समाचार

पोखराको लेकसाइडमा दुर्घटना, १ जनाको मृत्यु

दुर्घटना
पोखरा, ६ साउन/ पोखरा महानगरपालिका वडा नम्बर ६ हल्लन चोकमा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । ग ३ च ३४५७ नम्बर को हाईलक्स गाडी र ग ११ प ९१ नम्बरको मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको हो । मोटरसाइकल चालक पोखरा ८ का २६ बर्षीय ईश्वर परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परि घाइते भएको उनको उपचारको लागी गण्डकी मेडिकल कलेज लगेकोमा उपचारको क्रममा चिकित्सकद्वारा मृत घोषणा गरेका हुन् । दुर्घटना स्थलमा वडा प्रहरी कार्यालय… पुरा पढौ

पोखरामा युवती हत्या काण्डः आइफोनको लोकेसनले पत्ता लाग्यो हत्या आरोपी

पोखरा युवती हत्या काण्डः आइफोनको लोकेसनले पत्ता लाग्यो हत्या आरोपी
पोखरा, ४ साउन/ पोखरामा एक होटलमा युवतीको हत्या गरी फरार रहेका आरोपी आइफोनको लोकेसनमार्फत् प्रहरीले पत्ता लागेको छ । तनहुँको भिमाद घर भएकी ३२ वर्षीया सुकु विकलाई हत्या गरी उनले प्रयोग गरेको आइफोन र गरगहना लुटेर भागेका २९ वर्षीय सञ्जय विक आइफोनको खोजी गर्दा पक्राउ परेको कास्कीका प्रहरी प्रमुख मोहन थापाले बताए । सञ्जयले गत मंसिर ५ गते सुकुलाई होटलको कोठामा घाँटी थिचेर हत्या गरे फरार थिए । थापाका अनुसार सुकुले आफूलाई विवाह गर्न बारम्बार दबाब दिएकाले हत्या गर्नुपरेको बयान… पुरा पढौ

हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु, गुदेतालमा बालक डुबे

पाैडी डुवेर
पोखरा, ४ साउन/ पोखरा महानगरपालिका वडा नम्बर २३ घाँटी छिना स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १ मोहरिया टोलका १८ बर्षीय प्रकृत बुद्धचार्य र पोखरा २ विन्ध्यवासीनि वर्षपार्कका १८ बर्षीय स्वयं ताम्राकारको मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको सूचना पछि वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी टोली र सशस्त्र प्रहरी बल नम्बर २४ हेडक्वाटर कालिकाबाट उद्दार टोली पुगेको थियो । प्रहरीले… पुरा पढौ

पोखरा नागढुङ्गाको होटलमा सुकु हत्या काण्डः आरोपित सञ्जय पक्राउ

पोखराको होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु, हत्याको आशंका
पोखरा, ४ साउन/ गत मंसिर ५ गते पोखरा ९ नागढुङ्गामा रहेको युनिक होटलमा एक महिला मृत भेटिइन् । उनको हत्या भएको प्रहरी अनुसन्धानबाट खुल्यो । सोही हत्या काण्डका आरोपी सञ्जय विकलाई प्रहरीले ९ महिना पछि पक्राउ गरेको छ । तनहुँ भिमादकी ३८ वर्षिया सुकु विक उक्त होटलमा अचेत अवस्थामा भेटिएकी थिइन् । सुकुको हत्याको आरोपमा बाग्लुङ घर भएका सञ्जय बिकलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ८ मा नागढुङ्गामा रहेको युनिक होटलमा मंसिर ५ गते बेलुकी… पुरा पढौ

बैदामका डिएसपीविरुद्ध अख्तियारमा उजुरी, प्रहरीले पैसाकै लागि बार्गेनिङ आरोप

अख्तियार दुरुपयोग अनुसन्धान आयोग
पोखरा, ३ साउन/ पोखराका पर्यटन व्यवसायीले वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्र श्रेष्ठविरुद्ध अख्तियारमा उजुरी दिएका छन् । पोखराका पर्यटन व्यवसायीहरूले असार २७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा श्रेष्ठ विरुद्ध उजुरी दिएका हुन् । डीएसपी श्रेष्ठले पदको दुरुपयोग गरेर गैरकानूनी काम गरेको उजुरी पत्रमा छ । उजुरीमा श्रेष्ठले प्रहरी जनशक्ति परिचालन गरेर रात्रिकालीन व्यवसायीहरूबाट महिनावारी शुल्क उठाउने गरेको उनीहरुको आरोप छ । ‘व्यवसायीहरूले डीएसपी श्रेष्ठलाई प्रतिव्यक्ति मासिक ५० हजारदेखि एक लाख रुपैयाँसम्म बुझाउने गरेका छन्,’ उजुरीमा भनिएको… पुरा पढौ

हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

पाैडी डुवेर
पोखरा, १ साउन/ पोखरा २३ घाँटिछिना स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । धादिङ त्रिपुरा सुन्दरी गाँउ पालिका ७ घर भई हाल जिल्ला कास्की पोखरा ८ नागढुङ्गामा बस्दै आएका २८ का सन्तोष सिङखडाको मृत्यु भएको हो । घाँटिछिना स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबि बेपत्ता भएको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बल नम्बर २४ हेडक्वाटर कालिकाबाट उद्दार टोली पुगेको थियो । टोलीले मृत अवस्थामा फेला पारी शव… पुरा पढौ

पोखरा १३ द्वारा वडा प्रोफाइल प्रकाशन

पोखरा १३ द्वारा वडा प्रोफाइल प्रकाशन
पोखरा, ३० असार/ पोखरा महानगरपालिका वडा नम्बर १३ ले समग्र वडाको वस्तुस्थिति विवरण एकीकृत गरी वडा प्रोफाइल प्रकाशन गरेको छ । सो प्रोफाइल वडा अध्यक्ष किरण बराल लगायत जनप्रतिनिधिहरूले १५ औँ नगर सभाको अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई उपलब्ध गराउनु भएको छ । जनसाङ्ख्यिक विवरण, भौगोलिक अवस्थिति, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, मानव संसाधन, भौतिक विकास तथा पूर्वाधार, आर्थिक विकास, वन वातावरण तथा भू संरक्षण, सामाजिक सङ्घसंस्था, धार्मिक अवस्थिति, सांस्कृतिक पहिचान,… पुरा पढौ

प्रतिभा माविले बनायो क्रिकेटको ‘प्राक्टिस नेट’, दीपेन्द्र सिंह ऐरीद्वारा उद्घाटन

प्रतिभा माविले बनायो क्रिकेटको ‘प्राक्टिस नेट’, दीपेन्द्र सिंह ऐरीद्वारा उद्घाटन
पोखरा, ३० असार/ प्रतिभा माविले क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालय परिसरमा क्रिकेटको ‘प्राक्टिस नेट’ तयार पारेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्र सिंह ऐरीले आइतबार उक्त प्राक्टिस नेटको उद्घाटन गरेका छन । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार विद्यालय परिसरभित्र क्रिकेटको मापदण्ड अनुसारको दुइवटा प्राक्टिस नेट बनाईएको छ । जहाँ क्रिकेटमा रुची राख्ने विद्यार्थीले अभ्यास गर्न पाउनेछन । ‘विद्यालयले नियमित अध्यापनसँगै खेलकुदमा पनि उत्तिकै ध्यान दिएको छ । त्यही भएर क्रिकेटको प्राक्टिस नेट तयार पारेका हौ । विद्यार्थीले… पुरा पढौ

पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट
पोखरा, २९ असार/ पोखरा महानगरपालिका वडा नम्बर ३० खुदिखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पोखरा ३१ किमबेशी बस्ने बर्ष २५ का बिष्णु थापा मगरले खुदिखोलामा ब्याट्रीबाट करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । करेन्ट लागेर उपचारको सरुवा तथा संक्रमण अस्पताल शिसुवा लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । पुरा पढौ

पथ प्रदर्शकलाई टान गण्डकीको तालिम

पथ प्रदर्शकलाई टान गण्डकीको तालिम
पोखरा, २९ असार/ ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले पथ प्रदर्शकहरुलाई एक दिने पुर्नताजगी तालिम दिएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित जिविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना (सस्टेनेवल टुरिजम फर लाईभलीहुड रिकभरी प्रोजेक्ट (एसटिएलआरपी)सँग मिलेर टान गण्डकीले शुक्रबार पदयात्रा तथा पर्वतीय पर्यटन क्षेत्रमा संलग्न पथ प्रदर्शकहरुलाई तालिम दिएको हो । तलिमा ८० जना सहभागी भएका थिए । उनीहरुलाई सम्बन्धित विषयमा प्राध्यापन गर्ने दीपक बास्तोला र दीपेन्द्र पहारीले सहजीकरण गरेका थिए । पथ… पुरा पढौ