्घटनामा परेको बताए । बुधबार बिहान काठमाडौंबाट पोखरा उड्ने क्रममा जहाज दुर्घटनामा परेको थियो… पुरा पढौ

मजेष्टिक लेक फ्रण्ट होटल दोस्रो वर्षमा, फेवाताल सरसफाई, उत्कृष्ट कर्मचारी पुरस्कृत

मजेष्टिक लेक फ्रण्ट होटल दोस्रो वर्षमा, फेवाताल सरसफाई, उत्कृष्ट कर्मचारी पुरस्कृत
पोखरा, ८ साउन/ पोखराको लेकसाईडमा रहेको मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुईट्स प्रालिले प्रथम वार्षिकोत्सव मनाएको छ । अघिल्लो वर्षदेखि सञ्चालनमा आएको पोखरा–६ लेकसाईडको खहरेस्थित फेवाताल किनारमा रहेको मजेष्टिक लेक फ्रण्ट होटलले आफ्नो प्रथम वार्षिकोत्सव फेवाताल सरसफाई, कर्मचारी पुरस्कृत लगायतका कार्यक्रम गरेर मनाएको हो । होटलको वार्षिकोत्सवको अवसरमा फेवाताल सरसफाई गरिएको होटलका सञ्चालक सुनिलबहादुर भट्टराईले जानकारी दिए । ‘तालमा रहेको जलकुम्भी झार, प्लाष्टिक, बोतललगायत बाहिर निकाल्यौं र संकलन गरेर डिस्पोज गर्नका लागि पठायौं’–उनले भने । ताल सरसफाईमा होटल सञ्चालक भट्टराई,… पुरा पढौ

प्रधानमन्त्रीको निजी सचिवमा कास्कीका बिनोद कुँवर

बिनोद कुँवर
पोखरा, ८ साउन/ प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवमा सहसचिव बिनोदबहादुर कुँवर नियुक्त भएका छन् । कास्कीको अन्नपुर्ण गाउँपालिकामा जन्मिएका उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनसंख्या प्रशासन महाशाखा प्रमुख रहेका कुँवरलाई प्रधानमन्त्री ओलीले निजी सचिव नियुक्त गरेका हुन् । यस अघि कुँवर गण्डकी प्रदेशमा ३ वर्ष प्रदेश सचिवका रुपमा रहेर काम गरेका थिए । उनले विगतमा आन्तरिक राजस्व विभागमा १४ महिना महानिर्देशक भएर काम गरेका थिए । विगतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सहित लोकसेवा आयोगमा काम गरेका कुँवरले प्रधानमन्त्रीको निजी… पुरा पढौ

पोखराको लेकसाइडमा दुर्घटना, १ जनाको मृत्यु

दुर्घटना
पोखरा, ६ साउन/ पोखरा महानगरपालिका वडा नम्बर ६ हल्लन चोकमा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । ग ३ च ३४५७ नम्बर को हाईलक्स गाडी र ग ११ प ९१ नम्बरको मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको हो । मोटरसाइकल चालक पोखरा ८ का २६ बर्षीय ईश्वर परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परि घाइते भएको उनको उपचारको लागी गण्डकी मेडिकल कलेज लगेकोमा उपचारको क्रममा चिकित्सकद्वारा मृत घोषणा गरेका हुन् । दुर्घटना स्थलमा वडा प्रहरी कार्यालय… पुरा पढौ

पोखरामा युवती हत्या काण्डः आइफोनको लोकेसनले पत्ता लाग्यो हत्या आरोपी

पोखरा युवती हत्या काण्डः आइफोनको लोकेसनले पत्ता लाग्यो हत्या आरोपी
पोखरा, ४ साउन/ पोखरामा एक होटलमा युवतीको हत्या गरी फरार रहेका आरोपी आइफोनको लोकेसनमार्फत् प्रहरीले पत्ता लागेको छ । तनहुँको भिमाद घर भएकी ३२ वर्षीया सुकु विकलाई हत्या गरी उनले प्रयोग गरेको आइफोन र गरगहना लुटेर भागेका २९ वर्षीय सञ्जय विक आइफोनको खोजी गर्दा पक्राउ परेको कास्कीका प्रहरी प्रमुख मोहन थापाले बताए । सञ्जयले गत मंसिर ५ गते सुकुलाई होटलको कोठामा घाँटी थिचेर हत्या गरे फरार थिए । थापाका अनुसार सुकुले आफूलाई विवाह गर्न बारम्बार दबाब दिएकाले हत्या गर्नुपरेको बयान… पुरा पढौ

हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु, गुदेतालमा बालक डुबे

पाैडी डुवेर
पोखरा, ४ साउन/ पोखरा महानगरपालिका वडा नम्बर २३ घाँटी छिना स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १ मोहरिया टोलका १८ बर्षीय प्रकृत बुद्धचार्य र पोखरा २ विन्ध्यवासीनि वर्षपार्कका १८ बर्षीय स्वयं ताम्राकारको मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको सूचना पछि वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी टोली र सशस्त्र प्रहरी बल नम्बर २४ हेडक्वाटर कालिकाबाट उद्दार टोली पुगेको थियो । प्रहरीले… पुरा पढौ