समाचार

कास्की ३ ठाँउमा पहिरोले घर पुरिदा ११ जनाको मृत्यु

पोखरामा पहिरोले घर पुरिदा ९ जनाको मृत्यु
पोखरा २८, असार/ वर्षाका कारण पोखराका ३ ठाँउमा पहिरोले घर पुरिदा ११ जनाको मृत्यु भएको छ । पोखरामा एकै घर परिवारका छोरी ज्वाई सहित ७ जनाको पहिरोल पुरिएर मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डिसपी बसन्त कुमार शर्माले जानकारी दिए । पोखरा १९ पुरुन्चौरमा एकै घरका ७ जनाको मृत्यु भएको हो भने पोखरा ३२ चैतपुर बाह््रबिसेमा ३ जनाको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पोखरा १९ पुरुन्चौरका तल्लोकोटका कुल बहादुर परियार र उनका छोरी ज्वाई चितवन निवासी २५… पुरा पढौ

बुद्व एयरको जहाज अवतरण गर्नेक्रममा चिप्लियो

भैरहवा, २७ असार/ गौतमबुद्व अन्तरास्ट्रिय विमानस्थलमा बिहीबार राति अवतरणका क्रममा बुद्व एयरको जहाज रनवेबाट ४र५ मिटर चिप्लिएर किनारमा पुगेको छ । विमानस्थलका अनुसार जहाजका चक्काले माटो छोएको छ । जहाजका सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको छ ।विमानस्थल स्रोतले विमानस्थलमा राति बुद्व एयरको प्राविधिक टिम र प्रहरी तैनाथ भएर जहाजलाई तानेर एराइभल तर्फ ल्याउने पहल भइरहेको छ । काठमाडौंबाट साढे ९ बजे उडान भरेको जहाज भैरहवा विमानस्थलमा पूर्वबाट पश्चिम तर्फ अवतरण गर्नेक्रममा चिप्लिएको प्रहरी प्रवक्ता मनोहरप्रसाद भट्टले बताए । उनका अनुसार… पुरा पढौ

पोखरामा पहिरोले घर पुरिदा ९ जनाको मृत्यु

पोखरामा पहिरोले घर पुरिदा ९ जनाको मृत्यु
पोखरा, २८ असार/ पोखरा महानगरपालिका पहिरोले घर पुरिदा ९ जनाको मृत्यु भएको छ । पोखरा १९ पुरुन्चौर ठाँटि निवासी कुलबहादुर परियारको घर पहिरोले पुरिदा ७ जनाको मृत्यु भएको छ । पहिरोले घर पुरीदा घटना स्थलमै ७ जनाको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए । मृत्यु हुनेमा कुलबहादुर परियार, मनकुमारी परियार, लक्ष्मी परियार, प्रशना परियार, प्रभाव परियार, अमित परियार र राधीका परियार रहेका छन् । मृत्यु हुनेमा कुलबहादुरकी श्रीमती आमा, छोरा छोरी र ज्वाइ रहेका छन्… पुरा पढौ

नारायणघाट मुग्लिन सडक खण्ड-पहिरोले बगाएर दुई यात्रु बाहक बस त्रिशुली नदीमा खसे

मुग्लिन–नारायणगढ सडक पहिरो तस्बिरः विनोद श्रेष्ठ
चितवन, २८ असार/ नारायणघाट मुग्लिन सडक खण्डको त्रिशुली नदीमा दई वटा यात्रुवाहक बस खसेको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर २९ मा रहेको सिमलतालमा सडक माथीबाट आएको पहिरोले बगाउँदा दुई वटा बस त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ । काठमाडौंबाट विरगंज चल्ने र अर्को कामाडौंदेखी गौर चल्ने बस खसेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । काठमाडौंबाट गौर जान हिडेको गणपति डिलक्समा ३० जना यात्रु रहेको बताइएको छ । तीन जना सकुसल भेटिएको चितवन प्रहरी प्रवक्ता डिएसपी भेशराज रिजालले बताए । अहिले… पुरा पढौ

पोखराको गैहपाटनमा रहेको ऐतिहासिक घर ढल्यो

पोखराको गैहपाटनमा रहेको ऐतिहासिक घर ढल्यो
पोखरा, २७ असार/ पोखरा ४, गैह्रापाटनमा रहेको कलात्मक शैलीको तीन तले घर भत्किएको छ । घरमुली राजेन्द्रनिधि कोइरालाको घर भत्काएका हुन् । उनले सामाजिक सञ्जालमा पुरानो घरको फोटो सार्वजनिक गदै उनले ‘अब सम्झनामा मात्र । कसैको आँखामा राजनीतिक इतिहास, कसैको आँखामा आश्रयस्थल, कसैको आँखामा बासस्थान, कसैको आँखामा पञ्चायतविरोधीको भूमिगत घर र परिचित धेरैको आँखामा कांग्रेसको घर ।’ कलात्मक काठका झ्याल ढोकाबाट बनेको घरले राजनैतिक इतिहास बोकेको छ । यो घरलाई कांग्रेसका धेरै नेताहरुको बास, गाँस र आश्रयसँगै आत्मीयता जोडिएको थियो… पुरा पढौ

