समाचार

फोनिज रजत वर्षमा भलिबल र छेलो प्रतियोगिता

फोनिज रजत वर्षमा भलिबल र छेलो प्रतियोगिता
पोखरा, २४ साउन/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को रजत वर्षका अवसरमा पोखरामा पत्रकारहरु बिच मैत्रीपूर्ण भलिबल र छेलो (महिला/पुरुष) प्रतियोगिता भएको छ । फोनिज गण्डकीको आयोजना र फोनिज कास्कीको सह–आयोजनामा भएको प्रतियोगितामा भलिबलतर्फ पुरुष टिममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रथम भएको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा मञ्चले आयोजक फोनिज गण्डकीको टिमलाई ३–२ सेटमा हराएको हो । पहिलो र दोस्रो सेट लगातार २५–२१ र २५–१९ ले जितेको फोनिजले त्यसपछिको २५–१४, २५–२१ र १५–१३ ले मञ्चलाई… पुरा पढौ

फेरी गण्डकीले गुमायो अनुभवी पाइलट, हेलीकप्टरका क्याप्टेन अरुण मल्ल अस्ताए

अरुण मल्ल
पोखरा, २४ साउन/ म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती मैदानका अरुण मल्ल अनुभवी पाइलट हुन् । नेपालमा रहेका हेली कम्पनीका अनुभवी क्याप्टेनका रुपमा अरुण मल्ललाई चिनिन्थ्यो । नेपालको हेलिकप्टर उडानमा ३५ बर्ष लामो अनुभवी जनशक्ति बुधबार गुमाएको छ । लामो समयदेखि एयर डाइनेष्टीमा आवद्ध क्याप्टेन मल्ल नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर जङ्गलमा भएको दुर्घटनामा रसुवाको स्याफ्रुबेँशीतर्फ जाँदै गर्दा क्याप्टेन मल्लसहित पाँचै जनाको मृत्यु भयो । क्याप्टेन मल्लको निधनले स्वदेश तथा विदेशमा रहेका शुभचिन्तक शोकमा डुवेका छन् । तत्कालिन वायुसेवा कम्पनी नेपाल एयरवेज, कर्णाली… पुरा पढौ

तालबाराही मन्दिरको पुनःनिर्माणमा ढिलाई

ताल बाराही मन्दिर
सागर राज तिमिल्सिनापोखरा, २४ साउन/ फेवातालको बिचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनःनिर्माण थालिएपनि ढिलाइ भएको छ । मन्दिरमा दर्शन र भ्रमण गर्न स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गर्दछन् । पर्यटकीय राजधानी पोखरा आउने जो कोही पर्यटक तालबाराही देवीको अवलोकन र देवीको दर्शन गर्न पुग्ने गर्दछन् । माछापुच्छ्रे हिमालको छायाँ देखिने फेवातालको बीचस्थित सानो टापुमाथि प्यागोडा शैलीको मन्दिरले पर्यटकलाई तान्ने गदथ्यो । तर पुनः निर्माणका लागि भन्दै मन्दिर भत्काएको २ वर्ष पुग्नै लाग्दा पनि कामले गति पाएको छैन । पर्यटकीय राजधानी… पुरा पढौ

नुवाकोटमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

नुवाकोटमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
पोखरा, २३ साउन/ एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना नुवाकोटको शिवपुरीमा दुर्घटना भएको छ । दुर्घटना हुदाँ पाँचै जनाको मृत्यु भएको छ । मध्ये चार जना चिनियाँ नागरिक हुन् । हेलिकप्टर काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो । बुधबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले शव संकलन गरेर काठमाडौं ल्याउएको छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । दुर्घटनामा परेका मृतकको पोस्टमार्टम भोलि बिहानदेखि सुरू हुने जनाएको छ… पुरा पढौ

एक्सपर्ट एजुकेशन’को २१ औं वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम साथ मनाउदै

एक्सपर्ट एजुकेशन’को २१ औं वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम साथ मनाउदै
पोखरा, २२ साउन/ वैदेशिक उच्च शिक्षाका लागि परामर्शदातृ संस्था एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले २१ औं वर्ष प्रवेशका अवसरमा विविध कार्यक्रमका बीच सप्ताहव्यापी रुपमा वार्षिकोत्सव मनाइरहेको छ । पोखराको ट्रेड मलमा अवस्थित एक्सपर्टले सात दिनसम्म सात थरी कार्यक्रम गरी वार्षिकोत्सव मनाइरहेको म्यानेजर विष्णुप्रसाद गौतमले जानकारी दिए । गौतमका अनुसार प्यारेन्टस् वर्कशप, एस्से कम्पिटिशन शैक्षिक सामाग्री वितरण, फुटसल प्रतियोगिता कार्यक्रम गरिएको छ । भोलि बुधबार वृक्षारोपण तथा सरसफाई, वार्षिकोत्सवको मूख्य दिन रक्तदान कार्यक्रम र अन्तिम दिन इन्लाइटेन् एडु (द अल्टिमेट एजुकेशन… पुरा पढौ

