समाचार

गण्डकी प्रदेशमा पहिरोमा परेर १० जनाको मृत्यु

गण्डकी प्रदेशमा पहिरोमा परेर १० जनाको मृत्यु
पोखरा, २३ असार/ वर्षाका कारण पहिरो जाँदा गण्डकी प्रदेशका शनिबार स्याङ्जा, तनहुँ र पर्वतमा १० जनाको मृत्यु भएको छ । पहिरोमा परेर शनिबार स्याङजामा ३, पर्वतमा २ र तनहुँमा २ जना गरे ७ जनाको मृत्यु भएको थियो भने ३ जना बेपत्ता भएका थिए । बेपत्ताको आइतबार शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । पहिरोमा परेर स्याङ्जाको बिरुवा गाउँपालिकामा ३ जनाको मृत्यु भएको छ । बिरुवा गाउँपालिका वडा ६, लामाखेतका ईश्वरी लम्सालको घर शनिबार दिउँसो पहिरोले… पुरा पढौ

पोखरामा चितुवाको आक्रमणबाट प्रहरी घाईते

चितुवा
पोखरा, २३ असार/ पोखरा महानगरपालिका १७ छोरेपाटनमा चितुवाको आक्रमणबाट प्रहरी घाईते भएका छन् । श्याम बास्तोलाको बारीमा चितुवा आएको भन्ने खबर पाएपछि प्रहरी टोली खटिई गई चितुवा धपाउने क्रममा प्रहरीलाई आक्रमण गरेको हो । स्याङ्जा आँधीखोला गाउँपालिका घर भइ हाल प्रहरी चौकी छोरेपाटनमा कार्यरत ३२ बर्षीय प्रहरी जवान नारायण प्रसाद तिवारीलाई चितुवाको नङ्ग्राले कम्मरमा चिथारी घाईते बनाएको हो । उनको अवस्था सामान्य रहेको छ । पुरा पढौ

पोखरामा सेती नदी बढेपछि ५ परिवारलाई सारियो

पोखरामा सेती नदी बढेपछि ५ परिवारलाई सारियो
पोखरा, २३ असार/ वर्षाका कारण पोखराको सेती नदीमा बहाव बढेको छ । नदीमा बहाव बढेपछि किनारका ५ परिवार विस्थापित भएका छन् । पोखरा १४ गोस्ते टोलमा ५ परिवारका २३ जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । विस्थापित सबै जनालाई गोस्ते टोल विकास संस्थाको भवनमा राखिएको छ । विस्थापित हुनेहरूमा स्थानीय विष्णुमाया सुनुवारको ५ जनाको परिवार, डोल्मा शेर्पाको ७ जनाको परिवार, सुकदेव गुरुङको ४ जनाको परिवार, डावा शेर्पाको ४ जनाको परिवार र काजी शेर्पाको… पुरा पढौ

गण्डकीमा बाढी पहिरो, २ को मृत्यु ६ जना बेपत्ता, बाटो आवरुद्ध

पोखरा लामाचौरमा भासिदा घर भत्कियो तस्बिरः सामाजिक सञ्जालबाट
पोखरा, २२ असार/ अबिरल वर्षाका कारण पहिरो जाँदा गण्डकी प्रदेशका स्याङ्जा, तनहुँ र पर्वतमा २ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । स्याङ्जाको बिरुवा गाउँपालिकामा पहिरोमा घर पुरिँदा २ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । बिरुवा गाउँपालिका वडा ६, लामाखेतका ईश्वरी लम्सालको घर शनिबार दिउँसो पहिरोले पुरेको हो । पहिरोमा परी ज्यान गुमाउनेमा बिरुवा गाउँपालिका वडा ६, माझकोटकी ६५ वर्षीया गुहेश्वरी शर्मा मरासिनी र ६७ वर्षीया हरिमाया शर्मा हुन् । माझकोटका ७१… पुरा पढौ

पोखरामा बसको ठक्करले महिलाको मृत्यु

दुर्घटना
पोखरा, २२ असार/ पोखरा महानगरपालिका वडा नम्बर १८ ग्यारजाती स्थित विन्ध्यवासिनी चोकबाट सराङकोट जादै गरेको बसको ठक्करले महिलाको मृत्यु भएको छ । ग १ ख ४१५६ नम्बरको बसमा सवार पोखरा १८ ग्यारजातीकी ७२ वर्षीय ललिता थापा सोही बसले ठक्कर दिदा मृत्यु भएको हो । बसबाट ओर्लिइ हिडने क्रममा सोही बसको पछाडिको पाङग्राले च्यापी घाईते भई उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । पुरा पढौ