श्रीपती समाजसेवा २ लाख २२ हजारको पुरस्कार सन्दुक रुईतलाई प्रदान गरिने

श्रीपती समाजसेवा २ लाख २२ हजारको पुरस्कार सन्दुक रुईतलाई प्रदान गरिने
पोखरा, २७ असार/ श्रीपती समाज सेवा पुरस्कारबाट यस वर्ष समाजसेवी डा. सन्दुक रुईतलाई प्रदान गरिने भएको छ । पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार–२०८१ बाट दृष्टिका देवता भनेर चिनिने म्यागासेसे पुरस्कार बिजेता डा.सन्दुक रुईतलाई पुरस्कृत गर्ने आयोजकले विहीबार पत्रकार सम्मेलन गरेर घोषणा गरेको हो । पुरस्कारको राशी नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ सहित सम्मान पत्र र पदक रहेको गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाले जानकारी दिए । श्रीपति कोइराला गुठीले २१७ औं जयन्तीको अवसर पारेर… पुरा पढौ

स्क्वायर मोटर्सले पोखरामा उद्घाटन गर्यो टिभिएसको नयाँ शोरूम

स्क्वायर मोटर्सले पोखरामा उद्घाटन गर्यो टिभिएसको नयाँ शोरूम
पोखरा, २६ असार/ टिभिएसको लागि पोखराको क्षेत्रको आधिकारिक बिक्रेता स्क्वायर मोटर्स प्राइभेट लिमिटेडले पोखरामा नयाँ टिभिएस शोरूम उद्घाटन गरेको छ । शोरुमको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले शोरुमको उद्घाटन गरे । नेपालमा उपलब्ध टिभिएसका सम्पूर्ण बाइक तथा स्कुटर शोरुममा उपलब्ध हुने छन् । बिक्री पछिको सेवालाई प्राथमिकता दिदै सर्भिस र स्पेयर्स पार्टसको समेत सुविधा रहने गरी शोरुम सञ्चालनमा ल्याइएको प्रालिले जनाएको छ । सर्भिस सेन्टर पोखरा ५ प्रस्याङमा स्थापना गरिएको कम्पनीका कार्यकारी निर्देशक बिनोज पोटेले जानकारी दिए । पोखरामा टीभीएसका… पुरा पढौ

विन्ध्यवासिनी सहकारी ठगी सम्बन्धी मुद्दाका थप १ जना प्रतिवादी पक्राउ

विन्ध्यवासिनी सहकारी ठगी सम्बन्धी मुद्दाका थप १ जना प्रतिवादी पक्राउ
पोखरा, २६ असार/ पोखरा महानगरपालिका वडा नम्बर ९ न्यूरोड स्थित संचालनमा रहेको विन्ध्यसिनी वचत तथा ऋण सहकारीको रकम हिनामिना आरोपमा थप एक जनालाई पक्राउ गरेको छ । विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाका पूर्व लेखा समिति सदस्य पोखरा १४ औधोगिक क्षेत्रका ४० बर्षीय हरी प्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । संचालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरी सहाकारीको रकम हिनामिना, अपचलन एवं ठगी गरेको कसूरमा संलग्न रही हालसम्म फरार रहेका प्रतिवादीलाई कास्की प्रहरीले धमाधम पक्राउ गरेको छ… पुरा पढौ

पोखरामा पहिरोले एक जनाको मृत्यु, दिपाङ्ग तालमा फसेकाको उद्धार

पोखरामा पहिरोले एक जनाको मृत्यु, दिपाङ्ग तालमा फसेकाको उद्धार
पोखरा, २६ असार/ पोखरा महानगरपालिका वडा नम्बर २७ सहेलापाटामा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । घरमाथीबाट आएको पहिरोले पुरिदा २२ बर्षीय भिमबहादुर थापाको मृत्यु भएको हो । मन बहादुर थापाको ब्लकले बनेको जस्ताले छाएको १ तले कच्ची घरमा घर माथीबाट आएको पहिरोले पुरेको थियो । भिमबहादुरकी आमा ५० बर्षीय कमला थापाको सकुसल उद्धार भएको छ । घर माथीबाट विहान ४ बजेतिर पहिरो आएको थियो । स्थानीय ईलाका प्रहरी कार्यालय शिसुवा र सशस्त्र प्रहरी बल नेपाल २४ नम्बर गण… पुरा पढौ

पहिरोले घर पुरिदा पोखरामा एक जनाको मृत्यु

गण्डकी प्रदेशमा पहिरोमा परेर १० जनाको मृत्यु
पोखरा, २६ असार/ पोखरा महानगरपालिका वडा नम्बर २७ सहेलापाटामा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । घरमाथीबाट आएको पहिरोले पुरिदा २२ बर्षीय भिमबहादुर थापाको मृत्यु भएको हो । मन बहादुर थापाको ब्लकले बनेको जस्ताले छाएको १ तले कच्ची घरमा घर माथीबाट आएको पहिरोले पुरेको थियो । भिमबहादुरकी आमा ५० बर्षीय कमला थापाको सकुसल उद्धार भएको छ । घर माथीबाट विहान ४ बजेतिर पहिरो आएको थियो । स्थानीय ईलाका प्रहरी कार्यालय शिसुवा र सशस्त्र प्रहरी बल नेपाल २४ नम्बर गण… पुरा पढौ