लेकसाइड शान्तिपाटनमा प्रहरीको भ्यान दुर्घटना, छानबिन समिति गठन

-


     क्लिक गण्डकी     
     श्रावण १५ गते २०८१ मा प्रकाशित


पोखरामा प्रहरीको गाडी हुइकयाउदा चौतारी भत्कियो, क्रेनले उठाएर गाडी लगियो

पोखरामा प्रहरीको गाडी हुइकयाउदा चौतारी भत्कियो, क्रेनले उठाएर गाडी लगियो

पोखरा, १५ साउन/ पोखरा ६ लेकसाइड शान्तिपाटनस्थित बाटोमा साउन १३ गते राति प्रहरीको भेन दुर्घटना बारे बानबिन समिति गठन भएको छ ।

प्रहरी कार्यालय बैदामको ग १ झ ५५१ नम्बरको प्रहरी भ्यान दुर्घटना हुँदा गाडीमा सवार एक जना घाइते भएका थिए ।
प्रहरीको गाडी नै दुर्घटनामा परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले एसपी मोहन थापाको नेतृत्वमा छानबिन समिति बनाएको छ ।

प्रहरीले लापरवाही गरेर सवारी चलाउँदा प्रहरी भ्यान दुर्घटनामा परेको स्थानीयहरुले बताएपछि प्रहरी कार्यालयले छानबिन समिति बनाएको हो । प्रहरीको गाडीले शान्तिपाटनस्थित चौतारोमा ठोक्किएर चौतारीमा क्षती पुगेको ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल गण्डकीका उपाध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

सो चौतारी टान गण्डकीकै सौजन्यमा बनाइएको थियो । स्थानीयहरुले प्रहरीले मापसे गरेको आरोप लगाएका छन् । स्थानीयले सवारी चलाउने चालकलाई कारबाही हुनुपर्ने र चौतारी पुननिर्माण गरिदिनुपर्ने माग गरेका छन् ।