समाचार

मगर पत्रकार संघ कास्कीको अध्यक्षमा सुरज थापामगर

मगर पत्रकार संघ कास्कीको अध्यक्षमा सुरज थापामगर
पोखरा, १६ साउन/ नेपाल मगर पत्रकार संघ कास्कीको अध्यक्षामा सुरज थापामगर सर्वसम्मत चयन भएका छन् । मगर पत्रकार संघ कास्कीको तेस्रो जिल्ला अधिवेशनबाट सुरज थापामगरको अध्यक्षतामा १३ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा चेतबहादुर थापा (प्रविण), सचिवमा कविता घर्तीमगर, सहसचिवमा बलबहादुर रोकामगर र कोषाध्यक्षमा सुमन थापामगर चयन भए । यस्तै सदस्यहरुमा दुर्गा रानामगर, आशामाया मगर, राकेश थापामगर, सोनु थापामगर, राज बुढामगर र जुना थापामगर चयन भए । संघको बैठकले २ जना सदस्य मनोनित गर्नेछ । पुरा पढौ

बाराही माविका विद्यार्थीलाई मानव बेचबिखन सम्बन्धी सचेतना

बाराही माविका विद्यार्थीलाई मानव बेचबिखन सम्बन्धी सचेतना
पोखरा, १६ साउन/ राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिले सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामसँगको सहकार्यमा मानव बेचबिखन कम गर्न सचेतना कार्यक्रम गरेको छ । पोखरा–५, मालेपाटनमा रहेको वाराहि माविमा कक्षा १२ का ६० विद्यार्थीलाई मंगलबार प्रशिक्षण दिइएको छ । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवसको अवसरमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्की सामुदायिक शाखा इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक होतबहादुर रोकाहाले मानव बेचबिखनसम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारी, स्कुलका शिक्षक, राष्ट्रिय सम्पदाका पदाधिकारी र प्रहरी… पुरा पढौ

लेकसाइड शान्तिपाटनमा प्रहरीको भ्यान दुर्घटना, छानबिन समिति गठन

पोखरामा प्रहरीको गाडी हुइकयाउदा चौतारी भत्कियो, क्रेनले उठाएर गाडी लगियो
पोखरा, १५ साउन/ पोखरा ६ लेकसाइड शान्तिपाटनस्थित बाटोमा साउन १३ गते राति प्रहरीको भेन दुर्घटना बारे बानबिन समिति गठन भएको छ । प्रहरी कार्यालय बैदामको ग १ झ ५५१ नम्बरको प्रहरी भ्यान दुर्घटना हुँदा गाडीमा सवार एक जना घाइते भएका थिए ।प्रहरीको गाडी नै दुर्घटनामा परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले एसपी मोहन थापाको नेतृत्वमा छानबिन समिति बनाएको छ । प्रहरीले लापरवाही गरेर सवारी चलाउँदा प्रहरी भ्यान दुर्घटनामा परेको स्थानीयहरुले बताएपछि प्रहरी कार्यालयले छानबिन समिति बनाएको हो । प्रहरीको गाडीले शान्तिपाटनस्थित… पुरा पढौ

गण्डकी भौतिक पूर्वाधार मन्त्री मनाङेलाई कारबाही गर्न पत्रकारको माग

गण्डकी भौतिक पूर्वाधार मन्त्री मनाङेलाई कारबाही गर्न पत्रकारको माग
पोखरा, १४ साउन/ गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई कारबाही गर्न पत्रकारले माग गरेका छन् । आफू भेष्ट लगाएर कार्यकक्षमा बसेको फोटो बारे समाचार लेख्ने पत्रकारलाई कुट्नुपर्ने भनेर मनाङेले अभिव्यक्ति दिएपछि पत्रकारले कारबाही माग गरेका हुन् । संसदीय पत्रकार मञ्च, गण्डकीको नेतृत्वमा सोमबार मनाङेलाई कारबाहीको माग गर्दै कार्यवाहक मुख्यमन्त्री विन्दुकुमार थापालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । मञ्चका अध्यक्ष भरत कोइरालाले हस्ताक्षर गरेको पत्रमा मन्त्रिपरिषद्का सदस्यले पालना गर्नुपर्ने आचारसंहिता, २०७४ मा मन्त्रीको पोसाक… पुरा पढौ

