समाचार

पोखरा नागढुङ्गाको होटलमा सुकु हत्या काण्डः आरोपित सञ्जय पक्राउ

पोखराको होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु, हत्याको आशंका
पोखरा, ४ साउन/ गत मंसिर ५ गते पोखरा ९ नागढुङ्गामा रहेको युनिक होटलमा एक महिला मृत भेटिइन् । उनको हत्या भएको प्रहरी अनुसन्धानबाट खुल्यो । सोही हत्या काण्डका आरोपी सञ्जय विकलाई प्रहरीले ९ महिना पछि पक्राउ गरेको छ । तनहुँ भिमादकी ३८ वर्षिया सुकु विक उक्त होटलमा अचेत अवस्थामा भेटिएकी थिइन् । सुकुको हत्याको आरोपमा बाग्लुङ घर भएका सञ्जय बिकलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ८ मा नागढुङ्गामा रहेको युनिक होटलमा मंसिर ५ गते बेलुकी… पुरा पढौ

बैदामका डिएसपीविरुद्ध अख्तियारमा उजुरी, प्रहरीले पैसाकै लागि बार्गेनिङ आरोप

अख्तियार दुरुपयोग अनुसन्धान आयोग
पोखरा, ३ साउन/ पोखराका पर्यटन व्यवसायीले वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्र श्रेष्ठविरुद्ध अख्तियारमा उजुरी दिएका छन् । पोखराका पर्यटन व्यवसायीहरूले असार २७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा श्रेष्ठ विरुद्ध उजुरी दिएका हुन् । डीएसपी श्रेष्ठले पदको दुरुपयोग गरेर गैरकानूनी काम गरेको उजुरी पत्रमा छ । उजुरीमा श्रेष्ठले प्रहरी जनशक्ति परिचालन गरेर रात्रिकालीन व्यवसायीहरूबाट महिनावारी शुल्क उठाउने गरेको उनीहरुको आरोप छ । ‘व्यवसायीहरूले डीएसपी श्रेष्ठलाई प्रतिव्यक्ति मासिक ५० हजारदेखि एक लाख रुपैयाँसम्म बुझाउने गरेका छन्,’ उजुरीमा भनिएको… पुरा पढौ

हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

पाैडी डुवेर
पोखरा, १ साउन/ पोखरा २३ घाँटिछिना स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । धादिङ त्रिपुरा सुन्दरी गाँउ पालिका ७ घर भई हाल जिल्ला कास्की पोखरा ८ नागढुङ्गामा बस्दै आएका २८ का सन्तोष सिङखडाको मृत्यु भएको हो । घाँटिछिना स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबि बेपत्ता भएको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बल नम्बर २४ हेडक्वाटर कालिकाबाट उद्दार टोली पुगेको थियो । टोलीले मृत अवस्थामा फेला पारी शव… पुरा पढौ

पोखरा १३ द्वारा वडा प्रोफाइल प्रकाशन

पोखरा १३ द्वारा वडा प्रोफाइल प्रकाशन
पोखरा, ३० असार/ पोखरा महानगरपालिका वडा नम्बर १३ ले समग्र वडाको वस्तुस्थिति विवरण एकीकृत गरी वडा प्रोफाइल प्रकाशन गरेको छ । सो प्रोफाइल वडा अध्यक्ष किरण बराल लगायत जनप्रतिनिधिहरूले १५ औँ नगर सभाको अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई उपलब्ध गराउनु भएको छ । जनसाङ्ख्यिक विवरण, भौगोलिक अवस्थिति, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, मानव संसाधन, भौतिक विकास तथा पूर्वाधार, आर्थिक विकास, वन वातावरण तथा भू संरक्षण, सामाजिक सङ्घसंस्था, धार्मिक अवस्थिति, सांस्कृतिक पहिचान,… पुरा पढौ

प्रतिभा माविले बनायो क्रिकेटको ‘प्राक्टिस नेट’, दीपेन्द्र सिंह ऐरीद्वारा उद्घाटन

प्रतिभा माविले बनायो क्रिकेटको ‘प्राक्टिस नेट’, दीपेन्द्र सिंह ऐरीद्वारा उद्घाटन
पोखरा, ३० असार/ प्रतिभा माविले क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालय परिसरमा क्रिकेटको ‘प्राक्टिस नेट’ तयार पारेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्र सिंह ऐरीले आइतबार उक्त प्राक्टिस नेटको उद्घाटन गरेका छन । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार विद्यालय परिसरभित्र क्रिकेटको मापदण्ड अनुसारको दुइवटा प्राक्टिस नेट बनाईएको छ । जहाँ क्रिकेटमा रुची राख्ने विद्यार्थीले अभ्यास गर्न पाउनेछन । ‘विद्यालयले नियमित अध्यापनसँगै खेलकुदमा पनि उत्तिकै ध्यान दिएको छ । त्यही भएर क्रिकेटको प्राक्टिस नेट तयार पारेका हौ । विद्यार्थीले… पुरा पढौ

पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट
पोखरा, २९ असार/ पोखरा महानगरपालिका वडा नम्बर ३० खुदिखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पोखरा ३१ किमबेशी बस्ने बर्ष २५ का बिष्णु थापा मगरले खुदिखोलामा ब्याट्रीबाट करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । करेन्ट लागेर उपचारको सरुवा तथा संक्रमण अस्पताल शिसुवा लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । पुरा पढौ

पथ प्रदर्शकलाई टान गण्डकीको तालिम

पथ प्रदर्शकलाई टान गण्डकीको तालिम
पोखरा, २९ असार/ ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले पथ प्रदर्शकहरुलाई एक दिने पुर्नताजगी तालिम दिएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित जिविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना (सस्टेनेवल टुरिजम फर लाईभलीहुड रिकभरी प्रोजेक्ट (एसटिएलआरपी)सँग मिलेर टान गण्डकीले शुक्रबार पदयात्रा तथा पर्वतीय पर्यटन क्षेत्रमा संलग्न पथ प्रदर्शकहरुलाई तालिम दिएको हो । तलिमा ८० जना सहभागी भएका थिए । उनीहरुलाई सम्बन्धित विषयमा प्राध्यापन गर्ने दीपक बास्तोला र दीपेन्द्र पहारीले सहजीकरण गरेका थिए । पथ… पुरा पढौ

पोखरा पहिरोः मृतक पाँचजनाको सामूहिक दाहसंस्कार

पोखरा, २९ असार/ पोखरा महानगरपालिका–१९, पुरुनचौर तल्लाकोटमा शुक्रबाररातीको पहिरोमा परेर मृत्यु भएका सातमध्ये पाँचजनाको सामूहिक दाहसंस्कार गरिएको छ । पुरुनचौरका कुलबहादुर परियारको घर गएरातिको पहिरोमा पुरिँदा उनको परिवारका ६ सहित सातजनाको मृत्यु भएको थियो । मृतकमध्ये पाँचजनाको शुक्रबार साँझ माछापुच्छ्रे गाउँपालिका–२ स्थित सेती नदीको चिन्तेबगर घाटमा सामूहिक दाससंस्कार भएको उनको परिवारले जनाएको छ । पहिरोमा मृत्यु भएका कुलबहादुरसहित उनकी आमा ८५ वर्षीया लक्षिमा, श्रीमती ४३ वर्षीया मनकुमारी, १५ वर्षीया छोरी प्रशना र भाई बुहारी राधिका परियारको सेतीमा अन्त्येष्टि गरिएको हो… पुरा पढौ

यी हुन् कास्कीमा मनसुनजन्य उच्च जोखिमयुक्त स्थानहरु

पोखरा, २८ असार/ यी हुन् कास्कीमा मनसुनजन्य उच्च जोखिमयुक्त स्थानहरु । जिल्ला प्रशान कार्यालय कास्कीले तयार परेको सुचि । कास्की जिल्लाका मनसुनजन्य विपद्का सम्भाव्य स्थानहरु बाढीको अति उच्च जोखिमयुक्त स्थानहरु पोखरा महानगरपालिका सि.नं.वडा नं.अति उच्च जोखिमयुक्त स्थानहरुकैफियत     १बगरसेती नदि तथा भारी बर्षाले गर्दा वाढीको जोखिमहरिचोकसिमपानीटुडिखेल १०रामघाटसेती नदि थुनिन गई डुवान पर्ने तथा बाढीको जोखिम १३काहुँखोला, बुढुवाकाहुँखोलाले गर्दा बाढीको जोखिम ३२तल्लो गगनगौडा,सेती नहरका कारण बर्षा हुदाँ बाढी तथा कट्नाको जोखिममजुवा २३चापाकोट,हर्पन,खहरे खोला तथा भारी बर्षाले गर्दा बाढीको जोखिमतामागीभदौरेपामे २५हेम्जाघट्टे खोला तथा भारी बर्षाका कारण बाढीको… पुरा पढौ

कास्कीमा पहिराले घर पुरिदा ११ जनाको निधन (यस्तै छ पहिरो गएको ठाउँ फोटो र भिडियो)

कास्कीमा पहिराले घर पुरिदा ११ जनाको निधन यस्तै छ पहिरो गएको ठाउँ फोटो र भिडियो
पोखरा २८, असार/ अविरल वर्षा पछि कास्कीमा पहिरो जादाँ ११ जनाको मृत्यु भएको छ । लामो समयका वर्षा पछि कास्कीमा कतै कटान भएको छ भने घरमाथीबाट आएको पहिरो जादाँ ११ जनाको ज्यान नै गएको छ । अविरल वर्षाले पहिरो जाँदा कास्कीमा एका घरका ७ जनाको मृत्यु भएको छ । पोखरा १९ पुरनचौरमा एकै परिवारका ७ जनाको मृत्यु भएको हो । गएराति १० बजेर १० मिनेटपछि कुल बहादुर परियारको घरमा पहिरो खसेको हो । मृत्यु हुनेमा ४६ वर्षीय कुल बहादुर परियार,… पुरा पढौ