समाचार

कर्जामा सहुलियत दिन गरिमा विकास बैंक र नाट्टा गण्डकी बीच सम्झौता

कर्जामा सहुलियत दिन गरिमा विकास बैंक र नाट्टा गण्डकी बीच सम्झौता
पोखरा, १० असार / गरिमा विकास बैंक लिमिटेड र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशबीच सम्झौता भएको छ । नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई बैंकको विभिन्न प्रकारका कर्जाहरूमा सहुलियत सहितको सेवा उपलब्ध गराउन उक्त सम्झौता गरिएको हो । सम्झौता पत्रमा बैंकको तर्फबाट गण्डकी प्रदेश कार्यालय प्रमुख भोलाप्रसाद तिवारी र नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले हस्ताक्षर गर्नुुभएको छ । सम्झौता अनुसार नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई पाँच वर्षसम्म पाँच लाखसम्मको बैंक ग्यारेन्टी १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध… पुरा पढौ

पोखरामा अनुभव बाँड्दै अन्तराष्ट्रिय ख्यातीप्राप्त सेफ थापा

पोखरामा अनुुभव बाँड्दै अन्तराष्ट्रिय ख्यातीप्राप्त सेफ थापा
पोखरा, १० असार नेपालको पाँचतारे सोल्टी होटेल हुँदै हाल स्वीट्जरल्याण्डको प्रख्यात तारे होटलमा सेफको भूमिकामा रहनुुभएका तनहुँका अर्जुनबहादुर थापाले आफ्ना अनुभवलाई पोखरामा होटेल व्यवस्थापन विषयमा अध्ययनरत छात्रछात्रालाई सुनाउनुभएको छ । चार दशकदेखि सेफ पेसामा आवद्ध उहाँले नेपाली परम्परागत खानाको देश विदेशका प्रवर्द्धन र प्रचार गरी यसको विकासमा योगदान पुर्याउनुभएको छ नै उहाँको सफलता र अनुभव यतिखेर नेपालमा होटेल व्यवस्थापनका कक्षा पढ्दै गरेका विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेका छन् । नेपाल सेफ एशोसिएसनका संस्थापक सदस्य एवम् हाल इन्टरनेशनल नेप्लीज सेफ सोसाइटी… पुरा पढौ

पोखराको नीति कार्यक्रमः घरबाटै राजश्व दाखिला, सन् २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गर्ने

पोखराको नीति कार्यक्रमः घरबाटै राजश्व दाखिला, सन् २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गर्ने
पोखरा, ९ असार/ पोखरा महानगरपालिकाको नीति कार्यक्रम प्रस्तुत भएको छ । सभागृहमा आयोजित महानगरपालिकाको १५ औँ नगरसभामा नगरप्रमुख धनराज आचार्यले आगामी आ।व २०८१।०८२ का लागि तय गरिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । महानगरले राजश्व प्रणालीलाई प्रविधि प्रयोग गरी सरल, सहज र विश्वसनीय बनाउँदै घरबाटै राजश्व दाखिला गर्न सकिने गरी अनलाइन सेवालाई प्रभावकारी बनाउने नीति लिएको छ । पूर्व राष्ट्रसेवकहरूको ज्ञान, सीप, दक्षता तथा अनुभवलाई महानगरपालिकाको समृद्धिमा उपयोग गर्न पूर्व राष्ट्रसेवक सम्मान तथा परिचालन नीति निर्माण गरी कार्यान्वयन गर्ने… पुरा पढौ

तनहुँका थापा अमेरिकी ‘फेबरेट सेफ’ उत्कृष्ट तीनमा, भोटिङका लागि गरे आग्रह

अर्जुनबहादुर थापा
पोखरा, ९ असार / तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङका अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मन पर्ने सेफ) मा उत्कृष्ट पाँच भित्र पर्नु सफल भएका छन् । उत्कृष्ट व्यञ्जन तथा परिकारका सिर्जना प्रस्तुत गर्नेसम्बन्धी अमेरिकी प्रतिस्पर्धा फेबरेट सेफमा उत्कृष्ट पाँचमा शुक्रबार छनोट भएका थापा अहिले उत्कृष्ट तीन सेफका लागि प्रतिस्पर्धामा छन् । प्रतियोगितामा विजेतालाई २५ हजार डलर नेपाली करिब २७ लाख नेपाली रुपियाँका साथ ‘टेस्ट अफ दि होम’ म्यागेजिनको कभर स्टोरीमा समेटिने छ । यसबाहेक चर्चित अमेरिकी सेफ कार्ला हलका… पुरा पढौ

