लायन्स क्लब अफ पोखरा मर्दी केदारेश्वर मन्दिरमा सरसफाइ र विरुवा गोडमेल
पोखरा, २३ साउन/ लायन्स क्लब अफ पोखरा मर्दीले पोखरा ६ केदारेश्वर मन्दिर वरपर सरसफाइ बोट विरुवा गोडमेल गरेको छ । केदारेश्वर मन्दिरको गेट देखी मन्दिर सम्म पाँच बोरा फोहोर संकलन गरेको छ ।
क्लबको बार्षिक योजना अनुसार सरसफाइ र विरुवाको संरक्षण गरेको लायन्स क्लब अफ पोखरा मर्दीका अध्यक्ष श्याम भुषालले जानकारी दिए ।
उनले सोमबार धेरै भक्तजनहरु केदारेश्वर मन्दिर आएको फोहोर भएका कारण मंगलबार बिहान सरसफाइ गरेको बताए । मुख्य गरी प्लास्टिक, फुटि लगाएतका फोहोर संकलन गरको उनले बताए । उनले मन्दिर, पानीका मुलहरु, घर वरपर सरसफाइ गर्नु पर्ने सिजन अहिले भएको बताए ।
सोही अवसरमा अघिल्लो वर्ष लगाएका विरुवाहरुलाई गोडमेल गरेको र १२ वटा विरुवालाई टिगार्ड लगाएको लायन्स क्लब अफ पोखरा मर्दीका सचिब उमाकान्त रिजालले जानकारी दिए ।
कार्यक्रममा डिष्टिक जोन चियरपर्सन मनोज कुमार अधिकारीले विरुवाको गोडमेल गर्दै विरुवा लगाएर मात्रै नहुने भन्दै त्यसलाई हुकाउनु ठुलो कुरा हुने बताए ।