समाचार

गण्डकी र कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा, ६ असार/ देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र मधेस प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधरणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहेको छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने… पुरा पढौ

पोखरामा बुधबार देखी स्काउटको एड्भेन्चर फेस्ट

पोखरामा बुधबार देखी स्काउटको एड्भेन्चर फेस्ट
पोखरा, ४ असार/ नेपाल स्काउट गण्डकी प्रदेश र मिलन स्काउट कृयु पोखराको आयोजनामा दोश्रो एड्भेन्चर फेस्ट २०८१ बुधबारबाट शुरु हुने भएको छ । पोखराको शान्तिबन बाटिकामा हुनेछ । एड्भेन्चर फेस्टमा २५ वटा विभिन्न साहसिक क्रियाकलापका साथ कार्यक्रम सन्चालन हुनेछ। कार्यक्रममा बालबालिका तथा युवाहरुलाई शारीरिक, मानसिक रुपले प्रयोगात्मक सीप सहित बिभिन्न बिपदका घडीहरुमा उद्दार कार्यमा डर सङसङै होस गुमाउनु हुदैन सिकाउने नेपाल स्काउट गण्डकी प्रदेशका प्रदेश प्रमुख आयुक्त सागर पौडेलले बताए । कार्यक्रममा गण्डकी प्रदेश भरी स्काउटबाट तीन हजार विद्यार्थीहरु र… पुरा पढौ

गोकुलधामलाई माछापुच्छ्रे बैंकको नगद दश लाख सहयोग

गोकुलधामलाई माछापुच्छ्रेको नगद दश लाख सहयोग
पोखरा, ४ असार/ पोखरा महानगरपालिका वडा नम्बर १४ बाच्छिवुडुवा (वात्सायन क्षेत्र) मा सञ्चालित पुष्करिणी परोपकार गोकुलधाम (गौशाला) लाई माछापुच्छ्रे बैकंले नगद १० लाख रुपैया सहयोग प्रदान गरेको छ । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त सहयोग प्रदान गरिएको निर्देशक रोशन केसीले बताउनुभयो । उहाँका अनुसार सडकमा छोडिएका पशुचौपायहरुलाई व्यवस्थापन गरी पालनपोषण गरिरहेको राष्ट्रिय परोपकार महासङ्घको पवित्र कार्यमा बैङ्कका तर्फबाट सहयोग गरिएको हो । छाडा पशु चौपायाको व्यवस्थापनले सडक सुरक्षामा पुग्ने अवरोधलाई न्यूनीकरण गर्न महत्त्वपूर्ण सहयोग पुग्ने के।सीको विश्वास छ ।… पुरा पढौ

चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु

चट्याङ
पाल्पा, ३ असार/ चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका ३ डाडागाउँका ५६ वर्षीय विमल प्रसाद पन्तको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनएको छ । पन्त घरमै बसिरहेको बेला आइतबार बेलुकी साढे ६ बजेतिर चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । उनलाई उपचार गर्न लुम्बिनी मेडिकल कलेज प्रभाष लगेपनि चेकजाँचको क्रममा डाक्टरहरुले मृत घोषणा गरेका थिए । पुरा पढौ

प्रोग्रेसिभ इन्जिनियर्स एशोसिएसन (पिन) नेपालको दोस्रो अधिवेशन, चार कमिटिमा नयाँ समिति

प्रोग्रेसिभ इन्जिनियर्स एशोसिएसन पिन नेपालको दोस्रो अधिवेशन, चार कमिटिमा नयाँ समिति
पोखरा, २ असार/ प्रोग्रेसिभ इन्जिनियर्स एशोसिएसन (पिन) नेपालको दोस्रो अधिवेशन पोखरामा चार वटा नयाँ समिति चयन गरेको छ । पिन कास्की जिल्ला कमिटी, पिन पोखरा महानगर विशेष कमिटी, पिन पोखरा विश्वविद्यालय विशेष कमिटी र पिन पश्चिमाञ्चल क्याम्पस विशेष कमिटीमा नयाँ नेतृत्व चयन गरेको छ । अधिबेशनको उद्घाटन गर्दै नेकपा एमाले कास्कीका सचिव दर्शन लामाले गरे । लामाले नयाँ नेतृत्वले अझ राम्रो सगँ काम गर्ने बताए । कार्यक्रममा पिन केन्दिय उपाध्यक्ष देउकाजी गुरुङ, केन्द्रीय सचिव तथा पिन गण्डकी ईन्चार्ज धु्वराज भट्टराई,… पुरा पढौ

पोखराको सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोमा डुवेर बालकको मृत्यु