यस वर्षको रोपाईं महोत्सब फेवाफाँटमा

यस वर्षको असारे रोपाईं महोत्सब फेवाफाँटमा
पोखरा, ८ असार/ पोखराको पर्यटन प्रबद्धन गर्ने उद्देश्यले हुदै आएको रोपाई महोत्सव यस वर्ष पोखरा महानगरपालिका वडा नम्बर २३ फेवाफाँटमा हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा करिब दुई दशक अगाडीबाट हुँदै आएको असारे रोपाईं महोत्सब पामे नजिक मार्गी तर्फको फेवा फाँटमा हुन लागेको हो । १९ औं रोपाईं महोत्सब स्थानीय आयोजकको रुपमा मार्गी बगर टोल बिकास संस्था पोखरा– २३ रहेको छ । महोत्सबमा धान रोप्ने सहित विभिन्न प्रतियोगिताहरु र मनोरन्जनात्मक कार्यक्रम हुने छन् । महोत्सबमा हिलो खेल्ने, हिलोमा… पुरा पढौ

सामाजिक रुपान्तरणमा स्काउटको भूमिका प्रशंसनियः मन्त्री थापा

सामाजिक रुपान्तरणमा स्काउटको भूमिका प्रशंसनियः मन्त्री थापा
पोखरा, ८ असार/ सामाजिक रुपान्तरणमा स्काउटको भूमिका प्रशंसनिय रहेको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले बताएका छन् । नेपाल स्काउटको ७३ औं स्थापना दिवसका अवसरमा प्रदेश स्काउट कार्यालय गण्डकी र प्रदेश मिलन स्काउट क्रियु पोखराले आयोजना गरेको दोस्रो एडभेन्चर फेस्ट—२०८१ को समापन कार्यक्रममा आज बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री थापाले बालबालिकाका लागि स्काउटले प्रदान गर्दै आएको शिक्षा उपयुक्त रहेको उल्लेख गरे । “समाजमा नैतिक शिक्षाको अभाव हुँदै गएको समयमा स्काउटले बालबालिकालाई नैतिक शिक्षा प्रदान… पुरा पढौ

पोखरा र विश्व बैङ्कको आर्थिक सहयोगमा सडक स्तरोन्नति परियोजना सम्झौता

पोखरा र विश्व बैङ्कको आर्थिक सहयोगमा सडक स्तरोन्नति परियोजना सम्झौता
पोखरा, ८ असार/ विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने तेस्रो परियोजना दोविल्ला–बाघमारा–तिक्लाङ्–बडहर कोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे (जनजागृती मा वि) तगारेगौडा–तल्लो गगनगौडाँ सडक स्तरोन्नतिका लागि सम्झौता भएको छ । सडकको स्तरोन्नतिका लागि पोखरा महानगरपालिका र निर्माण कम्पनी आसिस निर्माण सेवा प्राली भरतपुरसँग सम्झौता भएको हो । ३९० दिनमा निर्माण सम्पन्न गर्ने गरी पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा र निर्माण कम्पनीका प्रतिनिधि बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । विश्व बैङ्कको ७७ करोड ६८ लाख ९२ हजार ८३७ रुपैयाँ लागत सहयोगमा… पुरा पढौ

पौडी खेल्नेक्रममा फेवातालमा डुवेर नौडाडाँका भण्डारीको निधन

पौडी खेल्नेक्रममा फेवातालमा डुवेर नौडाडाँका भण्डारीको निधन
पोखरा, ७ असार/ फेवाताल पौडी खेल्नेक्रममा डुबेर एक जनाको निधन भएको छ । फेवातालको चिसापानीमा पौडी खेल्ने क्रममा अन्नपुर्ण गाउँपालिका १ नौडाडाँका २१ बर्षीय संजय भण्डारीको निधन भएको प्रहरीले जानकारी दिएको छ । पाँच जना सँगै पौडी खेल्न गएकोमा संजय भण्डारी पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएको थिए । त्यसको केही समयमा नै सशस्त्र प्रहरी बल नेपाल फेवाताल रेस्क्यू टावरबाट खटिएको विशेष विपद् व्यवस्थापन तथा गोताखोर टोलीले अचेत अवस्थामा तालबाट उद्वार गरेको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी… पुरा पढौ

पोखराको प्राइम सहकारी ठगी प्रकरणः थप तीन जना पक्राउ

पोखराको प्राइम सहकारी ठगी प्रकरणः थप तीन जना पक्राउ
पोखरा, ७ असार/ पोखराको गैह्पाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको बचत र सम्पती हिनामिना गरी ठगी गरेको कसूरमा थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोली बिहीबार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नम्बर १ स्थायी घर भई पोखरा महानगरपालिका वडा नम्बर १८ बस्ने ५५ वर्षीयकी धनकुमारी गुरुङ, पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नम्बर १ स्थायी घर पोखरा ८ बस्ने ४७ वर्षकी सीताकुमारी गुरुङ र पोखरा ३ तेर्सापट्टी… पुरा पढौ

गण्डकी र कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा, ६ असार/ देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र मधेस प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधरणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहेको छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने… पुरा पढौ