पोखरा लामाचौरमा जमिन भासिदा घर भत्कियो

पोखरा लामाचौरमा भासिदा घर भत्कियो तस्बिरः सामाजिक सञ्जालबाट
पोखरा, २२ असार/ पोखरा लामाचौर जमिन भासिदा घर भत्किएको छ । लामाचौर स्थित पोलीटेक्निक इन्स्टिच्युट प्रालिको होस्टल भवन भासिएको हो । वर्षाका कारण नालीको पानीले भवनको भान्सातिरको भाग भासिएको हो । लामाचौरका ५९ वर्षीय डम बहादुर गुरुङले सञ्चालन गरेको ब्लकले बनेको टिनले छाएको १ तले होस्टल भवन भासिएको प्रहरीले जानकारी दिएको छ । होस्टेलको भान्सातर्फको भागमा क्षति पुगेको प्रहरीको भनाई छ । भान्साघर खाली गरेको भासिएको ठाउँमा माटोले पुरेको प्रहरीको भनाई छ । पुरा पढौ

भारी वर्षा- पाल्पा, स्याङ्जा, अर्घाखाँची, रूपन्देहीको यात्रामा ननिस्कन अनुरोध

स्याङ्जा तिर भारी वर्षा, पाल्पा, स्याङ्जा, अर्घाखाँची, रूपन्देहीको यात्रामा ननिस्कन अनुरोध
पोखरा, २२ असार/ गए रातिबाट अबिरल बर्षासँगै सगँ कास्की, स्याङ्जा सहितका जिल्लाहरुमा खोला नाला बढ्नुका साथै ठाउँ ठाउँमा पहिरो गएको छ । वर्षाका कारण पाल्पा, स्याङ्जा, अर्घाखाँची, रूपन्देहीतिर सबै खोला बढेका र ठाउँठाउँमा सडक अवरुद्ध भएका कारण यात्रामा ननिस्किनु सर्व साधारण अनुरोध गरेका छन् । सामाजकि सञ्जाल फेसबुक मार्फत सर्वसाधारणले वर्षाले ठाउँ ठाउँमा सडक अवरुद्ध भएका तस्बिर राख्दै त्यस्तो अनुरोध गरेका हुन् । त्यसै गरी अबिरल बर्षासँगै राति गएको पहिरोको कारण भञ्ज्याङ बाहुं बिरुवा सडकको सानाबाङ सडक खण्डमा ठूला रुखहरू… पुरा पढौ

पोखराको अर्चलबोट नजिकै सवारी दुर्घटना

दुर्घटना
पोखरा, २१ असार/ पोखरा महानगरपालिका वडा नम्बर २ अर्चलबोट नजिकै सवारी दुर्घटना भएको छ । दुर्घटनामा परि दुई जना घाइते भएका छन् । घाइते हुनेमा पोखरा १ बगरका अंकिललाल श्रेष्ठ र उनकी श्रीमती समृद्धी श्रेष्ठ छन् । उनीहरुको न्यूरोडमा रहेको पद्यश्री एलाइन्स अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ । हरिचोकबाट जिरो किमीतर्फ आउँदै गरेको बा२१च ५१६२ नम्बरको स्कारपियो र विन्ध्यवासिनीतर्फ जाँदै गरेको ग२च ८२८८ नम्बरको कार ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।… पुरा पढौ

फेवातालमा उच्च विन्दुमा पानीको सतह, तालको पानी सतह बढाइयो

फेवातालमा उच्च विन्दुमा पानीको सतह, तालको फैलावट पानी सतह बढाइयो
पोखरा, २१ असार/ पछिल्लो समय फेवातालको पानीको सतह ह्वात्तै बढेको छ । पानीको सतह बढ्दा तालबाराही चोकमा मानिस हिड्ने ठाउँसम्मै पानी पुग्यो । फेवातालको माथिल्लो सिरान क्षेत्र सेदी, भकुण्डे लगायतको ठाउँ जलमग्न छन् । फेवा फाँट (सिमसार क्षेत्र) जलमग्न छ ।पछिल्ला पाँच वर्षको तथ्यांक हेर्दा फेवातालमा यो वर्ष जति पानी थिएन । फेवातालको क्षेत्रफल पत्ता लगाउन शनिबार पानीको सतह बढेपछि फेवाको बाधको ढोका खोलिएन । बाधको खतराको अंकसम्म पुग्नेगरी पानी रोकियो हो । पानीको सतह ७९४.५० मिटर पुग्दा सेदीदेखी पामेसम्मको… पुरा पढौ

पोखरामा नगद सहित गहना चोरी

चोरी
पोखरा, २१ असार/ पोखरा महानगरपालिकामा बिहीबार बिहान चोरी भएको छ । पोखरा महानगरपालिका–१४ सगरमाथा टोल बस्ने ५६ वर्षीया निर्मला विश्वकर्माको घरबाट चोरी भएको हो । चोरले घरको ढोकाको ताला फोडेर ५ तोला सुनका गरगहरा र नगद २० हजार रुपैयाँ, १ वटा मोतीको हार र साढे १ तोला बराबरको चाँदीका गरगहना चोरी भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी र अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । पुरा पढौ