पोखराको सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोमा डुवेर बालकको मृत्यु
पोखरा, २ असार/ पोखरा महानगर वडा नम्बर ३३ सुरौदी खोलामा निमार्ण हुन लागेको पुलको खाल्डोमा डुबेर बेपत्ता भएका बालक मृत भेटिएका छन् । पोखरा ३३ बरपौवा घर भएका लक्ष्मण बिकका ९ बर्षीय छोरा गणेश विक असार १ गते देखी बेपत्ता उनको आइतबार बिहान सशस्त्र प्रहरीको टोलीले मृत भेटाएको हो । सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोको पानी माथी निज बालकको चप्पल तैरिरहेको देखेपछी स्थानिय प्रहरी तथा बासिन्दाहरुबाट खोजतलासको लागि सशस्त्र प्रहरी बल कालिका गण कास्कीमा खबर गरेका थिए । कालिका… पुरा पढौ

पृथ्वीराज मार्गमा अन्तरगत फिस्लिङमा बस र कार ठोकिए

पृथ्वीराज मार्गमा अन्तरगत फिस्लिङमा बस र कार ठोकिए
पोखरा, ३२ जेठ/ पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ३ फिस्लिङमा बस र कार ठक्कर खादाँ १२ जना भन्दा बढी घाइते भएका छन् । विहान ७ बजे नेपालगञ्जबाट काठमाडौँ जादैँ गरेको भे १ ख ४०६२ नम्बरको बस र काठमडौँबाट मुग्लिन तर्फ आउँदै गरेको बागमती प्रदेश ०१० २९ च ३७२० नम्बरको कार ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा कारमा सवार तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि भरतपुर पठाइएको छ । कारसंग ठोक्किएर बस त्रिशूली नदी किनारमा खसेको… पुरा पढौ

पोखरामा कुकुरको निःशुल्क बन्ध्याकरण शिविर

पोखरामा कुकुरको निशुल्क बन्ध्याकरण शिविर
पोखरा, ३२ जेठ/ भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कास्कीको आयोजनामा कुकुरको निःशुल्क बन्ध्याकरण शिविर सम्पन्न गरिएको छ । घरपालुवा तथा छाडा कुकुर गरी ६३ कुकुरको बन्ध्याकरण गरिएको सो कार्यालयका सूचना अधिकारी सहदेव पौडेलले जानकारी दिनुभयो । सोही अवसरमा कुकुरलाई रेविजबिरुद्धको खोप पनि लगाइएको थियो । बन्ध्याकरणको लागि दैनिक आउने चापलाई व्यवस्थापन गर्न क्रमश शिविर संचालन गरिरहेको पौडेलले बताउनुभयो । बन्ध्याकरण गरिएको मध्ये १७ वटा भाले र ४६ पोथी कुकुर रहेको उहाँले बताउनुभयो । शिविरमा स्याङ्जा, तनहुँ र कास्कीका कुकुर… पुरा पढौ

पोखरामा महिलालाई खुकुरी देखाएर मोवाइल लुट्ने दुई जना पक्राउ

पोखरामा महिलालाई खुकुरी देखाएर मोवाइल लुट्ने दुई जना पक्राउ
पोखरा, ३१ जेठ/ पोखरामा महिलालाई खुकुरी देखाएर मोवाइल लुटेन् दुई जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर ११ फूलबारी बस्ने ३२ बर्षीय सागर नेपाली र २१ बर्षीय सुजित नेपाली छन् । आइतबार राति ९ बजे पोखराको पृथ्वीनारायण क्याम्पस पछाडिको चौरमा दुई महिलालाई खुकुरी देखाएर लछारपछार पारी सागर र सुजितले मोवाइल लुटेका थिए । पीडित महिलाले आफूहरु लुटिएको सूचना प्रहरीलाई दिएपछि वडा प्रहरी कार्यालयबाट टोली खटिएर दुई युवकलाई पक्राउ गरेको थियो । उनीहरुको साथबाट लुटिएको मोबाइल… पुरा पढौ

बुटवलमा कार दुर्घटना, स्याङ्जाका शर्मा सहित तीनजनाको मृत्यु

दुर्घटना
पोखरा, ३१ जेठ/ बुटवलमा कार दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१३ भ्युप्वाइन्टमा बुधबार राति साढे ८ बजे कार दुर्घना हुँदा तीनजनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । दुर्घटनामा बुटवल १० बस्ने स्याङ्जा पुतलीबजारका ५६ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा ३ बस्ने ५७ वर्षीया आशा श्रेष्ठ र ५० वर्षीया भगवती श्रेष्ठको मृत्यु भएको डीएसपी मनोहर भट्टले जानकारी दिए । घाइते हुनेमा बुटवल उपमहानरपालिका ९ बस्ने चन्दा श्रेष्ठ र सोही ठाउँ बस्ने लक्ष्मीता श्रेष्ठ रहेका छन् ।… पुरा पढौ