लायन्स क्लब अफ पोखरा मर्दी केदारेश्वर मन्दिरमा सरसफाइ र विरुवा गोडमेल

लायन्स क्लब अफ पोखरा मर्दी केदारेश्वर मन्दिरमा सरसफाइ र विरुवा गोडमेल
पोखरा, २३ साउन/ लायन्स क्लब अफ पोखरा मर्दीले पोखरा ६ केदारेश्वर मन्दिर वरपर सरसफाइ बोट विरुवा गोडमेल गरेको छ । केदारेश्वर मन्दिरको गेट देखी मन्दिर सम्म पाँच बोरा फोहोर संकलन गरेको छ । क्लबको बार्षिक योजना अनुसार सरसफाइ र विरुवाको संरक्षण गरेको लायन्स क्लब अफ पोखरा मर्दीका अध्यक्ष श्याम भुषालले जानकारी दिए । उनले सोमबार धेरै भक्तजनहरु केदारेश्वर मन्दिर आएको फोहोर भएका कारण मंगलबार बिहान सरसफाइ गरेको बताए । मुख्य गरी प्लास्टिक, फुटि लगाएतका फोहोर संकलन गरको उनले बताए ।… पुरा पढौ

पोखरा २६ को सरसफाई अभियानमा जोडिए तीन हजार नागरिक

पोखरा २६ का टोलमा सरसफाई र डष्टविन बितरण
लेखनाथ, २२ साउन/ पोखरा महानगरपालिका वडा नं. २६ ले आयोजना गरेको सरसफाई अभियानमा झण्डै तीन हजार वडाबासी जोडिएका छन् । शुक्रबार देखी चारदिनसम्म संचालन भएको अभियानको सोमबार समापन गर्दै, वडा अध्यक्ष्य नरेन्द्र थापाले टोलहरुमा सरसफाईका बारेमा चेतना विस्तार भएको उल्लेख गरे । अध्यक्ष थापाले अभियानले आफ्नो टोलको आफैले सफा गर्नु पर्ने सन्देश नागरिकलाई दिएको बताउँदै, सरसफाईको कार्यलाई तालिका बनाएर लागु गर्न आग्रह गरे । वडाका सवै टोलमा पुग्दा घरमा पालेका कुकुर धनीले अरुको गेट, सार्वजनिक स्थल र बाटोमा शौच गराउने… पुरा पढौ

पार्टी भित्र कुनै गुट छैन, गुटको कुरा गर्नेको विरोध गर्नुपर्छ – इन्चार्ज किरण गुरुङ

पोखरा, २० साउन/ नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले आफ्नो पार्टी भित्र कुनै गुट नभएको दावी गर्नुभएको छ । आइतबार पोखरामा राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी कास्की र पोखरा महानगरपालिका कमिटीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले अध्यक्ष केपी शर्मा ओलीको मूलधारमा समाहित भएर सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । ‘अहिले हाम्रो पार्टी भित्र कुनै गुट छैन, केपी ओली हाम्रो अध्यक्ष हुनुहुन्छ, उहाँलाई सहयोग गर्ने, उहाँकै मूलधारमा समाहित भएर हामी अगाडि बढ्ने हो ।… पुरा पढौ

पोखरामा वीमाबाट २ करोड लिन आफ्नै पसलमा आगो लगाउने पक्राउ

पोखराको लेकसाइडमा पसलमा आगोलागि, करोडको क्षती तस्बिरः आशिष पुरी
पोखरा, २० साउन/ पोखरा ६ नारेश्वरमा केही दिन अगाडी एक पसलमा लागेको आगो पसल आफैले लगाएको खुलेको छ । वीमा कम्पनीबाट रकम असुल्न गर्न सुजन गहतराजले साउन १६ गते अर्को एक जनाको सहायताले पसलमा आगो लगाएका थिए । उनलाई साथी पवन नेपालको सहयोग गरेका थिए । पोखराको नारेश्वरस्थित मुक्तिनाथ सपिङ सेन्टर प्रालिमा आगो लगाएका थिए । पवित्रा अधिकारीको नाममा रहेको पसल डा. थानेश्वर पहारीको घरमा सञ्चालित थियो । आगलागीको खबर पाएलगत्तै वडा प्रहरी कार्यालय वैदामका प्रमुख सन्तोष निरौलाको कमाण्डको प्रहरी… पुरा पढौ

मर्दी हिमाल आधार शिविरमा मानव कंकाल फेला, बेपत्ता स्विडेनका नागरिक लिउ हुन सक्ने

मर्दी हिमाल आधार शिविरमा मानव कंकाल फेला, बेपत्ता स्विडेनका नागरिक लिउ हुन सक्ने
पोखरा, २० साउन/ कास्की मर्दी हिमालको आधार शिविरमा मानव कंकाल फेला परेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मर्दी हिमालको आधार शिविर नजिकै निगालोको घारीमा मानव कंकाल फेला परेको हो । आधार शिविरको मुख्य बाटोभन्दा एक हजार मिटर पूर्वतर्फ मर्दी खोलाको उद्गमाथि रहेको लामडाँडाको खोंचमा दुई वटा हाड, मोबाइल, ट्रयाक र ज्याकेट भेटिएको हो । भेडा चराउन गएका गोठालाले कंकाल देखेपछि वडामा खबर गरेको वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र) ले बताए ।४ हजार ५ सय मिटरको उचाइमा कंकाल देखेपछि वडाध्यक्ष क्षेत्रीले प्रहरीलाई… पुरा पढौ