पोखराको एलपी देवकोटास्कुल बस दुर्घटना छानविन गर्न समिति गठन

पोखराको एलपी देवकोटास्कुल बस दुर्घटना छानविन गर्न समिति गठन
पोखरा, १४ साउन/ पोखरा महानगरपालिका वडा नम्बर २१ छरछरेमा सोमबार भएको एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटना सम्बन्धमा छानबिन गर्न पोखरा महानगरपालिकाले छानबिन समिति गठन गरेको छ । नगर प्रमुख धनराज आचार्यको निर्देशनमा शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा ७ दिन भित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गरिएको हो । समितिमा उपसचिव कृष्णप्रसाद तिवारी, महानगरिय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापा र मेकानिकल इन्जिनियर सरोज चालिसे सदस्य रहेका छन् भने, समितिको सदस्य सचिवमा शिक्षा अधिकृत राम प्रसाद तिवारीलाई तोकिएको… पुरा पढौ

पोखरामा प्रहरीको गाडी हुइकयाउदा चौतारी भत्कियो, क्रेनले उठाएर गाडी लगियो

पोखरामा प्रहरीको गाडी हुइकयाउदा चौतारी भत्कियो, क्रेनले उठाएर गाडी लगियो
पोखरा, १४ साउन/ पोखरामा मध्यराती वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले चढेको गाडीले अनियन्त्रित तरिकाले चलाउदा चौतारीमा ठोकेको छ । ठक्करबाट पोखरा ६ शान्तिपाटन चोक स्थित टान चौतारीमा पुर्ण रुपमा क्षती भएको छ । मध्यरातमा भएको दुर्घटना पछि गाडीलाई क्रेन ल्याएर उठाएर लगिएको हो । चौतारी भत्कीएपछि छिटो बनाउ टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्ण आचार्यले अनुरोध गरेका छन् । सर्वसाधारण जनताको लागि सुरक्षा प्रदान गर्ने प्रहरी प्रशासन नै अम¥यादीत तबरबाट सवारी गुडाएको भन्दै आपत्ती जनाएका छन् । पुरा पढौ

पोखरामा स्कुल बस दुर्घटना, आमा छारोको मृत्यु, २८ जना घाइते (अरुको अवस्था कस्तो)

पोखरामा स्कुल बस दुर्घटना, आमा छारोको मृत्यु, २८ जना घाइते
पोखरा, १४ साउन/ पोखरा २१ कृस्तीमा भएको स्कुल बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी आरती विक रहेको प्रहरी कास्की प्रहरीले जानकारी दिएको छ । त्यसै गरी उनका ५ बर्षीय छोरा प्रिन्स विकको पनि मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डिएसपी बसन्त शर्माले जानकारी दिए । दुर्घटनामा परेर २८ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहको छ । सोमबार बिहान पोखरा–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल बोडिङ स्कुलको… पुरा पढौ

पोखरामा स्कुल बस दुर्घटना, १ जनाको मृत्यु, २९ जना घाइते (नामावली सहित)

पोखरामा स्कुल बस दुर्घटना
पोखरा, १४ साउन/ पोखरा २१ कृस्तीमा भएको स्कुल बस दुर्घटनामा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी आरती विक रहेको प्रहरी कास्की प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेर २९ जना घाइते भएका छन् । सोमबार बिहान पोखरा–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल बोडिङ स्कुलको बस दुर्घटनामा परेको थियो । घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।बस ओराले तर्फ आउदा सडकबाट पहिले विजुलीको पोलमा ठोकिएर… पुरा पढौ

पोखरामा स्कुल बस दुर्घटना, १ जनाको मृत्यु, २५ जना घाइते

पोखरा स्कुल बस दुर्घटना, २२ विद्यार्थी घाइते
पोखरा, १४ साउन/ पोखरा २१ कृस्तीमा भएको स्कुल बस दुर्घटनामा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी आरती विक रहेको प्रहरी कास्की प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेर २६ जना घाइते भएका छन् । सोमबार बिहान पोखरा–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल बोडिङ स्कुलको बस दुर्घटनामा परेको थियो । घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बस ओराले तर्फ आउदा सडकबाट पहिले विजुलीको पोलमा… पुरा पढौ

पोखरा स्कुल बस दुर्घटना, २२ विद्यार्थी घाइते

पोखरा स्कुल बस दुर्घटना, २२ विद्यार्थी घाइते
पोखरा, १४ साउन/ पोखरा २१ फुसेखोलामा सोमबार बिहान स्कुल बस दुर्घटना भएको छ । पोखरा १७ बिरौटाको एलपी देवकोटा स्कुलको बस सडकबाट करिब ४० मिटर तल खसेको हो । बसमा २४ जना विद्यार्थी र चालक र सहचालक थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । सबैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ । https://www.youtube.com/watch?v=PSJ_woZpwek&ab_channel=GandakiNews पुरा पढौ